बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले जनप्रतिनिधिहरुले पर्टीगत राजनीति भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने धारणा राख्नु भएको छ । काभ्रे जिल्लाका १३ वटा पालिका, संघीय र प्रदेशीक सरकारी कार्यालयहरुको आ.व. २०८०÷२०८१ को वार्षिक प्रगति समिक्षा र चालु आर्थिक वर्षको अवस्थाको सार्वजनिक कार्यक्रमको उद्धघाटनको क्रममा पनौती नगरमा आयोजीत कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले उक्त भनाई राख्नु भएको हो । संघ, प्रदेश र स्थानीय सरकारले सम्बैधानिक अधिकारको प्रयोग गरी नागरिकहरुको जीवनस्तरमा आर्थिक समृद्धि ल्याउन सुशासन र पारदर्शीता कायम गरी सेवा प्रवाह गर्नु पर्ने तर्क प्रदेश प्रमुख देवकोटाले गर्नुभयो । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको उक्त कार्यक्रममा सभापतिको आसनबाट बोल्दै समन्वय प्रमुख दिपक कुमार गौतमले एफ.आर.ए (स्थानीय तह वित्तिय सुशासन, जोखीम मुल्याङ्कन, त्यस्तै गरी ीक्ष्ऋब् (लिसा) अर्थात स्थानीय तह संस्थागत क्षमता, स्वमुल्याङ्कन विषयमा ध्यानकेन्द्रीत गरी जनप्रतिनिधि र कर्मचारी वर्गले जवाफदेहिताका साथ कार्य गर्नु पर्ने बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेले परिचय र बस्तुगत गतिविधि, गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षातको कारणले क्षति भएको विपद्को अवस्था, स्थानीय सरकारले गरेका वार्षिक समिक्षागत प्रस्तुती, जिल्लामा रहेका संघीय र प्रादेशीक ७८ वटा कार्यालयहरुको संक्षिप्त बस्तु स्थिति र समिक्षा, काभ्रे जिल्लामा भएका हिंसात्मक गतिविधिको विषयगत बस्तुगत स्थिति प्रस्तुत गरिएको कुरा जिल्ला समन्वय समिति काभ्रेका सूचना अधिकारी भरत सापकोटाले बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि संघीय प्रादेशीक कार्यालयका प्रमुख र प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
