IMG-LOGO

काठमाण्डौं विश्वविद्यालयका १ हजार दुईसय विद्यार्थी दीक्षीत

 मंगल, पौष २, २०८१  ---

 

        काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालयले शनिबार विभिन्न सङ्कायका एक हजार दुई सय ५६ जना विद्यार्थी दीक्षित गरेको छ । विश्वविद्यालयले आफ्नो ३० औं दीक्षान्त समारोह मनाउँदै सो संख्यामा विद्यार्थीहरु दीक्षित गरेको हो । देशको तेस्रो विश्वविद्यालयका रूपमा रहेको काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको हो ।  शनिबार दीक्षित भएका १ हजार २५६ विद्यार्थी दीक्षितसहित सो विश्वविद्यालयका स्नातकहरूको सङ्ख्या ४६ हजार ६९३ पुगेको छ ।

विश्वविद्यालय शैक्षिक विकासको आधार हो प्रम ः ओली

        प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय शैक्षिक विकासको आधार स्तम्भ भएको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधनको क्रममा बताउनुभएको हो ।

        रोजगारीका लागि विदेशिने नभइ रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभयो । विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रको सर्वाङ्गिण विकासमा उपयोग गर्न सरकार अघि बढेको बताउनु भयो ।

        कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल-भारतको इतिहास र भूगोलमा गाढा सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको आतिथ्यता रहेको समारोहमा उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयले सिपसदित दक्ष जनशक्ति उत्पादन गरेको त्यसको सहि उपयोग गर्न सके देशको समृद्धि र विकास सम्भव हुने बताउनु भयो ।

केयुको उपकुलपति छनौट समिति गठन

        सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ । कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो । यसअघि सहकुलपति (शिक्षामन्त्री)को नेतृत्वमा छनोट समिति गठन हुने गरेकोमा यसपटक त्यो परम्परा तोडिएको छ । विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले छनोट समिति राजनीतिक दबाव र प्रभावबाट मुक्त हुनुपर्ने भन्दै छनोट समितिमा आफ्ना प्रतिनिधि पनि हुनुपर्ने माग राख्दै आएका थिए । तर उनीहरुको माग भने यसपटक सम्बोधन भएन । काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति हुनुभएको थियो । केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ । पछिल्ला चार वर्षयता केयूमा एक दिन पनि प्राध्यापक र शिक्षकका कारण पठनपाठन समेत अवरुद्ध भएको छैन ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्