नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेका केन्द्रीय सदस्य एवं बौद्धिक नेता मधु आचार्यले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बुदागतरुपमा आ–आप्mनो धारणा प्रस्तुत गर्नु भएको छ । पार्टीलाई सुसंगठित, सुदृढ गर्दै लैजान र निर्धारीत समयमा महाधिवेशन गरी पार्टीलाई गतिशिल बनाउन उक्त धारणा राखेको जनाएको छ । नेपाली कांग्रेसका नेताद्धय कोइराला र आचार्यको क्रमशः मत यस्तो रहेको छ ः
डा. शेखर कोइराला
१. आजभन्दा झन्डै पाँच दशक अगाडि नेपाली कांग्रेसका पथप्रदर्शक जननायक विपी कोइराला दक्षिण एशियामा उत्पन्न राजनीतिक उतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो ।
आज फेरि एकपटक दक्षिण एशियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरु माथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिँदैछ। अर्थात दक्षिण एशिया अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको छ ।
२. दक्षिण एशियाको राजनीतिक द्वन्द्वले नेपाल र नेपालीको मनोभाव माथि प्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रीय कार्यसमिति गम्भीर हुनुपर्छ भनी मैलेमाथि विपी कोइरालाको स्मरण गर्नु परेको हो। मुलुक नसोचिएको संकटतर्फ जाने हो कि भन्ने चिन्ता सबै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र होइन अन्तराष्ट्रिय शक्ति केन्द्रले पनि हामी माथि रजाई गर्न पछि पर्दैनन् ।
३. बंगलादेशको घटनाले हामी सबैलाई उद्धेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रति जनताको वितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधान माथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा वेभ सृजना गर्न खोजिँदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति अन्तराष्ट्रिय राजनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो दल भएको नाताले गम्भिरतापूर्वक सोचौँ ।
४. वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भिरतापूर्वक उठाइएको छ । छिटो–छिटो सरकार गठन र विघटन भइरहँदा विकासका गति अगाडी बढेनन् र जनताले सुशासनको अनुभुति गर्न पाएनन् भनेर मैले नै केही समय अगाडीदेखि भन्दै आइरहेको हुँ ।
तसर्थ दुई ठूला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधन मार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ । वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडी बढाउने हो । निसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्यसूचि बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिन्छ ।
नेपालको संंविधान आम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडि बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपाली भावना जोडिनु पर्छ । त्यस्तै साझा राष्ट्रिय कार्यसूची बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिवद्धताहरुलाई विर्सन मिल्दैन ।
दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन सोझै जनताप्रति उत्तरदायी हुनसक्दा मात्र अहिले देखिएका अनेकन् लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्न सकिन्छ ।
५. वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन् । तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?
मेरो आग्रह सबै केन्द्रिय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५ औं महाधिवेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अबिलम्ब समितिहरू बनाऔँ। १४औँ महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रिय समिति बैठकले गरोस् ।
यो वा त्यो वहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुबैलाई दुर्घटनातर्फ लैजान्छ । ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनाशयवाट यो कुरामा जोड दिइरहेको छु । म क्रियाशील सदस्यता वितरण र महाधिवेशनको लागि जिम्मेवारी पाएका साथीहरुलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । लगाएत १० बुदाको धारणा प्रस्तुत गर्नुभएको छ ।
यसैगरी नेका केन्द्रीय सदस्य मधु आचार्यले प्रस्तुत गरेको धारणा ः
सर्वप्रथमतः केही दिन अघि विभागका संयोजकहरु तोक्ने क्रममा मलाई स्थानीय तह समन्वय विभागको संयोजक तोक्नु भएकोमा सभापतिज्यू लगायत नेतागणहरुप्रति आभार प्रकट गर्दछु । साथै, कार्यसम्पादनको क्रममा सकृय सहयोग र शुभेच्छाका लागि सबैमा हार्दिक अनुरोध गर्दछु ।
समय–सीमाका कारण चालु बैठकमा प्रस्तुत सबै एजेण्डामाथि समान न्याय गर्न नसकिने भएकाले संक्षिप्तमा आफ्ना धारणा पस्किने अनुमति चाहन्छु ।
एजेण्डा १ः महासमिति बैठकबाट पारित प्रस्तावका सम्बन्धमा–
नेपालको राजनीतिक परिवर्तन र विकासमा नेपाली कांग्रेसले सधै अग्रगमनको नेतृत्व गर्यो । पार्टी संगठन र अभ्यासलाई समेत बढीसेबढी लोकतान्त्रिकरण, निक्षेपीकरण र अग्रगामी तुल्याउने अभिप्रायका साथ पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले परिमार्जन सहित प्रस्तुत गर्नुभएको प्रतिवेदनको पूर्ण समर्थन गर्दछु । पार्टी भित्र प्रस्तावित ीबतभचब िभ्लतचथ एयष्अिथ र भ्हष्त एयष्अिथ को स्वागत गर्दछु ।
एजेण्डा २ः राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति–
नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमध्ये बुँदा नं. १ र ५ को मूल मर्म भनेकै “भ्रष्ट्राचारको अन्त्य र सुशासनको सुनिश्चितता” भएको हुँदा चर्चित यति, ओम्नी काण्ड, गिरीबन्धु टी स्टेट काण्ड, कृत्तिम भुटानी शरणार्थी काण्ड, सुन काण्ड, आदिबारे छानविन गर्न र दोषिमाथि कडासेकडा कारवाही गर्न पूर्व प्रधान न्यायधिशको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनाउन पहल गरौं ।
सरकारबाट हुने नीतिगत भ्रष्ट्राचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुन सक्ने अख्तियार दुरुपयोगको समेत छानविन र कारवाही गर्न सक्ने दण्डात्मक, निरोधात्मक र प्रवद्र्धानात्मक अधिकार सहित लोकपाल विधेयक बनाउन अग्रसरता लिऔं । अविलम्व न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरौं ।
एजेण्डा ३ः सय दिने सांगठनिक अभियान सम्बन्धमा –
प्रस्तावित १०० दिने अभियानलाई पार्टी सदस्यता निर्माण र नवीकरणमा जोड दिने गरी तयार गरौं । सांगठनिक अभियानले “गुट वाई वाई, एकजुट हाई हाई” गर्न उत्प्रेरित गरौं ।
एजेण्डा ४ः अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा –
अनुशासनको कारवाही गर्दा “सानालाई ऐन, ठूलालाई चैन” हुनु हुदैन । केन्द्रीय समितिले निर्धारण गरेको निर्णय वा मापदण्ड उलंघन गरेमा वा पार्टीको विधान बमोजिम तल्ला तहबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर पठाएमा संसदीय समितिलाई अनुशासनको कारवाही हुन्छ कि हुदैन? पार्टीभित्र निषेधको राजनीति गर्ने पदाधिकारीमाथि अनुशासनको दण्ड लाग्छ कि लाग्दैन ? विधि र विधानमा चल्ने लोकतान्त्रिक पार्टीलाई यसमा प्रष्ट बनाऔं ।
एजेण्डा ५ः पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धमा –
निर्वाचन समितिमाथि विगतमा पनि नेतृत्वको छायाँ मनग्गे पर्ने गरेको हो । नेता विशेषको मुख हेरेर निर्णय गरेका प्रसस्त उदाहरण छन । अब आइन्दा निर्वाचन समितिलाई स्वतन्त्र, निष्पक्ष, निर्वाचन आयोगको रुपमा काम गर्ने गरी अधिकार तोकौं र पार्टीमा रिक्त रहेका पदपूर्ति गर्न वा नियमित अधिवेशन गराउन स्वयंले कार्ययोजना निर्माण गरी कार्यन्वयन गर्न सहयोग पुर्याऔं ।
एजेण्डा ६ः भातृसंघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा–
अधिवेशन उन्मुख रहेका सबै भातृ संघ तथा शुभेच्छुक संस्थाको वर्तमान केन्द्रीय समितिलाई ३ महिने सदस्यता वितरणको जिम्मेवारी दिएर प्रत्येक स्थानीय तहमा खटाऔं यसरी रजिष्ट्रेशन भएका प्रत्येक सदस्यले मतदान गर्ने गरी एकै दिन सबै तहको अधिवेशन सम्पन्न गरौं ।
एजेण्डा ७ः क्रियाशील सदस्यता वितरण (नयाँ र नविकरण) प्रकृया सम्बन्धमा –
पुराना सबै क्रियाशील सदस्यतालाई नविकरण गर्ने अवसर प्रदान गरौं । नयाँ सदस्यताका लागि पूर्णतः खुला गरौं । नयाँ सदस्यताका लागि आवेदन गर्ने प्रत्येकलाई निश्चित पार्टी पाठ्यक्रम तयार गरी ३ दिने प्रशिक्षण र सार्वजनिक सदस्यताको सपथको आयोजना सम्बन्धित वडा कार्यसमितिको नेतृत्वमा गर्ने प्रवन्ध मिलाऔं। ।
एजेण्डा ८ः जनसम्पर्क समिति सम्बन्धमा –
सर्वोच्च अदालतले विदेशी भुमिमा रहेका तर विदेशी नागरिकता नलिएका नेपालीलाई मतदानको अधिकारबाट बन्चित नहुने गरी कानून बनाउन आदेश समेत दिएको सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो भातृसंस्था जनसम्पर्क समितिको नेतृत्वकर्ता वा सभापति चाहि विदेशी नागरिक बन्न पाउने गरी व्यवस्था गर्नु उपयुक्त हुँदैन । कानूनी एवं सार्वजनिक नैतिकताको हिसावले पनि यसलाई बाञ्छित मानिदैन ।
एजेण्डा ९ः नियमावली संशोधन प्रस्ताव सम्बन्धम –
नियमावली संशोधन सम्बन्धी प्रस्तावको समर्थन गर्दछु । साथै नयाँ वा ब्रेक गरिएका विभागहरुको क्षेत्राधिकार पुनर्लेखन एवं प्रष्ट गर्न आग्रह गर्दछु ।
एजेण्डा १०ः नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका ०८१ सम्बन्धमा –
(१) विधान, नियमावलीलाई थप प्रष्ट वा व्यख्या गर्न निर्देशिका जारी गरिने भएको हुँदा विधानको कुन धारा, उपधारा वा नियमावलीको कुन नियममा आधारित भएर निर्देशिका जारी गरिएको हो ? सोको समेत उल्लेख गरिनु उचित हुन्छ । निर्देशिकाको अंग पुर्याएर जारी गरौं ।
(२) पार्टीले यस बीच स्थानीय तहमा निर्वाचित साथीहरुकालागि जारी गरेको ११ बुँदे परिपत्र अनुरुप हुने गरी पुनर्लेखन गरौं ।
(३) बुँदा २ लाई थप प्रष्ट गरौं । पार्टी केन्द्रद्धरा जारी संकल्प पत्र र उम्मेदवारीका क्रममा जारी स्थानीय प्रतिवद्धता पत्रमा आधारित रहेर कार्ययोजना तयार गर्नेछन ।
(४) बुँदा नं. १७ मा “निर्वाचन खर्च विवरण निर्धारित समयभित्रै बुझाउने छन” पनि थपौं ।
(५) बुँदा नं. २३ मा उल्लेखित “पालिका” को ठाउँमा “स्थानीय तह” उल्लेख गरौं । बोलीचालीमा “पालिका” शब्द प्रयोग भइ आएतापनि यसलाई कानूनले भने चिन्दैन ।
(६) बुँदा नं. २४ मा प्रत्येक २ महिना उल्लेख भएकोमा त्यसलाई ३ महिना गरौं ।
(७) यसमा प्रयुक्त भाषा वा वाक्यले नेपाली कांग्रेसले आफैंले आफैलाई दोषी देखाएको हुँदा त्यसमा सुधार गरौं र वेरुजु संपरिक्षण गरिनेछ र वेरुजू शुन्य गराइनेछ भन्ने शब्दावली प्रयोग गरौं ।
(८) बुँदा २८ मा उल्लेखित अनुसार निर्वाचनलाई थप व्यवस्था गरौं ।
(९) “नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, अन्तरसरकारी वित्त व्यवस्थाप ऐन २०७४, अन्तर सरकार समन्वय ऐन २०७७ लगायतका सम्पूर्ण ऐन र तिनमा व्यवस्था भएका कानूनी क्यालेण्डरको पूर्ण परिपालना गर्नेछ” भन्ने छुटै उल्लेख गरौं ।
(१०) “५ वर्षे प्रतिवद्धता पत्रमा आधारित रहि ३ वर्षे मध्यकालिन खर्च संरचना र प्रत्येक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गरिनेछ” भन्ने बुँदा थप गरौं ।
एजेण्डा ११ः समसामयिक राजनीति र अर्थ विविध विषय –
(१) सिद्धान्तहीन गठवन्धन गरेर केही थप सीट जित्नु र फोक्से मासुले मोटाउनु उस्तै हो । ठूलो दल बनेर पनि सरकारको नेतृत्व गर्ने अवसरबाट पटकपटक हामी किन चुक्यौं ? के यतिपनि समीक्षा गर्न सक्दैनौं ? वा चाहादैनौं ? उदेक लाग्छ– हामी अझै आत्मबल, शक्ति र उर्जा गुमाएको यात्रु झै कसैको बैशाखीको चर्चामा अल्झिरहेका छौं । एक्लै निर्वाचन लडेर जित्ने संगठन बनाउने हिम्मत राख्दैनौं भने वी.पी., गणेशमान, किशुन्जी, गिरिजाबावुको नामलाई बदनाम नगरौं । तिनको उत्तराधिकारी भन्न छोडौं ।
(२) पार्टी सभापति शेरबहादुर देउवाले प्रतिवद्धता जनाउनु भए अनुसार कुनैपनि बहानामा म्याद नथपि २०८२ मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन गरौं । त्यसका लागि यसै वर्षको अन्तसम्ममा क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक हुनेगरी कार्ययोजना पास गरौं । लगाएतको आप्mनो विचार नेता आचार्यले प्रस्तुत गर्नुभएको छ ।
