IMG-LOGO

स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ ः मन्त्री पौडेल

 मंगल, सावन २९, २०८१  ---

          स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रभावकारीताका लागि गत साउन ३ गते देशभरका संघीय अस्पताल तथा प्रतिष्ठानहरूका प्रमुखहरूसँग गरेको संयुक्त बैठकपछि दिएको ९ बुँदे निर्देशनलाई कार्यान्वयन गरिएको दाबीसहित अस्पतालहरूले प्रतिवेदन मन्त्रालय पठाएका छन् ।

          मन्त्री पौडेलले साउन ४ गते सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई सुधारका लागि ९ बुँदे निर्देशन दिएका थिए । मन्त्रीले दिएको निर्देशन अनुसार १७ वटा अस्पतालले सेवालाई प्रभावकारी र सहज बनाउनका लागि विभिन्न उपायहरू अवलम्बन गरेको जानकारी मन्त्रालयलाई पठाएका छन् ।

          अस्पताल र प्रतिष्ठानहरुले पठाएको प्रतिवेदन बमोजिम अस्पतालहरुले भिड नियन्त्रणका लागि अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना ÷ डिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीजस्ता कार्यलाई प्राथमिकता दिएको बताएका छन् । यसका साथै बीमामा उल्लेख भएका औषधीहरू सकेसम्म धेरै मात्रामा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने व्यवस्था मिलाइएको दाबी पनि गरिएको छ । विभिन्न अस्पतालले पठाएको रिपोर्ट अनुसार पहिले ४० प्रतिशत बीमाका औषधी पाइने फार्मेसीमा अहिले ८० प्रतिशतसम्म औषधी उपलब्ध हुन थालेका छन् ।

          अस्पतालहरूले पूर्वाधारका साथै व्यवस्थापकीय काममा पनि सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था गरेको, शौचालयको सरसफाईमा सुधार गरेको, निःशुल्क पिउने पानीको व्यवस्था गरेको, गुनासो व्यवस्थापनका लागि हेल्पडेस्क राखिएको जनाइएको छ ।

          स्वास्थ्य मन्त्री पौडेलले आम नागरिकले स्वास्थ्य सेवा लिन जाँदा भोग्नु परेको समस्यालाई सम्बोधन गर्न प्राथमिकता दिएर अगाडि बढेको बताए । ‘सरकारी अस्पतालमा सेवा लिन अप्ठेरो र झन्झटिलो छ भन्ने मन्त्रीको जिम्मेवारी लिनु अघि नै थाह भएको कुरा हो । सानो कुराको समाधानले धेरैलाई सहज हुन्छ भनेर यसलाई अगाडि मन्त्री पौडेल बताए ।

          मन्त्रालयलाई आफ्नो सेवा सहज बनाउनका लागि विभिन्न सुधारका उपाय गरेर विवरण पठाउने अस्पतालमा काठमाडौंका वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह लगायत सबै संघीय अस्पतालदेखि धरानको वीपी कोइराला, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, भरतपुरको भरतुपर अस्पताल, बाँकेको भेरी अस्पताल लगायतका रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्