IMG-LOGO

मेयर र प्रधानमन्त्री बीच टक्कर

 मंगल, सावन २२, २०८१  ---

          प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुखाले छन् । आप्mनो गरिमा भुलेर नचाहिने  टिप्पणी गर्ने र इवि साध्रने । ओलीलाई बुभ्mने र भोग्ने भनेकै नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल हुन ओली कै कारण उनीहरुले नेकपा एकीकृत समाजवादी बनाए । संगै स्वर्ग जाने नर्क गए पनि संगै जाने भनेर प्रचण्डलाई झुक्याए अब जिल्लिन बाकी शेरबहादुर देउवा हुन । 

          विद्युत प्राधिकरणको बक्यौता नतिर्ने ठुला ब्यापारीको पक्षमा प्रधानमन्त्री  लागेको भन्ने  आरोप सेलाउन नपाउँदै काठमाडौँ महानगरका मेयर बालेन साहबीच चर्को विवाद छ । हुन त ओली र बालेन बीच  बारम्बार जुहारी चल्दै आएको हो । एउटा स्थानीय तहको प्रमुखसँग देशको कार्यकारी प्रमुखले सम्पूर्ण शक्ति लगाएर जोरी खोजिरहनु आफैमा हास्यास्पद कुरा हो । तर, ओलीले त्यही कुरा बारम्बार दोहोर्याइरहेका छन् । ओलीले मेयर बालेनको निर्णय कार्यान्वयन नगर्न समेत निर्देशन दिएका छन् ।

          सिंहदरबारमा मंगलबार संघीय सरकारका मन्त्री र सचिवहरू सँग ब्रिफिङ लिने क्रममा ओलीले धरहरामा भइरहेको पार्किङ हटाउन निर्देशन दिएका हुन् । काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । तर, ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको हुन नसक्ने बताएका  छन् । उनले धरहरा ‘कुनै पालिकाको होइन’ भनेर सिधा बालेनप्रति निशाना साँधेका हुन् ।

          काठमाडौँ महानगरपालिकाले गत माघ १४ गतेदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाउँदै आएको छ । महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेर धरहरामा पार्किङको व्यवस्था मिलाएको हो । गत असार १७ गते सत्ता समीकरणमा उलटफेर भएपछि बालेनले ‘काले काले मिलेर खाऊ’ भन्दै नेपाली कांग्रेस र एमालेप्रति व्यङ्गय गरेका थिए । त्यस्तै उनले ‘यो समय गिरिबन्धु चियाको हो’ भन्दै एमाले अध्यक्ष ओलीप्रति कटाक्ष पनि गरेका थिए । बालेनले गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् ।

          केही समयअघि बालेनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ओलीलाई गिरिबन्धु टी–स्टेटको घोटाला लुकाउन, १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउन भनेका थिए । बालेनको उक्त आरोपबारे पत्रकारसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै ओलीले आरोपबारे बालेनलाई नै सोध्नु भनेका थिए ।

          अहिले एमालेको सिङ्गो सङ्गठन नै बालेनविरुद्ध लागेको छ । बालेन अराजकतातर्फ उन्मुख भएको आरोप एमाले नेताहरूले लगाउने गरेका छन् । राजनीतिमा लागेर बालेन बिग्रिएको एमालेको ठहर छ । बालेनको जति बिरोध गरेपनि उनको लोकप्रियता र सर्वत्र चर्चा चुलिंदो छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्