IMG-LOGO

सहकारी ठगीमा जोडिएका जीबी राईसहित १८ जनालाई झिकाउन विशेष समितिको निर्देशन

 मंगल, सावन १५, २०८१  ---

      सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई विशेष समितिले निर्देशन दिएको छ ।

      समितिले हिजो सोमबार गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गर्दै बैठकमा सहकारी क्षेत्रको वचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको व्यवस्था मिलाउन भनेको सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

      बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताहरको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने जनाउनु भयो ।

को को हुन विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरू ?

      जीबी राई – सूर्य दर्शन सहकारी, पोखरा, भरत महर्जन – सुमेरू सहकारी, ललितपुर, राजमाया महर्जन – सुमेरू सहकारी, काठमाडौं, सचिन महर्जन – सुमेरू सहकारी, काठमाडौं, सरला महर्जन – सुमेरू सहकारी, ललितपुर, ज्ञानबहादुर बम्जन– सूर्यदर्शन सहकारी, पोखरा, भुपेन्द्र राई – सूर्यदर्शन सहकारी, पोखरा, तेजबहादुर बम्जन – शिव शिखर सहकारी, देवकुमार नेपाली – इमेज वचत, पोखरा, छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ, तस्बिरन खातुन – सानोपाइला सहकारी, बीरगंज, असरफ अलि – सानो पाइला सहकारी, बीरगंज, सुवास केसी – सहारा सहकारी, चितवन, दीपक पौडेल – इमेज सहकारी, बागलुङ, लीलानाथ गौतम – शिव शिखर सहकारी, भक्तपुर, महाशंकर रेग्मी – मेघा ड्रिम सहकारी, काठमाडौं, थानबहादुर बुढामगर – सूर्यदर्शन सहकारी, पोखरा र प्रेमध्वज लामा – कान्तिपुर कोअपरेटिभ, काठमाडौं लगाएत १८ जना रहेका छन् । उनीहरुलाई झिकाउन संसदीय छानविन समितिले सरकारलाई निर्देशन जारी गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्