IMG-LOGO

जिप्रका काभे्र २०७८ को राष्ट्रिय परिचय पत्र वितरण गर्दै

 मंगल, असार १९, २०८१  ---

           जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकले राष्ट्रिय परिचय पत्रको लागि २०७८ मा फोटे खिचेका नागरिकहरुको परिचयपत्र वितरण गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेंढाईका अनुसार आर्थिक वर्ष २०८० ÷०८१ को असार १५ सम्ममा १ हजार ६ सय ५३ जनाले राष्ट्रिय परिचय पत्र पत्र प्राप्त गरेको जनाउनुभयो । राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचेका नागरिकहरुले किन तुरुन्तै परिचयपत्र प्राप्त गर्न नसकेको भन्ने जिज्ञासा राख्दा प्रजिअ सेँढाईले यस्तो प्रतिक्रिया दिनुभयो । पासपोर्ट बनाउनका लागि राष्ट्रिय परिचय पत्रको नम्बर भए पुग्ने भयो । राष्ट्रिय परिचय पत्र विभागले परिचय पत्रको लागि धेरै फोटो खिचिएका कारण छपाई गर्न नभ्याएको हुँदा जिल्लामा नपठाएको हुन सक्छ भन्नुभयो । २८ जिल्लामा राष्ट्रिय परिचय पत्रलागू गरी कार्यान्वयन गर्ने भनिएको छ, काभे्रमा भने कार्यान्वयन चरण मै छ । काभे्रमा दैनिक नागरिकता ८० जना, रहादानी ७० जना र राष्ट्रिय परिचय पत्रका लागि फोटो खिच्ने संख्या करीव एक सय जना सेवा लिने गरेको जिल्ला प्रशासन कार्यलय काभे्रले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्