IMG-LOGO

जग्गा विवादमा शीर मेमोरियल अस्पताल

 मंगल, असार १२, २०८१     टाइम्स खोज

     बनेपा घोगेचौरमा रहेको काठमाडौ पूर्वको पुरानो  अस्पताल अहिले जग्गा विवादमा फसेको छ । इसाई मिशनको यो अस्पताल  अमेरिकाको  क्यालिफोर्निया स्थित रेडल्याण्ड रहेको लोमालिण्डा अस्पतालको बिचार र दर्शन अनुसार संचालित हुँदै आएको छ । यो अस्पतालमा कार्यरत चतुरहरुले क्रिश्चियन  बनेर ब्रह्म्लुट मचाएका मात्र  होइनन्  सातपुस्तालाई पुग्ने सम्पत्ति  कुम्ल्याएका छन्  ।  चप्पल पड्काएर म्याउ गर्दै काम गर्न अस्पताल छिरेकाहारुको धेरैको बन्दोबस्ती अमेरिका र युरोप भइसकेको छ । अहिले  तत्कालीन बनेपाली जग्गादाता र शुभचिन्तक मध्येका ५ सय २५जना निवेदकले अस्पतालको हितमा मालपोत कार्यलय धुलिखेलमा निवेदन दिदै  भनेका छन् – अस्पताल बाँचोस अनियमित नहोस् भनेपछि हामीले यसबारे खोजी गरेर केही तथ्य ल्याएका छौँ  ।

     २०१६ सालमा स्थापना भएको बेनेपाको शीर मेमोरीयल अस्पतालको नाममा छुट जग्गा दर्ता विषयमा चरम विवाद आएको छ । अस्पताल एण्ड एजुकेश्नल ट्रस्टको नाममा बनेपा नगरपालिका वडा नं १ हाल बनेपा वडा नं ५ कित्ता नं २७३ को १४ रोपनी २ आना छुट जग्गा दर्ता गर्ने विषयमा स्थानीय र सरोकारवाला बीच विवाद आएको हो । छुट जग्गा दर्ताको लागि मन्त्रीपरिषद्बाट निर्णय गरेपछि शीर मेमोरियल अस्पतालले साविक नापीको समयमा अस्पतालको नाममा नाप जाँच भई दर्ता छुट भएको कि.नं २७३ को १४ रोपनी २ आना जग्गा शीर मेमोरियल मेडिकल एण्ड एजुकेश्नल ट्रस्टको नाउँमा दर्ता गर्न २०८० चैत्र २६ गते मालपोत कार्यालय काभे्रपलाञ्चोकमा निवेदन दिइएको थियो । मालपोत कार्यालयले २०८१ बैशाख १३ गते हकदावी सम्बन्धी ३५ दिने सूचना प्रकाशीत गरेपछि बनेपाका स्थानीयले जग्गा दर्ता नगर्न मालपोत कार्यालय काभे्र धुलिखेलमा ५ सय २५ जनाले उजुरी दर्ता गरेका थिए । उजुरी दिएका निवेदकका बाबुबाजेहरुले सामुदायिक अस्पताल निर्माण हुनुपर्ने उक्त जग्गाको प्रयोग नेपाली नागरिकको अपनत्व हुनेगरी सार्वजनिक सेवा कार्यमा प्रयोग हुनुपर्ने उल्लेख छ । स्थानीयले अस्पताल निर्माणका लागि चन्दा उठाएर सहयोग गरेको निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको उजुरीकर्ताहरुको दावी छ । अस्पताललाई सुवीधासम्पन्न बनाएर गुणस्तरीय सेवा पु¥याउने उद्देश्यले सार्वजनिक गुठी अन्तरगत २०७७ असोज ४ गते मालपोत कार्यालय डिल्लीबजारमा एजुकेश्नल ट्रस्ट दर्ता संहिता २०७४ को दफा ३१८ को उप दफा (१ ) बमोजीम दर्ता गरी गुठी अन्तरगत अस्पताल सञ्चालन हुँदै आएको हो । 

     शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाको छुट जग्गा दर्ता गर्ने सन्दर्भमा स्थानीय र सरोकारवालासँग किन विवाद भएको भन्ने सवालमा अस्पतालकी निमित्त प्रमुख कार्यकारी अधिकृत डा. एन्जेला बस्नेतलाई जिज्ञासा राख्दा उहाँको प्रतिक्रिया यस्तो रह्यो ः बनेपा नगरपालिका वडा नं १, हाल वडा नं ५ मा करिब ६४ वर्ष अघि स्थानीयहरुकै सहयोग र सद्भावबाट सञ्चालन भईआएको बताउनुभयो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको सम्झौता २०७७ साल असोज सम्म त्यसपछि २०७६ साल वैशाख २७ गतेको निर्देशन बमोजिम मुलुकी देवानी संहिता २०७४ बमोजीम सर्वजनीक गुठीको रुपमा दर्ता गरीएको शीर मेमोरीयल मेडिकल एण्ड एजुकेशनल ट्रस्ट अन्तरगतमै सञ्चालन भएको निमित्त प्रमुख कार्यकारी अधिकृत बस्नेतले उल्लेख गर्नुभयो । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५÷५ वर्षमा नविकरण गरी अस्पताल सञ्चालन गर्नुपर्दथ्यो । कुनैपनि १ सय ५० बेडको अस्पताल प्रदेश सरकारको ऐन नियम  अन्तरगत सञ्चालन हुने कानुनी व्यवस्था छ । विगतमा संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत अस्पताल सञ्चालन हुँदै आएको थियो । अन्तराष्ट्रिय ट्रस्टको मापदण्ड अनुसार बागमती प्रदेश सरकारको नीति विधि पद्धती अनुसार जग्गा दर्ता गरी सञ्चालन गर्नुपर्ने भएकाले २०८० माघ ११ मा दुई वर्ष भित्र दर्ता  गर्न सरकारले निर्णय गरे बमोजीम अस्पतालले अस्पतालको नाममा मालपोतले जग्गा विवादमा शीर मेमोरियल अस्पताल ३५ दिने हकदावी सार्वजनिक सूचना प्रकाशन गरी १४ रोपनी २ आना जग्गा सार्वजनिक गुठी मुलुकी देवानी संहिता २०७४ कमोजीम नै दर्ता गरी सञ्चालन गरिने हो । उक्त जग्गा कोहि कसैको व्यक्तिमा हक हस्तानतरण हुँदैन चल अचल सम्पती सबै गुठीकै नाममा ल्याउन पहल गरिएको कुरा अस्पतालकी निमित्त प्रमुख कार्यकारी अधिकृत डा. एन्जेला बस्नेतले जनाउनुभयो  ।

     शीर मेमोरियल अस्पतालको छुट जग्गा दर्ता सम्बन्धि स्थानीय र सरोकारवाला बिच विवाद तिव्ररुपमा अघि बढ्यो । संघ, संस्था गुठीले प्रयोग गर्ने जग्गा जमिनको उपयोगमा कानुनी व्यवस्था के छ भन्ने सन्दर्भमा मालपोत कार्यलय धुलिखेल काभे्रका प्रमुख मालपोत अधिकृत दिपक कोइरालालाई जिज्ञासा राख्दा , उहाँले यस्तो प्रतिक्रिया दिनुभयो ः

     छुट जग्गा दर्ताका लागि २०८० माघ ११ गते २ वर्ष भित्र छुट जग्गा दर्ता गर्न नेपाल सरकारले सूचना जारी गरेपछि ट्रस्टले फिल्डबुक र वडाको सिफरिस सहित छुट जग्गा दर्ता निवेदन मालपोत कार्यालयमा आएको बताउनुभयो । उहाँले भन्नुभयो अस्पतालको निवेदन सँगै कार्यलयले हक दावीका लागि ३५ दिने सूचना प्रकाशन गरेपछि ५ सय २५ जना स्थानीयहरुले जग्गा दर्ता नगर्न उजुरी दिएको बताउनुभयो । प्रमुख मालपोत अधिकृत कोइरालाले छुट दर्ता गर्न मागदावी गर्ने हावी कर्ता दुवै पक्षबीच सहमती नहुँदासम्म जग्गा दर्ता गर्न नसकिने बताउनुभयो । सार्वजनिक गुठीको नाममा दर्ता भएको जग्गाको हक व्यक्तिमा हस्तानतरण हुँदैन नेपाल सरकारकै हुन्छ । जग्गा दर्ता अस्पतालको ट्रस्ट नाममा  गर्न पनि दुवै पक्षबीच सहमती हुनुपर्छ मालपोत कार्यलय अर्ध न्यायिक निकाय हो यसले छिनोफानो गर्न सक्दैन । अहिले प्रारम्भीक चरणमै छ । छुट कर्ताको हकदावी म्याद ३५ दिन कटेपछि सहमतीको लागि प्रयास हुन्छ  भयो भने अस्पतालको ट्रस्टकै नाममा हुन्छ । अन्यथा न्ययायिक निरुपणको माध्यमबाट मात्रै छुट जग्गा दर्ता हुन सक्छ प्रमुख मालपोत अधिकृत दिपक कोइरालाले जनाउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्