IMG-LOGO

सत्ता समीकरणमा कुनै दरार आएको छैन ः प्रधानमन्त्री दाहाल

 मंगल, असार ५, २०८१  ---

          प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै दरार नआएको बताउनु भयो । हिजो चितवन पुग्नु भएको प्रम दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउदै सत्ता समीकरणमा कुनै दरार नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा आउने अफवाहहरूमा सत्यता छैन ।’

          रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताउनु भयो । रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’ गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष २०८१÷२०८२ को विनियोजित बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आफ्ना सांसदहरुलाई खुलेर छलफल गर्न निर्देशन दिनुभएको थियो ।

          त्यस्तै रास्वपाका मन्त्रीहरुले राजीनामा बोकेर हिडेको अभिव्यक्ति दिँदै सत्ता सहकार्यको समिक्षा गर्ने बेला भएको बताउँदै आएका छन् । त्यस्तै एकीकृत समाजवादीले पनि सार्वजनिक रुपमा नै सरकारको आलोचना गरिरहेका छ । बजेटको विषयमा स्वयं माओवादी भित्र पनि असन्तुष्टि रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्