काभे्र उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । २५ सदस्यीय कार्य समितिमा तीन पक्ष बीच घमासान प्रतिष्पर्धा हुदाँ राजन मानन्धरको १४ सदस्यको वेजोड उपस्थिति छ तर राजन मानन्धर ३० मतको अन्तरले पराजय भोग्नु प¥यो । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं साधारण सभामा प्रताप वैद्य र राजन मानन्धरको टिम घमासान प्रतिष्पर्धामा थिए भने बसन्तनारायण भोछिभोया एक्लो वृहष्पती हुनुहुन्थ्यो । उहाँले पूर्वजलाई देखाइ दिन्छु भन्दै ११७ मत प्राप्त गर्न भएको थियो । यो चुनावमा नेवारवाद हाबी भएको छ । जम्मा २ जना पर्वतेको उपस्थिती छ । त्यसैले पनि काभ्रे उद्योग वाणिज्य संघमा गैर नेवारहरुको (पर्वते) आकर्षण छैन ।
नाम काभे्र उद्योग वाणिज्य संघ भएपनि सम्पूर्ण काभे्रका व्यापारीहरुको प्रतिनिधित्व काभे्र उद्योग वाणिज्य संघले गर्न सकेको छैन । धुलिखेल, पनौती र पाँचखालमा वेग्ला वेग्लै वाणिज्य संघको अस्तित्व रहिआएको छ । मध्यपहाडको व्यापारिक केन्द्र बनेपामा कार्यलय रहेको काभे्र उद्योग वाणिज्य संघको विवाद २०५६ साल देखि नै भएको हो । २०२३ सालमा व्यापारी अत्तरकाजी दिक्पाल श्रेष्ठ, आशाकाजी श्रेष्ठ, रामेश्वर श्रेष्ठको एकल परिवार (सेतो घरबाट) मणिराज कायष्ठले मूक्त गरेर बनेपा चारदोबाटोमा कार्यलय स्थापना गरि चल्तीमा ल्याएका थिए । काभे्र उद्योग वाणिज्य संघलाई यो स्थानमा पु¥याउन मणिराज कायष्ठको अथक योगदान रहेको छ । हुन त कृष्णगोपाल भैल, पूर्ण पलाञ्चोकेको महत्वपूर्ण योगदान भएता पनि व्यापारी व्यापारीको एकतालाई मजवुद पार्न नसकेको कुरा सत्य हो । कृष्णगोपाल भैलको कार्यकाल देखि चुनावको विवादमा काभ्रे उद्योग वाणिज्य संघ फसेता पनि, काभे्र उद्योग वाणिज्य संघको भवन निर्माण, जग्गा खरिद र एकताको सुत्रमा पूर्ण पलाञ्चोके र दियेश रत्न शाक्यको कार्यकाल स्वर्ण यूग मानिन्छ । चन्दा संकलन, भवन निर्माण अभियान अत्यन्त राम्रो थियो तर सुरकृष्ण वैद्यको पालादेखि कहिल्यै एकता हुनै नसक्ने गरी चूनावी प्रतिस्पर्धामा काभे्र उद्योग वाणिज्य संघ पुगेको छ । त्यो बेला उद्योगी दिलिप कुमार श्रेष्ठलाई कर्नरमा पारिने खेल भएता पनि उनी राष्ट्रिय रुपमा उद्योगी व्यवसायीमा राम्रै परिचित छन् ।
आर्थिक मन्दीको चरम मार भोगिरहेका व्यापारीहरुलाई आपसी चुनावी घमासानले दुवै पक्षलाई राम्रो गर्दैन यसपल्टको चुनावमा प्रताप वैद्य र राजन मानन्धर बीच मात्र प्रतिस्पर्धा भएन अर्का उमेदवार बसन्तनारायण भोछिभोया पनि १ सय १७ मतको समर्थनले अस्तित्वमा देखा परे । तीन पक्षलाई एकतामा बाध्न नसक्नु उनीहरुको असक्षमता यो प्रतिस्पर्धाले उदाङ्गो बनाएको छ ।
यो चुनावमा अध्यक्ष पदमा प्रताप वैद्य निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राजन मानन्धरलाई ३० मतले पछि पार्दै वैद्यले बाजी मारेका हुन् । वैद्यले ४ सय ८७ र मानन्धरले ४ सय ५७ मत पाएका हुन् । अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष बैद्य, विशिष्ट आमन्त्रित सदस्य मानन्धर र गत निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका भोक्षिभोयाले उम्मेदवारी दिएका थिए । बरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार, उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य, महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) विजयी भएका छन् ।
खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमनचौ प्रधान, गौतम मानन्धर, सजन मानन्धर, नरेशराज कायस्थ, रजेन्द्र पसछें, राजनबहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन् । यसअघि बनेपा संयोजक पदमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भएका छन् । १५ पदाधिकारी र १० खुल्ला सदस्य पदको लागि ४९ जनाको उम्मेदवारी परेको थियो ।
नव युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ ः मन्त्री भण्डारी
बनेपा, काभे्र उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा तथा अधिवेशन शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न भयो । उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नव युवा उद्यमीहरुलाई प्रोत्साहित गर्न आगामी वर्षको नीति तथा कार्यक्रम समावेश गरी १ अर्व बजेट विनियोजन गरिने बताउनुभयो । उद्योगी व्यवसायीहरुको वृहत्तर हित, नि¥यात बढाउने, आमत घटाउने, रणनीति अख्तीयार गरी अर्थतन्त्र बलियो बनाउन कृषिमा औधोकिकरण, घरेलु उद्योगको संरक्षण, सम्बद्र्धन, रोजगारीको सृजना गरेर मुलसकलाई समृद्ध बनाउने अभियानमा उद्यमी व्यवसायीहरुसँग हातेमालो आवश्यक रहेको बताउनुभयो । बागमती प्रदेशका सांसद एवं श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले औधोगिक क्रान्ती विना देश समृद्ध बन्न नसक्ने, नव युवा वर्गलाई मुलुकमै रोजगारीको अवसर श्रृजना गर्न राज्यले नीति विधि र पद्धतीको विकास गरी उद्यागी व्यवसायीहरुलाई लगानी गर्ने वातावरण तयार गर्न राज्य पछि नहट्ने बताउनुभयो । बागमती प्रदेश सांसद कन्चन चन्द्र बादे, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, बागमती प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, छिमेकी उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायीहरुको कार्यक्रममा उत्साहजनक उपस्थिती रहेको थियो । उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु कृष्ण गोपाल भैल, दियेश रत्न शाक्य, लक्ष्मीलाल राजभण्डारी, पूर्ण प्रसाद पलाञ्चोके र प्रकाश मानन्धर लगायतको आतिथ्यता रहेको थियो । महासचिव रविन्द्र वैदारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रजित पलाञ्चोकेले आ.व २०७७÷०७८ र आ.व २०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आ.व २०७९÷०८० को २४ लाख ३ हजार ९ सय ९ रकम आम्दानी रहेको र १६ लाद ५५ हजार ९ सय ६३ व्यय रहेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको थियो । काभे्र उद्योग वाणिज्य संघको विषेश बुलेटिन २०८१ विमोचन गरिएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष राजेन्द्र पसछेंले गर्नुभएको थियो ।
