IMG-LOGO

जनता सँग पैसा छैन बजारका सटर खाली, ग्राहकको अभाव, चहलपहल ठप्प

 मंगल, जेठ १५, २०८१  टाइम्स संर्वेक्षण

        बनेपा बजारमा ब्यापार व्यावसायमा कमि आएको छ । ग्राहकको कमि हुँदा चहलपहल छैन । ब्यापार नभएपछि महँगो भाडा तिरेर सटरभाडामा लिएकाहरु धमाधम ब्यापारबाट पलायन हुँदा बनेपाबजार र अरनिको लोकमार्गका २५ प्रतिशत सटरहरु खाली छन् । सटरहरु, फ्ल्याट र कोठा खाली हुँदा घरधनिहरु चिन्तित बनेका छन् ।पहिले चल्तीका पसलमा फाट्टफुट्ट ग्राहक देखिन्छन् भने बजारमा ग्राहक नआएपछि धेरैजसो पसलेहरु निरास देखिन्छन् । भरियहरु गर्मीमा सितल खोजेर निदाइरहेका देखिन्छन् । बनेपाको दाँजोमा धुलिखेल र पनौतीमा यस्ता समस्या कमै ब्यापार व्यावसाय छोड्ने अधिकाशहरुको लक्ष्य नै बिदेश जाने योजना रहेको पाइन्छ  । 

     घरजग्गा व्यावसाय ठप्प छ । मालपोत कार्यलयमा भिड कम छ । सरकारले आनाको एक लाख निर्धारण गरेको जग्गा हिजो  लाखदेखि करोडसम्ममा बेचेका हुन्थे । यता, आनाको ३० लाख हालेर किन्नेले ५० लाखमा बेच्छु भनेर किन्नेहरु हिस्स परेका छन् । करोडमा किनेको जग्गा अहिले ५० लाखको त कुरै छोडौं, १० लाख समेत नआउने अवस्था आएको छ । महंगोमा जग्गा किन्ने त डुबि नै हाले सँगै दलालीहरुको काम पनि सुकेर गएको छ ।

     कुनै बेला  होटल, रेस्टुरेन्टहरु खानेहरुको टेबुल नपाएर कुर्नु  पर्थ्यो । अहिले खानेहरु कोही छैनन् । चल्तीका  रेस्टुरेन्टहरु सुनसान छन् । जग्गामा महँगा महँगा ईट्टा, ढुंगा, सिमेन्ट, फलाम, सिसा, मार्बल हालेर घर बनाएका हुन्थे अहिले हार्डवेयर पसल पनि चल्न छोडेका छन्  । घर निर्माण प्राय ठप्प छ  । घर बनाउनेहरुको सोच बदलिएको छ, घर चार–पाँच करोडमा त सजिलै बिक्री ठान्नेहरु चुपचाप छन् । अहिले बैंकबाट लिएको कर्जा तिर्न नसकेर त्यहिँ घर एक÷दुई करोडमा बेच्छुभन्दा समेत किन्ने कोही छैनन् । करोडौं लगानी गरेर बनाएको घर आज बैंकले लाखमै पचाइदिने भएको छ । फेरि बैंकले लिलाम गरेको त्यो घरजग्गा पनि किन्ने कोही छैन ।

     सबै व्यापारीहरुको अनुहारमा निराशा छाएको छ । यसरी ब्यापार ब्यवसाय अनि  घरजग्गामा मन्दी आउँछ र यसको मूल्य घट्छ भनेर न सरकारले सोचेको थियो न जनताले । देशब्यापीरूपमा सहकारीमा समस्या देखियो । बैंकको अवस्था पनि तेस्तै छ । अहिले घरजग्गा धितो राखेर बैंकबाट ऋण लिनेको रुवाबास छ । बैंक तथा वित्तिय संस्थामा सेवग्राहीको भिड छैन । बैंकहरु सुनसान छन् । बैंक र बित्तीय सस्थामा समस्या निम्तिएको छ । घरजग्गा किन्ने कोही छैन, बेच्ने भने पाइलेपिच्छे छन् । अहिले न कोठा, प्mल्याट र सटर नै भाडामा जान्छ न त घर नै बिक्री हुन्छ । मानिसहरुको लागि घर घाँडो भएको छ । दुई वर्षअघि एउटै मालपोत कार्यालयबाट एक दिनमा घरजग्गा नामसारीबाट अर्बो राजस्व उठ्थ्यो । तर, अहिले लाखमा झरेको छ । बच्चादेखि बुढासम्मले घरजग्गामा मन्दी आएको र यसको मूल्य अब बढ्दैन भनेर थाहा पाएका छन् । घरजग्गामा लगानी गर्नेहरुको त रुवाबासी भयो नै सेयरमा समेत त्यस्तै हुन पुगेको छ । सेयरमा ऋण लिएर लगानी गर्ने को अवस्था पनि दयनीय नै भएको छ ।

     जमिन भित्रको पानी मूल फुटेर बाहिर आएपछि मानिसदेखि पशुपन्छी तथा वन्यजन्तुले त्यसको उपयोग गर्छन् । तर, मूल नै बन्द गरिदिएपछि त्यहाँबाट न पानी आउँछ न त्यसको उपभोग गर्न मिल्छ । त्यसरी नै पछिल्लो समय घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएपछि राज्य राजस्वविहीन भएको छ ।

     नेपालका अर्थविद्, विज्ञहरुले जनताले तिरेको करबाट आर्मी पाल्न सकिदैँन भनेर आवाज उठाउन थालिसकेका छन् । त्यस्तै, सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको तलबभत्ता, पेन्सन र सेवासुविधा पनि कटौती गर्नुपर्छ । अहिले नै सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । जनताले तिरेको करबाट सरकारी खर्च धान्न समेत हम्मेहम्मे परेको छ ।

     विकासनिर्माणको त कुरै नगरौं । प्रत्येक नेपालीको टाउकोमा विदेशी ऋण ९० हजार पुगेको छ । अझै पनि जनता हामी यो पार्टीको नेता तथा कार्यकर्ता भनेर हिडिँरहेका छन् । राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरु जनता र सञ्चारकर्मीलाई भ्रममा पारेर जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् ।

     पढेलेखेका जनता बिदेश गैसकेका छन् । देशमा भएका केही टाठाबाठा राजनीतिक पार्टीको झोला बोकिरहेका छन् अनि नपढेका जनता कामको खोजीमा खाडी मुलुक वा गाउँघरमै खेतीपाती गरिरहेका छन् । २०४६ सालपछाडिका सरकारी कर्मचारी, राजनीतिक दलका नेता, व्यापारी तथा व्यवसायीहरुको सम्पत्ति छानबिन गर्ने बेला आएको छ । सजिलो तरिकाले धन कमाएर धनी बनेका सबैको छानबिन गरे के होला ? 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्