IMG-LOGO

काभ्रे जिल्लामा कोरोना जोखिम बढ्या

 मंगल, असार ३०, २०७७  ..

बनेपा÷सरकारले बन्दाबन्दी केही खुकुलो बनाए सँगै काभ्रै जिल्लामा कोभिड १९ को प्रकोप जोखिम बढेको छ । जिल्ला बासी नै त्रसित बनेका छन् । यात्राको गतिविधि नै पत्ता लगाउन कठिन भएर समस्या भएको छ । गत शुक्रबार देखिएको ६ जना मध्ये ३ जना स्थानीयमा देखिएपछि काभ्रेमा पनि खतराको संकेत देखिएको छ । विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाहरुले सजग र सर्तकता अपनाउनु पर्ने बेला आएको छ । तेमाल गाउपालिका ८ बस्ने ४० बर्षिय पुरुष, पनौती ९ बस्ने २६ वर्षिय बनेपा बस्ने ३४ वर्षको पुरुष, बनेपा १३ बस्ने ३० वर्षका पुरुष, काभ्रे जिल्ला ठेगना भएकी २४ वर्षकी महिला, पनौती नपा २ बस्ने ३९ वर्षकी महिला कोरोना संक्रमित भेटिएका हो । त्यस्तै सोमवार पाँचखाल र मण्डनदेउपुरमा १÷१ जना कोरोना संक्रमित देखिएका छन् । पाँचखाल नगरपालिकामा साउदीवाट आएर क्वारे न् टाई न मा बसिरहेका १० नम्बर वडाका २३ बर्षीय पुरुष र मण्डनदेउपुर नगरपालिका ९ का साउदीवाट फर्किएका एक २७ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो । विदेशबाट स्वदेश फर्केका एकान्तवासमा बसेकाहरुमा र पछिल्लो समय समुदायमा समेत फैलिने जोखिम बढेको छ । बनेपा ६, पनौतीका २ र ९ वडामा आवतजावतमा रोक बनेपा नगरपालिका वडा न ६, पनौती नगरपालिकाका २ र ९ मा कोरोना संक्रमित भेटिएपछि वडागत रुपमा आवतजावतमा रोक लगाईएको छ । बनेपा–६ मा २४ बर्षिय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सम्भावित जोखिम न्यूनिकरण तथा रोकथाम गन साँधसिमानामा नागरिक आवतजावतमा रोक लगाइएको हो । वडा अध्यक्ष सचितानन्द के स ीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा अरनिको राजमार्गको उत्तर तर्फ, सिलुमार्ग तथा सहिद मार्ग पश्चिम, चण्डेश्वरी वन, खत्री गाउँ पूर्व,चण्डेश्वरी खोला पूर्व कोरोना संक्रमित जोखिम संवेदनशिल क्षेत्र घोषणा गरीएका बताउनुभयो । उच्च सर्तकता अपनाइ नागरिक आवतजावतमा रोक लगाइएका भनिएको छ । २४ बर्षिय महिलालाइ कोरोना संक्रमित पुष्टि भएपछि बनेपाका शिर मेमोरियल अस्पतालका आईसोलेशनमा राखिएको छ । सम्पर्कमा रहेका १८ जनामा आरडिटी नेगेटिभ आएको तथा आशंका भएक ६ जनाका पिसिआर परीक्षण गरेको र उनीहरुका रिपोर्ट भने ७२ घण्टा पछि मात्र आउनेछ । त्यस्तै पनौती नगरपालिका वडा नं २ र ९ मा कोरोना संक्रमित भएपछि उच्च सर्त क ता अपनाई २ वडालाइ नागरिकहरुको आवत जावत बन्द गरिएको छ । नगपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीका अनुसार पनौती वडा नं २ को पूर्वमा ठाड खोला, पश्चिममा खोल्सी खोला,उत्तरतर्फ मिजारको गौडाबाट तलतिर र दक्षिणमा लप्सेटार जाने बाटोको पूव भागमा आवतजावत बन्द गरेका बताउनुभयो । संक्रमित भएकाहरुका आफन्त र सम्पर्कमा रहेका पनौती २ का १२ जना र वडा नं ९ का ११ जनाको स्वाव परीक्षण गरी होम क्वारेन्टाईनमा बस्न निर्देशन गरिएको बरिष्ठ प्रशासकीयअधिकृत अधिकारीले बताउनुभयो ।बनेपा १३ का संक्रमित भनिएको नेगेटीभबनेपा वडा नं १३ बस्ने ३० बर्षका पुरुषमा कोरोना पुष्टि भईकन गत असार २१ र २३ गते स्वाव परीक्षणमा नेगेटिभ देखिएर घर बसेको बनेपा वडा न १३ का वडा अध्यक्ष सूर्यनारायण नापितल बताउनुभयो । संक्रमित भनिएका ३० बष पुरुषका घर परिवारका ८ जनालाई बनेपा स्वास्थ्य शाखाले आरडिटी परीक्षण गदा नेगेटिभ देखिएको जनाएको छ । बनेपा र पनौतीमा ¥याण्डम स्याम्पलिब गरिन कोरोना भाइरस कोभिड १९ प्रकोपको जोखिम बढेको क्षेत्रमा ¥याण्डम स्याम्पलिब गरिने भएको छ । बनेपाका बडा नं ६ र पनौती नपाको वडा नं २ र ९ मा सम्भावित केसहरुको कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभया काभ्रे जिल्लाका १३ पालिकाका स्वास्थयकर्मीहरु र स्वास्थय कार्यालय काभ्रेको टोली सम्मिलित ६० जनाका टोलीलाई कन्ट्याक ट्रेसिब कसरी गन त्यसको उचित प्रबन्ध मिलाउने सवालमा असार ३० र ३१ गते तालिम दिएर ¥याण्डम स्याम्पलिब कार्य तत्काल शुरु गरीने स्वास्थ्य प्रमुख झाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्