IMG-LOGO

सभामुखले पदीय मर्यादा गुमाउनु भो प्रमुख सचेतक ः लेखक

 मंगल, जेठ ८, २०८१  ---

                    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोध बीच  घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि  कांग्रेसले आपत्ति जनाएको हो । ’सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ । कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैन’ कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ’सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।’ ’नेपालको संविधान अनुसार विश्वासको मत लिने ३० दिन छ । विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पु¥याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको आडमा दम्भ देखियो भन्नुभयो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्