गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ माधवकुमार नेपाल निवास पुगेर गठबन्धनमा ल्याएका थिए । तर, दुवै नेताबीच तिक्तता बढ्नुको कारण सुदूरपश्चिम प्रदेश सरकार नै रहेको छ । सुदूरपश्चिममा सुरुमा आफूले सरकारको नेतृत्व गर्न नपाएपछि एसले कांग्रेससहितको समर्थनमा नाउपाको चौधरी पक्षका लक्ष्मण चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । जबकि त्यो समयमा एमाले, माओवादी र नाउपाको योजना नाउपाको पनि श्रेष्ठ पक्षको नेतालाई मुख्यमन्त्री बनाउने योजना थियो । त्यसपछि अध्यक्ष ओलीले नेपालको सार्वजनिक मञ्चमा नै विरोध गर्न थाले । नेपाल पनि ओलीको बोलीको काउन्टर गर्दै आए । उक्त प्रतिस्पर्धा अहिलेसम्म पनि रोकिएको छैन । पछिल्लो समयमा नेपालको गठबन्धनमा निहुँ खोज्ने प्रक्रिया रोकिनुको सट्टा झन्झन् बढ्दै गएको छ । नेपालले ओलीलाई मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि घुक्र्याइरहेका छन् ।
हिजो शनिबार मात्र नेपालले मकवानपुरमा आफ्नो पार्टीको जिल्ला अधिवेशनमा ओलीको अहंकारका कारण एमाले विभाजन भएको, कम्युनिस्ट आन्दोलनले धक्का खाएको बताएका थिए । उनले भनेका छन्, ‘एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुई–तिहाइको बहुमतको अवस्थामा पुगेका थियौँ । त्यो अवस्थामा संविधान बदल्न सकिन्थ्यो । कानुन जस्तो पनि बनाउन सकिन्थ्यो । राज्यका सबै संरचनामा आमूल परिवर्तन गर्न सकिन्थ्यो । ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन सकिन्थ्यो । नेतृत्वमा अहंकार हावी भयो । नेतृत्वले पार्टीको सिद्धान्त, राज्यको संविधान र आफूलाई सर्वेसर्वा ठान्दा सबै गुम्यो ।’
त्यस्तै, १० वैशाखमा प्रधानमन्त्री प्रचण्डकै अगाडि नेपालले यो गठबन्धनलाई आफूहरूले सहज नमानेको बताएका थिए । उनले भनेका थिए,‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौँ । सहज अवस्था अनुभूत गरिरहेका छैनौँ, हामी कसैको धाक, धम्की, गालीगलौज सहनका लागि जन्मेका होइनौँ । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौँ ।’ नेपालले आफूहरूलाई यो गठबन्धनमा सम्मान नभएको भन्दै असन्तुष्टि पोख्दै आएका छन् । नेपालको चाहना यो गठबन्ध भत्काएर पुरानै गठबन्धन बनोस् भन्ने रहेको एमाले माओवादीका नेताहरू बताउँछन् । यो गठबन्धनले निरन्तरता पाएमा उनी प्रधानमन्त्री बन्ने सम्भावना छैन । त्यही भएर पनि कांग्रेस, माओवादी र आफू सहितको पुरानै गठबन्धनमा फर्केमा प्रचण्डपछि आफू प्रधानमन्त्री हुन पाउनेमा नेपाल ढुक्क रहेको एमालेका एक नेता बताउँछन् ।
उता नाउपा केन्द्र सरकारमा सहभागी हुन तयार भएको थियो । तर, शनिबारको भेटघाटपछि यो कुरा केही समयका लागि रोकिन सक्ने बताइन्छ । नेपाल अहिले पनि कांग्रेस सभापति देउवासँग संवादमै रहेको बताइन्छ । उता नेपाली कांग्रेस यो गठबन्धन भत्काउन सुरुबाट नै लागेको छ । त्यो केन्द्रदेखि प्रदेशसम्म जारी राखेको छ । कांग्रेसका लागि अहिले सबैभन्दा सुनौलो अवसर बन्ने सम्भावना छ सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार । कांग्रेस सभापति शेरबहादुर देउवा र एसका अध्यक्ष माधवकुमार नेपालबीच अहिले पनि सम्बन्ध राम्रो छ । यो गठबन्धनबाट नेपाल सन्तुष्ट नहुनुको कारण कांग्रेस–माओवादी हुँदा आफूले पाउने भनिएको प्रधानमन्त्री यो गठबन्धनमा बाटैमा हराएको छ । त्यही भएर पनि नेपाल पुरानै गठबन्धन फर्काउन पाए आफ्नो प्रधानमन्त्री सुनिश्चित हुने सोचमा छन् ।
केन्द्रमा १० र सुदूरपश्चिममा चार जना सांसद भएको एसले मुख्यमन्त्री र केन्द्रमा दुई मन्त्री पाउँदा पनि गठबन्धनमा सबैभन्दा बढी निहुँ खोजिरहेको छ । यही कारण पनि कांग्रेसले खेल्न पाउनेछ । कांग्रेसका लागि पनि सुदूरपश्चिम सरकार भत्काउन सफल भए यो गठबन्धन भत्काउन पाउने अवसर बन्ने देखिन्छ । एमाले र नाउपाले विश्वासको मत नदिए नेपालले कांग्रेससँग विश्वासको मत माग्ने प्रवल सम्भावना छ । यदि एमाले र नाउपाले विश्वासको मत नदिए सरकार ढल्दैन, बरु कांग्रेसले विश्वासको मत दिने एसका एक नेता बताउँछन् । ती नेताले भने, ‘एमाले र नाउपाले विश्वासको मत दिन्छन् । यदि केही गरी एमालेले विश्वासको मत दिएन भने कांग्रेस विश्वासको मत दिन तयार छ । त्यसको असर केन्द्रसम्म पर्नेछ । जसका कारण फेरि गठबन्धन फेरबदल हुन सक्छ । कारण सुदूरपश्चिम सरकार बन्नेछ ।’
यदि सुदूरपश्चिममा माओवादी र एसको गठबन्धनमा कांग्रेस प्रवेश ग¥यो भने त्यसपछि लुम्बिनी प्रदेशमा पनि प्रवेश गर्नेछ । लुम्बिनीमा पनि नाउपाले समर्थन नगरेमा माओवादीले कांग्रेसको समर्थन माग्ने देखिन्छ । नाउपाले सरकारको समर्थन फिर्ता लिएमा लुम्बिनीमा पनि सरकार ढल्नेछ । त्यसपछि सत्ता गठबन्धनमा नेपालद्वारा प्रचण्डले कांग्रेस सहभागी गराउने रणनीति अख्तियार गर्न सक्छन् ।
ओली–नेपाल द्वन्द्व
गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ माधवकुमार नेपाल निवास पुगेर गठबन्धनमा ल्याएका थिए । तर, दुवै नेताबीच तिक्तता बढ्नुको कारण सुदूरपश्चिम प्रदेश सरकार नै रहेको छ । सुदूरपश्चिममा सुरुमा आफूले सरकारको नेतृत्व गर्न नपाएपछि एसले कांग्रेस सहितको समर्थनमा नाउपाको चौधरी पक्षका लक्ष्मण चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । जबकि त्यो समयमा एमाले, माओवादी र नाउपाको योजना नाउपाको पनि श्रेष्ठ पक्षको नेतालाई मुख्यमन्त्री बनाउने योजना थियो । त्यसपछि अध्यक्ष ओलीले नेपालको सार्वजनिक मञ्चमा नै विरोध गर्न थाले ।
नेपाल पनि ओलीको बोलीको काउन्टर गर्दै आए । उक्त प्रतिस्पर्धा अहिलेसम्म पनि रोकिएको छैन । पछिल्लो समयमा नेपालको गठबन्धनमा निहुँ खोज्ने प्रक्रिया रोकिनुको सट्टा झन्झन् बढ्दै गएको छ । नेपालले ओलीलाई मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि घुक्र्याइरहेका छन् । हिजो शनिबार मात्र नेपालले मकवानपुरमा आफ्नो पार्टीको जिल्ला अधिवेशनमा ओलीको अहंकारका कारण एमाले विभाजन भएको, कम्युनिस्ट आन्दोलनले धक्का खाएको बताएका थिए । उनले भनेका छन् , ‘एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुईतिहाइको बहुमतको अवस्थामा पुगेका थियौँ । त्यो अवस्थामा संविधान अवस्था थियो त्यो सबै ओलीका कारण गुम्यो ।
