IMG-LOGO

पालिकाहरुको के योजना छ ? काभ्रेमा कहिले बन्छ चक्रपथ ?

 मंगल, बैशाख ४, २०८१  ---

     स्थानीय पालिकाहरुका जनप्रतिनिधिहरुको दुई वर्ष सकिन लागेको छ । यो अवधिमा कुनै पनि पालिकाले गर्व गर्न लायक काम गरेको अहिलेसम्म पाइएको छैन । जनताका आधारभूत आवस्यकता पानी, बिजुली, सडक र पÞmोहोर ब्यबस्थापन पनि कुनै पालिकाले राम्रो गरेका छन् भनेर जनताले भनेको थाहा छैन । राजधानी काठमाडौबाट सबै भन्दा नजिकको सुगम शहर र शैक्षिक हव भएको जिल्ला काभ्रे हो । काभ्रे जिल्लामा राजधानीमा भएको विकासलाई पनि पछ्याउनु र सिको गर्न नसकेको अवस्था छ । हामीले काभ्रे टाइम्समा २०८१ को सुरुवातसंगै सडकका कुरा पालिका संग उठाएका छौं ।

     चक्रपथ बनाउने सोच र योजना के छ ?, तपाईं निर्वाचित भए पछि कति किलोमिटर सडक कहाँ बन्यो ? सडकको स्त्तर उन्नति कहाँ कति गर्नु  भो ?, सडक सम्बन्धि नयाँ योजना र सोच के छ ? र निर्वाचित भएको दुई वर्ष वित्न लाग्यो बाँकी कार्यकालमा नमूना लायक के काम गर्ने सोच र योजना छ ? भन्ने सन्दर्भमा नगरपालिका नगर प्रमुखहरु सँगको अन्तर सम्वादमा भने यस्तो प्रतिकृया रह्यो ।

फोहोरको दिगो व्यवस्थापन र खानेपानीको स्थायी सामाधान हाम्रो प्राथमिकता ः बनेपा नगर प्रमुख ः शाक्य

     बनेपा नगरपालिकाले गरेको १४ वटै वडा जोड्ने सडक सञ्जालको विस्तार गरेको छ । ठ्याक्यै यहाँले राख्नुभएको जिज्ञासामा बनेपा नगरपालिका क्षेत्रभित्र  चक्रपथ निर्माण गरी कालोपत्रे गर्ने सन्दर्भममा नयाँ सोच नभए पनि सडक सञ्जाललाई थप व्यवस्थित गरी स्तर उन्नती गर्दै प्राथमिकीकरणको आधारमा सडक ढलान्, सडक  कालोपत्रे , ढल निकासको व्यवस्था गरिएको कुरा बताउनुहुन्छ बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य । निर्वाचनको बखत घोषणा गरेको प्रतिवद्धता अनुसार काभे्र उपत्यका एकिकृत खानेपानी सम्बन्धीत निर्माण भएका बनेपाका ट्याङ्कीहरुमा पानी खसाली एक घर एक धारा जडानमा व्यवस्थापन गरिएको छ । थप व्यवस्थित भने गर्न बाँकी छ । हाम्रो कार्यकालमा त्यो पुरा गर्छौँ । ठेकेदार कम्पनीले काममा ढीला सुस्ती गर्दा खानेपानी परीक्षण नगरिदिंदा नागरिकहरुको घरघरमा पानी पु¥याउन नसकिएको हो । सुन्दर सहर निर्माण गार्ने अभियानमा फोहोरको उचित व्यवस्थापनका लागि परिवर्तन संस्थासँग सम्झौता गरी फोहोरको व्यवस्थापन गरिएको छ । यस अघिको नगर प्रमुख लक्ष्मी नरसीं वादेको पालामा बनेपा को वडा नं १३ र १४ को साँध सिमानामा फोहेरको दिगो व्यवस्थापनका लागि जग्गा खरिद गरिए पनि त्यहाँका नागरिकहरुले फोहोर लान दिएका छैनन् । फोहोरलाई मोहोर बनाउने, वातावरण मैत्री  बनाउने उपकरण आइसकेको छ । त्यसको प्रयोग पनि गर्छौं । नागरिकहरुलाई सचेत बनाएर फोहोरको उचित दिगो व्यवस्थापन गर्छौं । आ.व २०८० ÷०८१ मा ३ सय ९ वटा योजना सम्पन्न गर्दै छौं । म आफु निर्वाचित भईसकेपछि गतवर्ष १० किमी सडक कालोपत्रे र ७ किमी ढलान गरी १७ किमी बाटो बनेको छ । त्यसैगरी चालु आर्थिक वर्ष १० किमी सडक कालोपत्रे भईसकेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकास गर्न लागि परेका छौं । नगरकोट जाने सडक कालोपत्रे गर्ने नगरकोट टावरमा सहज रुपमा पुग्ने र पर्यटन क्षेत्रको विकासमा समेत  योगदान पुग्ने  छ । 

चक्रपथ सडक निर्माणको खाका तयार धुलिखेल नगर प्रमुख ः व्याञ्जु

     धुलिखेल नगरपालिकाले नगरको १२ वटै वडामा सडक सञ्जाल विस्तार गरी चक्रपथ निर्माण कार्यको खाका तयार भएको सोही गुरुयोजना अनुसार मोटरबाटो सडक स्तर उन्नती ढल निकास, नाला निर्माण कार्यले तिब्रता पाएको नगरप्रमुख अशोक कुमार व्याञ्जुले बताउनु भयो । ४ सय १० किमी सडक स्तर उन्नती सहित ग्राबेलिङ भएको छ । सहायक सडक मार्ग निर्माण, काठमाण्डौं विश्व विद्यालय सडक, धुलिखेल, भट्टेडाँडा हुँदै काभ्रे भन्जाङ जाने सडक, बतासे जाने सहायक मार्ग सडक अरनिको राजमार्ग र विपी राजमार्गमा जोड्ने सडक कालोपत्रे गरको छ । केन्द्र, प्रदेश र नगरपालिकाको बजेटबाट सडक कालोपत्रे कार्य सम्पन्न भएका छन् । यसै गरी खावा, घोक्रे पाखा, कल्छे सडक करीब १ किमी २ सय मिटर कालो पत्रे हुने क्रममा छ । ३ सय ६० किमी सडक ट्रयाक विस्तार सहित मोटर बाटो निर्माण भएको छ । भौतिक पूर्वाधार तर्पm सडक, विद्यालय भवन, स्वास्थ्य चौकी अस्पताल निर्माण कार्य भएको नगर प्रमुख व्याञ्जुले उल्येख गर्नुभयो । सुरक्षित सडक, ग्रिन सीटीको अवधारणा अनुरुप कार्य अघि बढाइएको छ  । डब्लु एच ओको मापदण्ड अनुरुप धुलिखेल स्वस्थ सहर अभियान सञ्चालन, शिक्षा क्षेत्रमा गुणस्तर विकासमा स्तर वृद्धि, देशकै सबैभन्दा वेसी ५८ वटा पार्क भएको नमुना सहरको रुपमा परिचित, सहर र ग्रामिण बस्ती गरी ८६ प्रतिशत नगरिकहरुले पिउने पानी उपलब्ध गरिएको, एक घर एक धारा जडान गरी पिउने पानी नागरिकहरुले उपभोग गरी लाभान्वित भएका छन् । जीरो कार्वन सिटी निर्माण र प्रदुषण मुक्त सहर क्षेत्र निर्माण कार्य तिव्ररुपमा अघि वढेको, अपाङ्ग मैत्री र बाल मैत्री सहरको रुपमा स्थापित भइसकेको नगर प्रमुख व्याञ्जुले उल्लेख गर्नु भयो ।

विश्व सम्पदा सूचिमा सूचिकरण र सबै वडालाई पर्यटकीय पदमार्गमा जोड्ने छौं पनौती नगर प्रमुख ः भण्डारी

     ऐतिहासिक, सांस्कृतिक धरोहर पनौती नगरलाई विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने र पनौतीका सबै वडाहरुलाई व्यवस्थित सडक सहित पर्यटकीय पदमार्गमा जोड्ने योजनावद्ध योजना अघि सारेको कुरा पनौती नगर प्रमुख रामशरण भण्डारीे बताउनुहुन्छ । जहाँसम्म सडक सञ्जाल विस्तार गरेर सडक कालोपत्रे गरी सबै वडालाई जोडेर भौतिक पूर्वाधारको विकासमा अग्रस्थानमा रहने हाम्रो अभियान जारी छ । स्थानीय सरकारको श्रोत साधनले मात्र विकास गर्न सम्भव छैन । केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक छ । त्यसमा पनि हाम्रो निरन्तर प्रयास जारी छ । नगरकै योजनामा पनौती बसपार्क विस्तार, त्रिवेणी घाटको दूषित पानीलाई उचित व्यवस्थापनका लागि दिगो ययोजना निर्माण गरि अघि बढेको छ । बहुवर्षे योजना अनुरुप पनौती खोपासी सडक साढे ४ करोडमाक ठेक्का अव्हन केही दिनमै हुँदै छ । परमपरागत कृषि प्रणलीलाई आधुनिकीकरण खेती प्रणाली गरी स्वरोजगार प्रवन्ध उत्पादनमा वृद्धि गर्ने सिप नभएकाहरुलाई सिपमुलक तालिम प्रदान र सिपको कारण बेरोजगारको अन्त्य गर्ने कार्यमा समग्र पनौती क्षेत्रको विकास र समृद्धिमा हामि एकतावद्ध भई लाग्ने छौं ।

एक घर एक वडा सडक कालोपत्रे अभियान जारी छ ः पाँचखाल नगर प्रमुख खरेल

     पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले आफूलाई नगरपालिकाले स्नेह र मायाका साथ दोश्रो पटक निर्वाचित गरेकोमा म थप उत्साहित छु । समग्र पाँचखाल क्षेत्रको दिगो विकासमा ध्यान केन्द्रित गर्दै अघि बढेको छु । हम्रा जनप्रतिनिधिहरु सबै एकतावद्ध भएर लाग्नु भएको छ । नगर भन्ने वित्तिकै भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तार जुन चक्रपथ बनाउने सोचको प्रसँग उठाउनु भयो यो जायज छ । नागरिकहरुले सजक ढङ्गबाट जुनसुकै यातायातका साधनहरु निर्वाधरुपमा सडक सञ्जालबाट विना रोकतोक आफ्नो नगरको क्षेत्रभित्र आवत जावत गर्ने अवस्था श्रृजना गर्नुपर्छ । त्यो हामिले गरेका छौं । पहिलो कार्यकालमा ४८ कि.मि सडक कालोपत्रे गरियो । जुन केन्द्रीय , प्रदेश र नगरपालिकाको बजेटमा निर्माण गरिएको हो । एक वडा एक पक्की सडकको अवधारणा अनुरुप कार्य गरियो । प्रत्येक टोल, भिरालो, उकालो, मोडमा ढलान र सडक कालोपत्रे गरियो । पक्की नाला बनाएका छौं । पाँचखाल नगरपालिकाको १३ वटै वडामा चक्रपथको अवधारणा अनुरुप ट्रयाक खोली स्तरउन्नती सहित ग्रावेल गर्ने कार्यलाई निरन्तरता दिइएको छ । दोश्रो कार्यकालमा हालसम्म १२ किमी सडक कालोपत्रेगर्ने कार्य भएको छ । पाँचखाल वडा नं ४ मा कर्वड हल निर्माण भएको छ । सुनकोशी खानेपानी आयोजना सम्पन्नताको तयारीमा छ । जसले पाँचखाल नगरवासीले एकघर एक धाराबाट शुद्ध पिउने पानी उपयोग गर्न पाउने छन् । आर्थिक रुपान्तरणका लागि सेजको कार्यक्रम अघि बढेको छ । हरित महिला उद्यमी विकासले युवा वर्गलाई रोजगारीको श्रृजना गर्नेछ । मदन भण्डारी विश्व विद्यालय, कृषि विश्व विद्यालय जस्ता राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न केन्द्र र प्रदेश सरकारलाई हामीले झकझकाउने कार्य गरेका छौं । त्यसको साथ साथै अरु पालिका जोड्ने सडकहरु व्यवस्थित गर्ने, सडक सञ्जालको मापदण्ड समेत बनाईसकेका छौं ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्