IMG-LOGO

सुन तस्करीमा       पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ  

 मंगल, चैत ६, २०८०  ---

        प्रधानमन्त्री प्रचण्ड साच्चिकै साहसिक नेता हुन उनले आफ्नालाई पनि छोडदैनन भन्ने कुरा सुन तस्करी छानबिन आयोगले दोषी ठह¥याएका कसैलाई पनि नछाड्नु भनेर गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिए पश्चात् सोमबार पुर्व मन्त्री एबम प्रचण्ड निकट माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्  ।

        सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पु¥याइएको छ । उनलाई हिजो बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

        महरालाई सोमबार बिहान कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

महरा नर्भिक अस्पतालको इमरजेन्सीमा

        सून तस्करी प्रकरणको अनुशन्धानका लागि पक्राउ परेका पूर्व सभामुख समेत रहेका कृष्ण बहादुर महरालाई नर्भिक अस्पतालमा लगिएको छ । स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउनेगरी काठमाण्डौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथली नर्भिक अस्पताल लगिएको हो । सोमबार काठमाण्डौं जिल्लाका न्यायाधिश दुर्गाप्रसाद खनालको इजलासको सुनवाई भएपछि महरालार्ई ४ दिन थुनामा राख्ने म्याद दिइएको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्