IMG-LOGO

सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले लोकप्रियता ल्यायो

 मंगल, असार २३, २०७७  - रमेश प्रसाद न्यौपाने

नेपाल सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले लोकप्रियता कमाएको छ । स्वास्थ्यको पँहुच सबै नागरिकमा पु¥याउने उदेश्यले गराएको स्वास्थ्य बीमा कार्यक्रमले नागरिकहरु लाभान्भित भएका छन् । जेष्ठ नागरिक अपाङग र विपन्न बर्गको लागि बीमा गर्न निःशुल्क गरिएको छ । दिर्घरोगी र रोगवाट ग्रसित नागरिकहरु बढि लाभान्वित भएका छन् । धुलिखेल नगरपालिका ८ का ६७ बर्षिय यदुप्रसाद न्यौपानेले ८ जनाको परिवारको बीमा गर्नुभयो । आफू विरामी पर्दा अस्पताल भर्ना भएर उपचार गर्नुपर्दा १ लाख सम्म रकमको बीमा सुविधा लिन पाउँदा निक्कै हर्षित भएको बताउनुभयो । ५ जना परिवार सम्म १ लाख र त्यो भन्दा बेशी भए प्रति थप सदस्य २० हजार सुविधिा थपिदै २ लाख सम्मको बीमा सुविधा लिन सकिने व्यवस्था छ । ५ जनाको परिवारको ३ हजार ५ सय सो भन्दा बढि भएमा प्रति सदस्य ७ सयका दरले थप रकम तिरेर बीमा गर्न सकिने छ । स्वास्थ्य बीमा बोर्ड काभ्रेको कार्यालय प्रमुख मुना निरौलाका अनुसार बीमा कार्यक्रम जुनसुकै समयमा बन्न सकिने तर सेवा प्राप्त भने तोकिएको समय सम्ममा कुर्नुपर्ने बताउनुभयो । बैशाख जेठ असार सदस्य दर्ता गरे भाद्र १ गते बाट सेवा क्रियाशिल हुने छ । त्यस्तै श्रावण भाद्र र असोज महिनामा सदस्यता लिए मंसिरमा कार्तिक मंसिर र पुषमा सदस्यता दर्ता गरे फागुणदेखि त्यस्तै माघ। फागुण र चैत्रमा सदस्यता दर्ता गर्ने विमितले जेठ १ गतेबाट बीमा सेवा सुविधा लिन पाउने व्यवस्था छ । स्वास्थय बीमा बोर्ड काभ्रेको बार्यालय प्रमुख मुना निरौलाले ग्रामिण भेगका पालिकाहरुमा स्वास्थयबीमा कार्यक्रम सञ्चालनमा कठिनाई भएको बताउनुभयो । स्थानीय नागरिकहरुमा बीमा किन गर्नुपर्छ भन्ने चेतना फैलाउन स्थानीय पालिकाहरुले सघाउनुपर्ने धारणा राख्नुभयो । काभ्रेको १३ स्थानीय पालिकाका ३४ हजार ९ सय ३७ जनाले बीमा गरेका छन् । धुलिखेल नगरपालिका ७ हजार ९ सय ५६, बनेपा नगरपालिका ६ हजार ८ सय २५, पाँचखाल नगरपालिकामा ४ हजार ३ सय २३, पनौती नगरपालिकामा ३ हजार ८ सय ५९, नमोबुद्ध नगरपालिकामा १ हजार ७ सय ८६, भुम्लु गाउँपालिकामा १ हजार ३ सय २७, रोशी गाउँपालिका १ हजार ८५, बेथानचोक गाउँपालिकामा ७ सय ७६, चौरी देउराली गाउँपालिकाका ५ सय ९२, तेमाल गाउँपालिका ५ सय ७९, महाभारत गाउँपालिकामा ३ सय ५६, खानीखोला गाउँपालिकामा २ सय ३६ जनाले बीमा गरेका छन् । काभ्रेमा ९ हजार ५ सय २४ घर परिवारले स्वास्थय बीमा गरेका छन् । महिला १८ हजार ९६ र पुरुष १६ हजार ८ सय ४१ जना गरी कुल ३४ हजार ९ सय ३७ जनाले बीमा गरेको स्वास्थय बीमा बोर्डले जनाएको छ । महिला स्वास्थय स्वंयमसेविका २ सय १७ परिवार, २ हजार ४ सय २१ जेष्ठनागरिक, २ सय ३५ पूर्ण

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्