IMG-LOGO

मुलुकको आवश्कता, विकास र आर्थिक समृद्धि ः राष्ट्रपति पौडेल

 मंगल, फागुन ८, २०८०  ---

 

वृहत काभे्र कृषि महोत्सवलार्य सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अवश्यकता भनेको विकास र समृद्धि शान्ति र अमन चयन भएको  बताउनुभयो । वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशमै उत्पादन र रोजगारी श्रृजना गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयोे । “गरीबीको रेखाभित्र रहेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलको कथन थियो ।

    निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उहाँले स्पष्ट पार्नुभयो । “मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले थप प्रष्ट पार्दै भन्नुभयो ।  

    उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । “बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर  अघि बढ्नुपर्ने उहाँको तर्क थियो ।

    काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूणर् क्षेत्र हो भन्दै उहाँले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूणर् योगदान दिने बताउनुभयोे । “विविधे हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकार्डोजस्ता ‘हाई भ्यालु फ्रुट’को विकासमा जोड दिनु पर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्धत पुग्ने उहाँले बताउनुभयो ।

    बागमती प्रदेश मुख्य मन्त्री शालिकराम जमकट्टेल, पूर्वप्रधानमन्त्री एवं संघीय सांसद गोकुल बास्कोटा, बागमती प्रदेश सांसद, स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिाक उपप्रमुख रिमबहादुर तामाङ सहित बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, सामाजिक संघ सस्था, करुणा मार्ग टोल सुधार समिति र सञ्चार माध्यमले महोत्सव सफल बनाउन महत्वपूणर् भूमिका निर्वाह गरेकोमा विशेष धन्यवाद दिँदै जिल्ला समन्वय समिति काभे्रका प्रमुख एवं महोत्सव आयोजक समितिका संयोजक दिपक गौतमले जिल्लाका १३ पािलका, जिल्लास्थित सबै सरकारी कार्यालयहरुले कृषकहरुको वृहत्तर हितमा कार्य गर्नुभएकोमा आपूm हर्षविभोर भएको बताउनुभयो । महोत्सवले कृषि उपजको बजारीकरण, विज्ञहरुले कृषकलाई दिएको प्रविधि र विकासको सवालले कृषि क्षेत्रको उन्नती प्रगतीमा कोशे ढुङ्गा सावित हुने कुरा जिल्ला समन्वय प्रमुख गौतमले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्