लामो समय पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गरेका ८३ वर्षीय विश्वनाथ सिन्हा अहिले आफ्नो ‘जीवनभरिको’ कमाइ उठाउन कहिले प्रहरी त कहिले अदालत धाइरहेका छन् । उनका अनुसार उनी आफैँले पढाएका इच्छाराज तामाङ सहितका इन्जिनियरिङका विद्यार्थीहरू समेत सञ्चालक भएर स्थापना गरेको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाले पाँच वर्षदेखि जम्मा गरेको उनको एक करोड १९ लाख रुपैयाँ फिर्ता दिएको छैन । पूर्व सांसदसमेत रहेका तामाङलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा यसैसाता विशेष अदालतले दोषी ठहर गरे पनि उनी संलग्न सहकारीबाट आफ्नो बचत फिर्ता नपाएका एक हजारभन्दा बढी सर्वसाधारण आफूहरूले अझै न्याय नपाएको बताउँछन् । “धेरैजसो पुल्चोक इन्जिनिअरिङ क्याम्पसका विद्यार्थीहरू नै गएर सुरु गरेको हो। उनीहरूले पैसा राख्दा केही हुँदैन भनेर मैले मेरो जिन्दगीभरिको कमाइ राखेँ,” उनले भने । एक वर्षे मुद्दती बचतमा पैसा राखेका सिन्हाले हरेक वर्ष बचतको अवधि एक वर्षका लागि थप गर्दै आएका थिए ।सिभिल सहकारीको बचत अपचलन भएको समाचारमा एक दिन आँखा परेपछि सिन्हा सहकारीको कार्यालय पुगे । “त्यो बेला हामी दिन्छौँ भने। तर सीआईबी प्रहरी (केन्द्रीय अनुसन्धान ब्यूरो)ले उनलाई समाएर लगेपछि फेरि त्यत्तिकै भयो ।
“अहिले पैसा दिँदैन, बुढेसकालमा अब के गर्ने हो ।”
सिन्हा सर्वसाधारणको बचत फिर्ता गर्न नसकेका देशभरिका कम्तीमा ५०० वटा सहकारी संस्थाबाट आफ्नो पैसा फिर्ता लिन सङ्घर्ष गरिरहेका हजारौँ बचतकर्ताहरूमध्ये एक मात्रै पात्र हुन् । सहकारीबाट आफ्नो पैसा फिर्ता लिन सङ्घर्ष गरिरहेका बचतकर्ताहरूको सघर्ष समितिका अनुसार देशका विभिन्न सहकारी संस्थामा आफ्नो बचत फसेका सर्वसाधारणहरूको सङका हजारौं छ ।
‘ऋण लिएको १० लाख सहकारीमा फसेपछि माइती जान पाएकी छैन’
काठमाण्डूको बसुन्धरा क्षेत्रमा ठेलागाडामा चटपटे बेच्दै आएकी शोभा सिग्देल सहकारीले बचत फिर्ता नदिएका कारण परिवार र माइतीसँग समेत आफ्नो सम्बन्ध टुटेको बताउँछिन् । “बाटोमा धूलोमूलोमा कति बसिरहने भनेर दूध डेरी खोल्ने भनेर मैले सयकडा तीन भन्छ, तीन रुपियाँ ब्याजमा लिएँ,” उनले सुनाइन् । सिग्देलले दुई पटक गरेर १० लाख ऋण लिए लगत्तै कोरोना महामारीका कारण लकडाउन भयो । उनलाई सहकारीमा बचत सङ्कलन गर्न आउने एक जना कर्मचारीले आफूले पनि श्रीमान्को कमाइ समेत त्यही सहकारीमा राखेको र सहकारीमा राख्दा राम्रो ब्याज आउने बताएकी थिइन् । मन्दीको समयमा ठाउँ भाडामा लिएर नयाँ व्यवसाय सुरू गर्नुभन्दा सहकारीमै पैसा राख्दा उचित हुने ठानेर आफूले ऋण लिएको सबै पैसा सहकारीमा राखेको उनको दाबी छ । उनले एक वर्षका लागि राखेको मुद्दती परिपक्व भएपछि पैसा लिन जाँदा सहकारी सञ्चालकले देशमा चुनाव भएका कारण पैसा उठ्न नसकेको भन्दै उनलाई पैसा दिने भाखा सार्दै गए । तर उनीजस्तै धेरै बचतकर्ताहरूको पैसा फिर्ता नगरेको उजुरी परेपछि उत्तम सहकारीका सञ्चालकहरू सम्पर्कविहीन भए । “समय दिनुहोस् हामीले राखेको पैसा इमानदारीसाथ फिर्ता गर्छौँ भनेर मेरो पसलमै आएर हात जोड्नुभयो। पछि त उहाँहरू भागिसक्नुभएछ,” उनले भनिन् । प्रहरीले गत वर्ष चैतमा उक्त सहकारीको व्यवस्थापनमा रहेका दुई जनालाई पक्राउ गरेको जनाएको थियो। तर सिग्देल आफूले धाएको दुई वर्ष पुग्न लाग्दा पनि आफ्नो पैसा फिर्ता नपाएको बताउँछिन् । “व्यवहार बिग्रिएपछि मेरो श्रीमान्सँग पनि सम्बन्ध विच्छेद भयो माइत पनि जान पाएकी छैन,” उनले भनिन् । उक्त सहकारीका सञ्चालक समितिका सञ्चालकहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले यसअघि जनाएको थियो ।
यसअघि सरकारले सहकारी समस्या समाधानका लागि गठन गरेको कार्यदलले सहकारीको बचत अपचलन गरेको देखिएका जोसुकैको राहदानी रोक्का गर्न, एकाघरका सञ्चालक, व्यवस्थापन र लेखा हेर्ने व्यक्ति रहेको भए तीन महिनाभित्र हट्न, एकै व्यक्ति र परिवारभित्र कुल पुँजीको १० प्रतिशतभन्दा धेरै कर्जा प्रवाह भएको भए छ महिनाभित्र व्यवस्थापन गरिसक्न लगायतका सुझाव दिएको थियो । “समस्याग्रस्त घोषणा गर्नुअघि चल अचल सम्पत्ति र राहदानी रोक्का गर्ने कदम चाल्ने हो भने दुरुपयोग कम हुनसक्छ । अर्को नियमनकारी निकायलाई पनि सक्रिय बनाउनुपर्छ,” दाहाल भन्छन् । नेपालमा कुनै समय ‘गाउँ गाउँमा सहकारी’ नारासहित प्रवर्द्धन गरिएका सहकारीहरूमा देखिएको बेथिति रोक्न राज्यले सहकारीहरूको नियमन र वर्गीकरण कसिलो बनाउनुपर्ने देखिएको दाहालको दाबी छ ।
विविसी नेपाली सेवाबाट
स्थानीय तह र अदालतमा उजुरीको खातै खात
पछिल्लो समय देशमा आर्थिक संकुचन, राजनितिक बेथिति, र दण्डहिनताको कारण दिनप्रतिदिन मुलुकमा संकट देखा पर्दै छ । जुन सरकार आएपनि कानै चिरेको भनेझैं सनालाई ऐन, ठूलालाई चैन भइरहेको छिपेको छैन । सहकारी ठगी प्रकरणमा राज्य निरही बन्दा नागरिकहरुले खाइ नखाइ बचत गरेको करोडौं रकम जोखिममा पर्दा केन्द्र प्रदेश र स्थानीय निकायका सरकार मुकदर्शक बनिरहेका छन् । सहकारी ठगी गर्ने नागरिकहरुको जम्मा गरेको पैसा फिर्ता नदिनेहरु नै सान र ठाँटका साथ हिडिरहेका छन् । काभे्र जिल्लामासहकारी पिडितहरु जिल्लाका स्थिानिय पालिका, प्रहरी कार्यालय र अदालतमा उजुरीको चाङले खातनै भरिएको छ । बनेपाको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक कुमार गौतम, त्यसैगरी सत्कार साकोसका अध्यक्ष कैलाश पलाञ्चोकेले सहकारीको रकम हिनामिना गरेको भन्दै बचत कर्ताहरुले रकम ठगी गरेको भन्दै जिल्ला अदालतमा मुद्धा दायर भएको छ । गरुड साकोसका अध्यक्ष बासुदेव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युएम साकोस , कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि, मुकुल, युनिटि र स्वर्णीम सकोसले बचतकर्ताको रकम फिर्ता गर्न नसकी प्रबन्धक र अध्यक्ष विनायक, अरुण, एसियन स्टारको क्यापिटल नै बन्द छन् । मालाश्री साकोसको सञ्चालकहरुको अत्तो पत्तो छैन । पुण्यश्वर बचतका ३१ जना बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । त्यसैगरी बनेपा नगरपालिकामा दैनिक जसो सहकारी पिडितहरु दर्जनौंको रुपमा उजुरी दर्ता गर्न आएका जनाइएको छ, सुनुवाइ नभएकोप्रति पिडितहरु भने थप आक्रोसित भएका छन् ।
