IMG-LOGO

रुसी सेनामा नेपाली आत्मघाती बाटोमा नेपाली युवाहरू 

 मंगल, माघ ९, २०८०  ---

      काम माम र परिवारको भविस्यका लागि नेपाली युवा रुसी सेनामा  भर्ना  भएर आत्मघाती बाटो रोजेका  छन् । ९ महिना हिउँ हुने देश, न भाषा मिल्ने न यसअघि कोही त्यो देशको सेनामा भर्ना भएको होस् । कुनै पनि सुझबुझ र अध्ययन बिना नेपाली युवा दलालको भरमा मर्ने  बाटोमा लामवद्द हुँदा सरकार रमिते बनिरहेको  छ । 

      एक वर्षको सम्झौता पूरा भएपछि रुसी नागकिता, पासपोर्ट र परिवार नै रुस लैजान पाउने भन्दै धेरै युवा आकर्षित भएका छन् ।  तर, हाल रुसी सेनामा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औंल्याएका छन् । नेपाली नागरिक गैरकानुनी वा सुरक्षा जोखिम हुँदाहुँदै अन्य देशको सैन्य बलमा भर्ती हुनु नेपालमा व्याप्त बेरोजगारीसँग सम्बन्धित भएको विभागका अधिकारीले बताए। ‘जुन देशमा भए पनि सेनालाई युद्धकै लागि तयार गरिन्छ । तर उनीहरूले युद्ध मैदानको जोखिमभन्दा बढी आम्दानी हेर्नुपर्ने स्थिति छ । किनकि नेपालमा एउटा व्यक्तिले कमाएर आफ्नो मात्र होइन, पूरै परिवार पनि पाल्नु पर्ने हुन्छ,’ एक अधिकारी भने । पढाइ वा भ्रमण जुनसुकै बहानामा विदेश जाने नेपालीको उद्देश्य काम र कमाइ भएको देखिन्छ । रुसी सेनामा भर्ती हुँदा केही वर्षमा कमाइने रकम केही महिनामै पाउने भएकाले पनि त्यसतर्फ आकर्षित भएका हुनसक्ने अनुमान विज्ञहरूको छ ।

मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली

      वैदेशिक रोजगारीका आकांक्षी नेपालीले रुस-युक्रेन युद्धलाई समेत उपयोग गर्दा आफूलाई जोखिममा पारेका छन् । चालु आवमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० बीच सात सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन् । चालु आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ । पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी गत वैशाखदेखि कात्तिकसम्ममा पुगेको छ । यसबीच श्रम स्वीकृत लिएर पाँच सय ३३ जना रुस पुगेका हुन् । अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन् ।

      रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस-युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए । युद्ध सुरु भएपछि झन् धेरै रुस जाने क्रम बढेको छ। विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो । वैदेशिक रोगजार विभागको तथ्यांकअनुसार यो वर्ष वैशाखमा १७ जनाले मात्रै रुसमा काम गर्न श्रमस्वीकृति लिएका थिए। तर त्यो संख्या जेठमा आइपुग्दा ह्वात्तै बढेर एक सय ७९ पुगेको देखिन्छ। जेठको सुरुमा रुसी राष्ट्रपतिले त्यहाँको सेनामा एक वर्ष काम गर्ने विदेशी नागरिकलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति दिने योजना ल्याएको विवरण प्रकाशित भएको थियो। त्यसपछि जेठमा एक सय ७९ जना नेपाली नागरिक रुस गएको देखिन्छ । साथै असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना रहेका छन् ।

      त्यस्तै २०७८ फागुन १२ देखि रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भयो भने एक जना नेपाली युवा युक्रेनमा बन्धक छन्। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ । यसरी वैदेशिक रोजगारीमा खट्किएका नेपाली युवा रुसी सेनामा भर्ना हुन् लालायित रहेको र राज्यले युवालाई भरपर्दो रोजगारी दिन नसक्दा यस्ता समस्या आइरहेको अधकारीहरू बताउँछन् । ‘नेपाली युवालाई भारत र युएईको बाटो हुँदै रुस पुग्ने गरेका छन् । उनीहरूलाई सेनामै लगिएको भन्ने देखिँदैन तर जानेहरूलाई सेनामै जाँदै छु भन्ने जानकारी भएकै हुन्छ,’ एक सरकारी अधिकारीले भने । 

      देशमा रोजगार नपाएका युवा विदेशी सेनामा पाए पनि जान नेपाली तयार छन्। त्यति मात्र होइन, देशमा जस्तोसुकै काम भए पनि छोडेर जाने प्रवृत्ति देखिएको छ। ‘नेपाली भन्नेबित्तिकै वीर गोर्खाली भनेर संसारभर परिचय छ। सेनामा नेपाली युवालाई भर्ना लिने कारण यो पनि हो,’ उनले भने, ‘आँटिलो र साहसी नेपाली भएकैले सेनामा भर्ती लिने गरेको हो। रुसी सेनामै भर्ती हुने नेपाली युवालाई ३ लाखभन्दा बढी रूपैयाँ मासिक तलब हुने खुल्न आएको अधिकारीले बताए ।

      वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीलेका अनुसार विभागको तथ्यांकअनुसार सबैजना रुसी सेनामा गएको भन्न त मिल्दैन । तर, त्यहाँको सेनामा जाने धेरैजसो नेपालीहरू नेपालबाहिरैबाट प्रक्रिया मिलाएर रुस गएको देखिन्छ । नेपालबाट सिधै रुस गएर त्यहाँको सेनामा भर्ती हुनेभन्दा पनि पहिले अरू देश जाने अनि उतैबाट रुस पुग्ने गरेको हाम्रो आकलन छ । युद्ध सुरु भएपछि रुसले एक वर्ष सेवा गर्ने सेनालाई आफ्नो नागरिकता नै दिने घोषणा गरेको छ। त्यति मात्र नभएर आकर्षक सुविधा दिलाउने वाचा गरेको पनि अधिकारी बताउँछन् । साथै बीचैमा सम्झौता तोडेर सेना छाड्न चाहने युवालाई भने उल्टै रकम उठाउनेजस्ता कडा सर्तहरू पनि समावेश छन् । 

तीन लाखबढी रूपैयाँ तलब 

      एक वर्षको सम्झौता पूरा भएपछि रुसी नागकिता, पासपोर्ट र परिवार नै रुस लैजान पाउने भन्दै धेरै युवा आकर्षित भएका छन् । तर, हाल रुसी सेनामा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औंल्याएका छन् । नेपाली नागरिक गैरकानुनी वा सुरक्षा जोखिम हुँदाहुँदै अन्य देशको सैन्य बलमा भर्ती हुनु नेपालमा व्याप्त बेरोजगारीसँग सम्बन्धित भएको विभागका अधिकारीले बताए । ‘जुन देशमा भए पनि सेनालाई युद्धकै लागि तयार गरिन्छ । तर उनीहरूले युद्ध मैदानको जोखिमभन्दा बढी आम्दानी हेर्नुपर्ने स्थिति छ । किनकि नेपालमा एउटा व्यक्तिले कमाएर आफ्नो मात्र होइन, पूरै परिवार पनि पाल्नु पर्ने हुन्छ,’ एक अधिकारी भने ।पढाइ वा भ्रमण जुनसुकै बहानामा विदेश जाने नेपालीको उद्देश्य काम र कमाइ भएको देखिन्छ। रुसी सेनामा भर्ती हुँदा केही वर्षमा कमाइने रकम केही महिनामै पाउने भएकाले पनि त्यसतर्फ आकर्षित भएका हुनसक्ने अनुमान विज्ञहरूको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्