भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान भेटियो छिमेकी मुलुक भारतमा पछिल्लो समय फैलिएको कोरोना संक्रमणको नयाँ भेरिएन्ट ‘जेएन पोइन्ट वान नेपालमा अहिलेसम्म पुष्टि नभएको छैन । तर नेपाल र भारत विच भएको खुल्ला सिमा नाकाका कारण नयाँ भेरिएन्ट नेपाल प्रवेश गर्न सक्ने जोखिम भएकाले अहिले जनस्वस्थ्य प्रयोगशलाले जिन सिक्वेन्सिङ्गको कामलाई तिव्रता दिएको छ । सन् २०१९ मा पहिलो पटक देखापरेको कोभिड नाइन्टीन संक्रमणको नयाँ भेरिएन्ट अर्थात नयाँ प्रजाती देखिने क्रम अहिले पनि जारी छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ नयाँ भेरिएन्ट देखिएसंगै छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रममा छ । भारतमा कोरोना संक्रमण ह्वातै बढ्नुको कारणमा हाल देखिएको जेएन पोइन्ट वान कारक मानिएको छ । यसरी भारतमा कोरोना संक्रमण बढ्न थालेसंगै नेपालमा पनि जोखिम बढाएको छ । साथै भारतमा समेत देखिएको कोरोनाको नयाँ भेरिएन्ट नेपाल प्रवेश गर्ने जोखिम बढेकाले विभिन्न सिमानामा कोरोना पोजेटिभ देखिएकाहरुको स्यामपल ल्याएर जिन सिक्वेन्सिङ्गको काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले अहिले गरिरहेको छ । प्रयोगशालाले पछिल्लो समय गरेको १२ वटा स्यामपलको जिन सिक्वेन्सिङ्गकका क्रममा कोरोना भाइरसको पुरानै भेरिएन्ट ओमिक्रोनका विभिन्न उपप्रजाती मात्र पुष्टि भएको प्रयोगशलाको भनाई छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडीका अनुसार अहिले सम्म नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएको छैन । तर नेपालमा पनि नयाँ प्रजाति प्रवेश गर्ने जोखिम बढेकाले जोखिम सिमानाकाका स्यामपल ल्याएर परिक्षण तथा जिन सिक्वेन्सिङ्गको कामको तयारी भइरहको प्रयोगशालको भनाई छ । प्रयोगशालामा हाल जिन सिक्वेन्सिङ्गकका लागि दुई वटा मेसिन रहेका छन् । जिन सिक्वेन्सिङ्ग पिसीसार प्रविधि भन्दा फरक र यसमा भाइरसको प्रजाति पत्ता लगाउन गरिने एक प्रक्रिया हो । जुन गर्न समय अवधि पनि बढि लाग्ने गर्दछ ।
