IMG-LOGO

सुन तस्करले बाटो फेर्दै, विमानस्थल छोडेर उत्तरी नाका

 मंगल, असोज १६, २०८०  ---

 

     वैकल्पिक मार्गबाट आएको ८ किलो सुन बरामद भएपछि तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेको प्रहरीको  निष्कर्ष छ ।  प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको हो । प्रहरीले दोलखामा गएको हप्ता ७ किलो सुन बरामद गरेको छ । दुई पटक गरेर ल्याइएको सुन एकपटक ३ किलो र एकपटक ४ किलो बरामद भएको थियो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ । रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सिआइबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए । विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएकोे पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा पनि निगरानी बढाइएको कडायतले बताए । यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै हुँदा भन्सारका कर्मचारीकै मिलेमतो समेत पाइएको थियो । अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप)मा हालेर समेत नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो । सिआइबीले ती घटनाका विषमया पुरक अनुसन्धान जारी राखेको छ । पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरि रहेका बेला पछिल्ला केही घटना क्रमले भने तस्करले विमानस्थल भन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्