IMG-LOGO

ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेश यस्तो

 मंगल, भदौ २६, २०८०  ---

     काठमाडौँ जिल्ला अदालतले साविक मुलुकी ऐन, २०२० किर्ते कागजको नम्बर १ र २ ले परिभाषित कसूर प्रतिवादीहरुले गरेको भनि मागदाबी लिएको पाइएकाले ललिता निवास जग्गा घोटाला प्रकरणमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम प्रतिवादीहरुलाई थुनामा पठाउन नमिल्ने ठहर गरेको छ । प्रतिवादीहरुलाई बिगो बापतको निकै ठुलो रकम मूल्यांकन गरी जग्गा फिर्ता गरी क्षतिपूर्ति समेत दिलाउन माग गरिएको विषयमा विचार गर्दा वादीवादी बीचको जग्गाहरु मुद्दाको अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोले मालमोत कार्यालय डिल्लीबजारमा पत्राचार गरेर रोक्का भइसकेको अवस्थामा जग्गा फिर्ता गर्ने प्रयोजनका लागि पछि ठहर बमोजिम नै हुने भएकाले त्यसतर्फ विचार गर्नुनपरेको अदालतको आदेशमा उल्लेख छ ।

     विभिन्न मितिका मन्त्रीपरिषदका निर्णयहरु, प्रतिवादीहरुले अनुसन्धानको क्रममा तथा यस अदालतमा गरेको बयान, मौकामा बुझिएका मुकुन्द प्रसाद पन्त, युवराज कोइराला, नवराज सुवेदी समेतले घटना विवरण कागज समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरुबाट प्रतिवादीहरु अहिले नै निर्दोष रहेछन् भन्ने अवस्था नदेखिएको अदालतको ठहर छ ।  तर, ठूलो रकम धरौटी माग गरिएमा अभियुक्त सो धरौटी राख्न नसकी थुनामा नै जानु पर्ने अवस्था नहोस् भनि धरौटी वा जमानत माग गर्नुपर्ने देखिन आएको अदालतको आदेशमा उल्लेख गरेको छ ।

     काठमाण्डौ अदालतका अनुसार यी प्रतिवादीहरुको कसूरमा संलग्नता समेतलाई विचार गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ को समेत आधार लिई सोही दफा ६८ बमोजिम प्रतिवादीहरुलाई हुन सक्ने सजाय समेतलाई आधारमानी के कति धरौटी वा दफा ६९ नम्बर बमोजिम तारेखमा राखी कारवाही गरिनु पर्ने हो भन्ने सम्बन्धमा अपराधको प्रकृति, माग गरेको अंक र मात्रालाई मात्र आधार मानी आरोपित व्यक्ति वा कसूरको समग्र हैसियत भन्दा बढी अंक तोकी धरौटी वा जमानत मागे त्यसबाट ऐनले थुनामा नै बसी पूर्पक्ष गर्नु पर्ने अवस्था पर्दछ र धरौटी वा जमानतको व्यवस्था प्रयोजन हिन हुनुको साथै कानूनको विधायकी मनसाय र न्यायको मान्य सिद्धान्तको विपरित हुन जान्छ । कसूरदारको हैसियत अर्थात् उसको पारिवारिक स्थिति र आर्थिक अवस्थाले नभ्याउने प्रकृतिको धरौटी अंक तोक्नु धरौटी वा जमानत माग गर्न इन्कार गरे सरह हुन जान्छ र परिणाममा प्रतिवादीहरुलाई थुनामा राख्न आदेश गरे सरह हुन पुग्दछ । धरौटी वा जमानत माग्नुको अर्थ अदालतले खोजेको वखत निजको उपस्थिति पाउनु हो ।

     त्यसकारण तारेख गुजारी बसेमा धरौटी जफत हुने गरी कानूनले व्यवस्था गरेको छ । हाम्रो विद्यमान कानूनी व्यवस्था र प्रतिवादीहरुको आर्थिक अवस्था, उमेर, शारीरिक स्थिति, कसूरमा साबिती, निजहरुउपरको अभियोगदावी समेतका आधारमा हुन सक्ने सजाय लगायतको विषयलाई बिचार गरी मनासिव रकमसम्म धरौटी वा जमानत माग्नु न्यायोचित हुन जान्छ । यदि ठूलो रकम धरौटी माग गरिएमा अभियुक्त सो धरौटी राख्न नसकी थुनामा नै जानु पर्ने अवस्था नहोस् भनि धरौटी वा जमानत माग गर्नुपर्ने देखिन आयो ।’ अदालतले आइतबार हाल थुनामा रहेका १८ अभियुक्तलाई रिहा गर्न आदेश दिएको थियो । जसमा १८ जनासँग धरौटी माग हुँदा १ जना साधारण तारेखमा रिहा गर्न अदालतले आदेश गरेको छ ।

 

को सँग कति धरौटी माग ?

           जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । मीन बहादुर गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । केशव तुलाधर साधारण तारेखमा रिहा, शिवजी भट्ट–३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार, कलाधर देउजा –१५ लाख, घमन कुमार कार्की– ७ लाख ५० हजार गोपाल कार्की –७ लाख ५० हजार, विनोद पौडेल– १५ लाख, योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार, बाबुराजा महर्जन– १ लख १० हजार, देवनारायण महर्जन – १ लाख १० हजार, सकलानन्द महर्जन– १ लाख १० हजार, सञ्जय कुमार महर्जन– १ लाख १० हजार र लोकरि घिमिरे –७ लाख ५० हजार अदालतले धरौटी माग गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्