IMG-LOGO

नागरिक, प्रशासन बीचको समन्वयबाट शान्ति र अमन चयन प्रजिअ ः शर्मा

 मंगल, भदौ १९, २०८०  ---

 

                   नागरिक र प्रहरी प्रशासन बीचको समन्वयबाट शान्ति र अमन चयन कायम हुने कुरा जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रे टाइम्सलाई बताउनु भयो । काभ्रे जिल्लाका नागरिकहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताउदै प्रजिअ शर्माले भन्नुभयो शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न, अपराध जन्य क्रिया कलाप नियन्त्रण गर्न, आम नागरिक, व्यवसायी, संघ संस्था, सञ्चारकर्मी सबैको समन्वय र सहकार्यबाट सम्भव हुने बताउनुभयो । हेलो सरकारको सञ्चालनको औचित्य भनेको जनताका गुनासाहरु सम्बोधन गर्ने, सरकारका सम्बन्धित निकायहरुले प्रवाह गर्ने सेवाहरु छिटो छरितो गर्ने जनताका विकासका चाहानाहरु औचित्यको आधारमा नियमानुसार कार्यान्वयन गर्दै विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याउने हो । प्रजिअ शर्माले भन्नुभयो । प्रजिअ शर्मा जिल्लामा हिजो मात्र हाजिर हुुनुभएको हो । यस अघिका प्रजिअ पुण्य विक्रम पौडेल सरुवा भई धनकुटा जानु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्