आन्तरिक राजश्व कार्यालय धुलिखेलले आ. व. ०७८/०७९ मा ३ अर्ब ६७ करोड ५ लाख ३७ हजार ३० राजश्व संकलन गरेको छ। आ.व.०७८/०७९ राजश्व संकलन ४ अर्ब २५ करोड ७२ लाख २८ हजार लक्ष्य लिएको भए पनि ५ ८ करोड ६६ लाख ९१ हजार ८ सय ४० रकम लक्ष्यमा अपुग भएको छ । आयकर ९क्ष्त्० तर्फ २ अर्ब २१ करोड २१ लाख ७२ हजार ९ सय ६० लक्ष्य लिइएकोमा २ अर्ब १८ करोड ८६ लाख ५३ हजार ८० राजश्व संकलन भएको छ । त्यस्तै गरी मुल्य अभिवृद्धि कर ९ख्ब्त्० मा १ अर्ब ५२ करोड २७ लाख ७१ हजार २ सय १० लक्ष्य लिइएको मा १ अर्ब ३ करोड ५१ लाख ७० हजार २ सय ९० राजश्व संकलन गरेको छ । अन्तःशुल्क (भ्हअष्कभ म्गतथ) तर्फ ५२ करोड ३ लाख ६० हजार ३ सय लक्ष्य लिइएकोमा ४४ करोड ६६ लाख ६७ हजार ६ सय ६० मात्र राजश्व संकलन गरेको छ । अन्तशुल्क पनि लक्ष्य अनुसार प्रगति भएको छैन । आन्तरीक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमल बहादुर राजलवटलाई आ.व. ०७८/०७९ मा कार्यालयले लक्ष्य लिए अनुसारको राजश्व संकलन किन हुन सकेन भन्ने जिज्ञासा राख्दा उहाँले यस्तो प्रतिक्रिया दिनुभयो । आन्तरिक राजश्व विभागले लक्ष्य निर्धारण गर्दा २० प्रतिशत मात्र थप गर्नु पर्नेमा जवरजस्ती ४५ प्रतिशत लक्ष्यमा थप गरी दिएकोले लक्ष्य अनुसार प्रगति नभएको वताउनु भयो । न्यूनतम मापदण्ड लक्ष्यमा २० प्रतिशत थप हुनु पर्नेमा व्यवस्था छ । यदि हुँदा हुँदै पनि पनि काभ्रे जिल्लाको राजश्वमा ५ प्रतिशत भने वृद्धि गरेको कुरा आन्तरीक राजश्व कार्यालय प्रमुख कमल बहादुर राजलवटले काभ्रे टाइम्सलाई बताउनु भयो। आ.व. ०७७ / ०७८ मा भने वार्षिक राजश्व संकलन २ अर्ब ९३ करोड ४३ लाख २९ हजार लक्ष्य लिइएकोमा ३ अर्ब ९६ करोड १ लाख २४ हजार संकलन गरेको थियो । जुन लक्ष्य भन्दा १ अर्ब ३५ करोड अर्थात् ३५ प्रतिशत बेसी प्रगति भएको थियो ।
आ.व. ०७८/०७९ पर्सनल पान नंम्बर लिने कुल संख्या ४५ हजार ५ सय १५, त्यस्तै गरी डब्लु पान नम्बर लिनेको संख्या १ हजार ५२ रहेको आन्तरीक राज्श्व कार्यालय धुलिखेलका कर अधिकृत एवं सूचना अधिकारी विश्वनाथ राइले जानकारी दिनुभयो । आ.व. ०७८/०७९ सम्ममा कुल करदाता संख्या भने ९० हजार ७ सय ५१ रहेको छ । आ.व. ०७७/०७८ मा भने व्यक्तिगत पान नम्बर लिने ३७ हजार ८ सय ९३, डब्लु पान लिनेको संख्या ८ सय रहेका थिए कुल दाता संख्या ७६ हजार ७ सय ७२ रहेको छ । दोलखाको चरिकोट, रामेछापको मन्थलीमा राजश्वको आन्तरीक सेवा केन्द्र र सिन्धुपाल्चोक र काभ्रे गरी ४ वटा जिल्लाको राजश्व संकलन हुन्छ । सेवा कार्यालय भएको क्षेत्रमा ५ करोड सम्मको मात्र राजश्व संकलन गर्न सकिने व्यवस्था रहेको सूचना अधिकारी राईले बताउनुभयो ।
