IMG-LOGO

काभ्रेपलाञ्चोक जिल्ला अदालतको मुद्दा फर्छ्यौटमा ८७ प्रतिशतले प्रगति सम्बन्ध विच्छेद र अंश मुद्दा वढ्यो

 मंगल, सावन ३, २०७९  ---

      काभ्रेपलाञ्चोक जिल्ला अदालतमा आ.व. २०७९ असाढ मसान्त सम्मामा मुद्दा पैmसला लक्ष्य लिएको भन्दा प्रगति बेसी भएको छ। जिल्ला अदालत काभ्रेले आ.व. ०७८÷०७९ मा ३ सय ८१ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ३ सय ३१ मुद्दाहरू फर्छ्यौट गरी ८७ प्रतिशत प्रगति हाँसिल गरेको छ । जिम्मेवारी सरी आएको मुद्दा १ हजार २ सय ८ र  १ हजार ६ सय ९० नयाँ निवेदन रिट दर्ता भई २ हजार ८ सय ९८ कुल मुद्दामा १ हजार ३ सय ५८ मुद्दा फर्छ्यौट भएको कुरा जिल्ला अदालत काभ्रेका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो। सम्बन्ध विच्छेद ५ सय ९३, मुद्दा फर्छ्यौट ४ सय ४९ रहेको छ । अंश मुद्दा ४ सय ९५ मा २ सय २७ मुद्दा फर्छ्यौट भएको छ । जग्गा खिचोला मुद्दा १ सय ५ मा ६ वटा मुद्दा मात्र फर्छ्यौट भएको छ। लिखत बदर ४ सय ३६ मध्ये १ सय ३० मुद्दा मात्र फैसला हुन सकेको जिल्ला अदालत काभ्रेले जनाएको छ। करार सम्बन्धी ३६ मुद्दामा १५ मुद्दा मात्र फैसला हुन सकेको छ । मिलापत्र वदर ३२ मध्ये ९ वटा मुद्दा फर्छ्यौट भएको छ । अभद्र व्यवहार १० मुद्दा मध्ये ४ वटा मुद्दा फर्छ्यौट भएको छ । त्यस्तै गरी हात हतियार सम्बन्धी ५ वटा मुद्दा रहेकोमा २ वटा मुद्दा फैसला हुन सकेको छ । जिल्ला अदालतको तथ्याङ्क बमोजिम मुद्दाको प्रकृति अनुसार सम्बन्ध बिच्छेदको मुद्दा अरु मुद्दा भन्दा बेसी ५ सय ९३ रहेको छ भने दोश्रोमा अंश मुद्दा ४ सय ९५ रहेको जनाएको छ ।

      जिल्ला न्यायाधिसहरू मोहनराज भट्टराइले ७ सय १२ मोहनराज काफ्लेले ६ सय ४८, सूर्यप्रसाद पराजुलीले ८ र भिस्मराज प्रसाइले ५ गरी जम्मा १ हजार ३ सम मुद्दाहरू फैसला गरेको जिल्ला अदालत काभ्रेले जनाएको छ । जिल्ला अदालतका प्रमुख न्यायाधिस मोहनराज भट्टराइका अनुसार जिल्ला प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनको लागि न्यून प्रहरी कर्मचारी खटाउनु, क्षतिपूर्ति भर्नुपर्ने प्रतिवादी लगत असुल उपर गर्न संयन्त्र कमजोर रहेकोले फैसला कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो ।

      जिल्ला अदालत काभ्रेले प्रभावकारी कार्यान्वयनका लागि न्याय क्षेत्र, समन्वय समिति, बार लगायत सरोकारवाला निकायलाई योजना र लक्ष्यको बारेमा बैठक बसी छलफल गरेको र स्थानीय निकायहरूमा योजना कार्यान्वयमा सहयोग गर्न पत्राचार गरिएको जनाएको छ । त्यस्तै गरी अदालतका कर्मचारीहरूलाई योजनाको बारेमा प्रशिक्षण प्रदान गरी मुद्दा फैसला प्रभावकारी कार्यान्वयनका लागि पहल गरेको जिल्ला अदालत काभ्रेले जनाएको छ ।

 

 

 

६६ करोड २७ लाख जरिवाना उठाउन बाँकी

      काभ्रेपलाञ्चोक जिल्ला अदालतले जरीवाना गरेको मध्ये ६६ करोड २७ लाख ५३ हजार ५ सय ३२ रकम भने असुल गर्नै बाँकी रहेको छ । जिम्मेवारी सरी आएको ६६ करोड ११ लाख ८६ हजार ६ सय ७७ र आ.व. ०७८÷०७९ को १ करोड ८२ लाख ४२ हजार १२ मध्ये ६७ करोड ९४ लाखमा १ करोड ६६ लाख मात्र रकम संकलन भएको छ । त्यस्तै कैदमा १ हजार ५० जिम्मेवारी सरिआएको र आ.व. ०७८÷०७९ को ६ सय २९ गरी जम्मा १ हजार ६ सय ७९ मा ५ सय ४५ कैद फर्छ्यौट भएको छ । त्यस्तै गरी डोरबाट असुल गरेको जरिवाना ४६ लाख ६२ हजार ५ सय ६० , प्रहरीबाट अमुल गरेको जरिवाना २३ लाख ५० हजार २ सय ५० रहेको छ । त्यस्तै अन्य तवरबाट असुल गरेको जरिवाना ९६ लाख ६२ हजार ३ सय ४७ फैसला हुँदा असुल गरेको छ । १ करोड ६६ लाख ७५ हजार १ सय ५७ रकम संकलन भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्