प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले बीच आइतवार भेटवार्ता भएको छ । उक्त भेटवार्ता कार्यक्रममा प्रधानमन्त्री देउवाले पछिल्लो समय देशको अर्थतन्त्र सुदृढ नभएकाले चीनबाट ऋण नभई अनुदान मात्र स्वीकार गर्न चाहेको कुरा आइतबार बेलुका बालुवाटारमा चिनियाँ कम्युनिष्ट पार्टी नेता लिउ सँगको संवादको क्रममा वताउनु भएको हो । अहिले ऋण लिने अवस्थामा हामी छैनौं । नेपाललाई अनुदान चाहिएको छ । उक्त संवादमा सहभागी कुटनितिज्ञ दिनेश भट्टराईले प्रम देउवलाई उल्लेख गर्दै भन्नु भयो । प्रम देउवाले चिनियाँ प्रतिनिधी मण्डल सँग यस अघि पनि ऋण भन्दा पनि सहुलीयत ऋण र अनुदान मात्र लिन चाहेक बताउनु भएको थियो । गत चैत्रको दोश्रो साता चिनियाँ विदेशमन्त्री वाङयीको नेपाल भ्रमणको क्रममा देउवाले चिनियाँ प्रतिनिधि मण्डललाई सन्देश दिनु भएको थियो ।
दक्षिण एसियाको अर्को मुलुक श्रीलङ्का ऋण कै कारण आर्थिक संकटमा फसेपछि नेपालमा पनि चर्को व्याजदरमा ऋण लिनु नहुने विषयमा बहस सुरु भइ सकेको छ। चीनले श्रीलंकामा हम्बनटोटा बन्दरगाह निर्माणका लागि ऋण दिएको थियो। तर श्रीलंकाले चीनलाई ऋण तिर्न नसकेपछि उक्त बन्दरगाह ९९ वर्षको लागि आफ्नो अधिनमा लिइ सकेको छ।नेपालले थप ऋण लिदाँ अर्थतन्त्रमा थप समस्या श्रृजना हुने भएकाले अनुदान मात्र लिन चाहन्छौं भन्ने सवाल प्रधानमन्त्री देउवालले राखेको कुटनीतिज्ञ भट्टराइको भनाइ छ । चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसियटिभ ९विआरआई० मार्फत सहयोग गर्न चाहेको छ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो। त्यो बेलादेखि अहिले सम्म बीआरआई मार्फत कुनै पनि योजना अघि बढ्न सकेको छैन ।नेपालले यस अघि ३५ आयोजनाको सूची चीनलाई पठाएको थियो । त्यसलाई १ अंकमा झार्नका लागि चिनबाट सुझाव आएपछि ९ परीयोजनामा सिमित गरिएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालयले भने बीआरआइको सम्बन्धमा गृहकार्य भइ रहेको जनाएको छ । प्रधानमन्त्री देउवा र चीनियाँ नेता लिउबीच २०७६ असोज २५ र २६ मा चीनका राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने सम्बन्धमा कुराकानी भएको थियो । उक्त भेटको अवसरमा दुई देशबीच भएका यस अघिका सम्झौतालाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता जनाउनु भएको बताइएको छ। यस अघि गरेका २० वटा सम्झौता मध्ये छेन्दुमा नेपालको महा वाणिज्य दुतावास खोल्ने, सगरमाथाको उचाई संयुक्त रूपमा नाप्ने विषयमा काम भएको छ । तर आपसी कानुनी सहायता, सिमा व्यवस्थापन प्रणाली लगायत विषय कार्यान्वयन हुन सकेको छैन् ।
परराष्ट्रमन्त्री खड्का सँग चिनियाँ नेता लिउको भेट ।
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपोसी) का विदेश विभाग प्रमुख लिउ जियाञ्चाओले परराष्ट्रमन्त्री नारायण खड्का सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवासँग सिस्टाचार भेट लगत्तै आइतवार नै सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ नेता लिउले सोमवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका केपी शर्मा वोली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपाल लगाएतका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको छ ।
