IMG-LOGO

काभ्रेमा कुन पालिकाको कति बजेट ?

 मंगल, असार १४, २०७९   रमेश प्रसाद न्यौपाने ,     हरिनाथ न्यौपाने,पवन भुजेल

            सरकारले आफ्नो बजेट ल्याइसक्नु पर्ने प्रावधान अनुसार असार १० गते मुलुक भरका महानगर, नगर र पालिकाहरुले आफ्नो नीति कार्यक्रम र बजेट ल्याएका छन् । त्यसै अनुसार काभ्रे जिल्लाका १३ पालिकाहरुले पनि आ–आफ्नो नीति कार्यक्रम बजेट ल्याएका हुन ।

बनेपा नगरको बजेट १ अरब ५५ करोड

      बनेपा नगरपालिकाको १० औँ बजेट अधिवेशनले आ.व. ०७९÷०८० नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख शान्ति रत्न शाक्यले आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख विमला सापकोटा दाहालले आगामी वर्ष २०७९÷०८० को अनुमानित बजेट प्रस्तुत गर्नु भयो । आन्तरिक श्रोत ९० करोड १६ लाख ९९ हजार प्रक्षेपण गरेको छ । संघीय सरकार ५७ करोड ५ लाख र प्रदेश सरकारबाट ८ करोड ८ लाख ५ हजार रहेको छ । नगरको वार्षिक बजेट १ अरब ५५ करोड २४ लाख ८४ हजार १ सय ६० रहेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, प्रशासकीय अधिकृत ध्रुवराज नेपाल, नगरका जनप्रतिनिधिहरु, कर्मचारी वर्ग र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । आर्थिक विकास तर्फ कृषि तथा खाद्य सुरक्षा, पशु सेवा, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन तथा संस्कृति श्रमरोजगारी र गरिवी निवारण गर्ने, सामाजिक विकास तर्फ, शिक्षा कला भाषा तथा पोषण, खानेपानी तथा सरसफाई, महिला, बालबालिका, सामाजिक समावेशीकरण, युवा खेलकुद तथा नवप्रवद्र्धन, सामाजिक सुरक्षा तथा पञ्जिकरण, पूर्वाधार विकास तर्फ आवास तथा भवन, बस्ती र सहरी विकास, सडक तथा यातायात, जलश्रोत विद्युत तथा बैकल्पिक उर्जा, सूचना तथा प्रविधिमा ८ लाख र पूँजीगत खर्च २२ लाख ११ हजार २ सय ८३ छ । वन तथा वातावरण क्षेत्र अन्तरगत वनपार्क हरियाली, भूसंरक्षण र नदी नियन्त्रण, वातावरण तथा फोहोर व्यवस्थापन १ करोड ८१ लाख ५९ हजार ४ सय ४० छ । भने संस्थागत विकास तर्फ नीति र कानुन, न्याय तथा सुशासन र तथ्याङ्क योजना तथा विकास परिचालन छ ।

धुलिखेल नगरको बजेट १ अर्ब ३५ करोड

      धुलिखेल नगरपालिकाको ११ औँ बजेट अधिवेशनले आ.व. ०७९÷०८० को बजेट शुक्रबार प्रस्तुत गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले नीति कार्यक्रम प्रस्तुत  गर्नुभयो । नगर उपप्रमुख निराजन जंगमले आ.व.०७८÷०७९ को स्थिति समिक्षा र आ.व. ०७९÷०८० को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्नुभयो । धुलिखेल नगरपालिकाको १ अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत भएको छ । आन्तरिक आम्दानी ५ करोड २५ लाख सम्पति कर १ करोड २५ लाख, भूमि, मालपोत कर १ लाख, बहाल कर ३५ लाख, नक्सा पास दस्तुर १ करोड, राजश्व बाँडफाँड २१ करोड ६५ लाख ६६ हजार आय प्रक्षेपण गरिएको छ । धुलिखेल नगरपालिकाले पनि १० करोड ५० लाख ऋणात्मक घाटा बजेट प्रस्तुत गरेको छ । चालु खर्च ६४ करोड ३० लाख ८ हजार , पूँजीगत खर्च ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थापन खर्च ४० लाख गरी १ अर्ब ३५ करोडको आगामी बर्षको अनुमानित बजेट प्रस्तुत गरेको छ । पूर्वाधार विकास, शिक्षा, खानेपानी र पर्यटन क्षेत्रको व्यवसायिक विकास, कृषिमा आधुनिकीकरण, उद्यमशिलता, स्वरोजगारको श्रृजना, गरिवी निवारण  जस्ता लोकप्रिय कार्यक्रमहरु अघि सारेको छ । धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले आगामी वर्ष ०७९÷०८० को अनुमानित बजेट १० करोड ५० लाख ऋणात्मक जस्तो देखिए पनि उक्त बजेट घाटा नभएको गतवर्षको बाँकी बक्यौता रहेको रकमलाई नै आधार मानी परिपूर्ती गर्ने भएकाले बजेटलाई ऋणात्मक मान्नु नहुने कुरा बताउनुभयो ।

पनौती नगरपालिकाको १ अर्ब ६० करोड ३३ करोड ७० लाख ऋणात्मक बजेट

      पनौती नगरपालिकाले ११ औँ नगरसभा तथा बजेट अधिवेशन शुक्रबार सम्पन्न भएको छ । आ.व. ०७९÷०८० को वार्षिक बजेट १ अर्ब ६० करोड १३ लाख रहेको छ । आन्तरिक आयबाट ४३ करोड ५० लख ३९ हजार राजश्व बाँडफाँडबाट २४ करोड ९५ लाख ४६ हजार नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट  वित्तीय समानीकरण अनुदान १६ करोड, ससर्त अनुदान ३२ करोड ३५ लाख, समपुरक अनुदान १ करोड, बागमती प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणबाट वित्तीय समानीकरण अनुदान १ करोड ५४ लाख ९९ हजार , ससर्त अनुदान ३ करोड २३ लाख १६ हजार, समपुरक अनुदान ३ करोड, त्यस्तै अन्य आय ३३ करोड ७० लाख जुन आय गरेको प्रक्षेपण भन्दा ऋणात्मक बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो भने उप–प्रमुख गिता बञ्जाराले आ.व ०७९÷०८० को वार्षिक बजेट प्रस्तुत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारी, शिक्षा शाखा प्रमुख प्रणराज न्यौपाने, नगरपालिका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो । १ अर्ब ६० करोड १३ विनियोजित बजेट मध्ये चालु बजेट खर्च ७४ करोड २८ लाख ८० हजार जुन विनियोजित रकमको ४६ दशमलव ३९ प्रतिशत रकम हो । १ सय ३१ बटा नगर स्तरीय योजनाहरुको पहिचान गरेर छनौट भएको योजनामा संघ र प्रदेशले समेत बजेट विनियोजना गरी सकेको छ । नेपालको संविधानको धारा ५६ को उपधारा १ ले संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तह व्यवस्था गरेको छ । धारा ५९ ले दिएको अधिकार प्रयोग गरी प्रत्येक वर्ष नगर पालिकाले नीति कार्यक्रम बजेट बनाउँदै आएको छ । धारा २ सय २३ बमोजीम गठीत नगर सभामा धारा २३०  को उपधारा १ अनुसार आगामी बर्षको राजश्व आय व्यायको अनुमान गरी स्थानीय कानुन बमोजीम स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ मा  भएको व्यवस्था प्रयोग गरेर नीति कार्यक्रम प्रस्तुत गरिने व्यवस्था छ । बजेटमा भौतिक पूर्वाधार तर्फ सडक विस्तार कालो पत्रे, बैकल्पिक उर्जाको प्रयोग पर्यटकीय क्षेत्रलाई व्यवसायिकरण गरिने, शुसासन र संस्थागत विकास, सूचना तथा सञ्चार भाषा, साहित्य, कला र समान ज्यालाको निर्धारण गर्ने, बालमैत्री स्थानीय शासन र विशेष सामाजिक  सुरक्षा, प्रविधिमैत्री गुणस्तरीय शिक्षा, सिपमुलक शिक्षाका कार्यक्रम अघि बढाइने, नगर अस्पताल निर्माणलाई व्यवस्थित गरी कार्य अघि बढाइने, कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्ने लगायतका लोकप्रिय कार्यक्रमहरु पनौती नगरपालिकाले अघि बढाएको छ ।

नमोबुद्ध नगरको ७४ करोड ४८ लाखको बजेट

      नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुन्साङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गर्नुभयो । नमोबुद्धले आगामी आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार, राजश्व बाँडफाँड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ३ करोड रहेको छ । यस्तै संघीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड रहेको छ भने अन्य आयतर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपैयाँ रहेको छ । खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख ७ हजार ९ सय ९७ रुपैयाँ र पुँजीगत खर्च ५७ करोड ३८ हजार रहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम ४ करोड बजेट विनियोजन गरेको छ भने वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम २ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

पाँचखाल नगरको बजेट १ अर्ब २९ करोड

      पाँचखाल नगरपालिकाले ११ औँ नगरसभाबाट आगामी आ.व २०७९÷०८० को नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख महेश खरेलले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । उपप्रमुख सूर्यमाया दनुवारले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । नगरसभा आ.व २०७९÷०८० को १ अर्ब २९ करोड ९६ लाखको अनुमानित बजेट प्रस्तुत भएको छ । ससर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान प्रदेश सरकार समपुरक र अनुदान सडक बोर्ड सामाजिक सुरक्षा गरी ५३ करकोड ३७ लाख ९७ हजार राजश्व बाँडफाँड योग्य ७६ करोड ५८ लाख ८९ हजार रहेको छ । त्यस्तै गरी पाँचखालको पूँजीगत खर्चमा ९४ करोड ६८ लाख ३८ हजार तथा चालुतर्फ १६ करोड ससर्त योजनाको लागि  १९ करोड २८ लाख ३८ हजार गरी कुल १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास भएको छ । बाँकी पेज ७ मा......

मण्डन देउपुरको बजेट १ अर्ब १ करोड

      मण्डनदेउपुर नगरपालिकाको ११ औँ नगरसभा तथा अधिवेशन नगर प्रमुख टोकवहादुर वाईबाको अध्यक्षतामा मंगलबार सम्पन्न भयो । नगरप्रमुख वाइबाले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख विष्णुमणी नेपालले आ.व. २०७९÷०८० को बजेट प्रस्तुत गर्नुभयो । नगर सभाले १ अर्ब १ करोड ९३ लाख  ७२ हजार २ सय ३५ को अनुमानित बजेट प्रस्तुत भएको छ । जसमा चालुतर्फ रु ४८ करोड ६६ लाख ६४ हजार ४ सय ८७ रहेको छ । भने पूँजीगत तर्फ ४० करोड २७ लाख ७ हजार ७ सय ४८ र सामाजिक सुरक्षा तर्फ १३ करोेड रहेको छ । भौतीक पूर्वाधार, शिक्षामा गुणस्तरीयता, स्वास्थ्यको पहुँच विस्तार कृषि र पर्यटन क्षेत्रको व्यवसायिक विकास  तर्फ नीति तथा कार्यक्रमममा जोड दिइएको छ ।

भुम्लुको ११ औँ नगरसभा

भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न गरेको छ । अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नू भएको थियो । शिक्षामा विद्यालयलाई डिजिटलमा रुपान्तरण गर्ने र प्राकृतिक पूर्वाधार सहितको वातावरण निर्माण गर्ने उद्धेश्यले गाउँपालिकाभरिका विद्यालयहरुमा डिजिटल माध्यमद्वारा इन्टरनेटको व्यवस्था गर्ने भएको छ । त्यस्तै पालिकाले सबै विद्यालयहरुको कक्षा कार्यालय, खेलमैदान र पाठशालाभित्र जताततै सिसि क्यामेरा फिट गरेर त्यसको सर्भर गाउँपालिकामा राखेर निगरानी गर्ने भएको छ । त्यसैगरी कृषि क्षेत्रलाई प्राथमिकता दिएर रासायनिक मलको अभावलाई व्यवस्थापन गर्नका लागि अर्गानिक खेती प्रणालीमा जैविक विषादी÷मललाई विकास गर्नका लािग प्रक्रिया अगाडि बढाईने भएको छ । त्यस्तै गाउँमा नै मिनरल वाटरको उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने, ब्राण्डिङ्ग गर्ने, स्थानीय मदिरालाई ब्राण्डिङ्ग गरेर बजारको पहुँचसम्म पु¥याउने लगायतको योजना नीति कार्यक्रममा समावेश गरेको छ । त्यसैगरी पर्यटन विकासका लागि दोलालघाटमा रहेको पिकनिक स्पोटको सुधा बढीभन्दा बढी आन्तरिक पर्यटकहरु भित्र्याउने र दीर्घकालिन रुपमा पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने लक्ष्य लगायतका कार्यक्रममा समावेश गरेको छ ।

चौरीदेउराली गाउँपालिकाको ११ औँ सभा

      चौरीदेउराली गाउँपालिकाले आ.व. २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट प्रस्तुत गरेको छैन । गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईले बजेट निर्माणबारे आन्तरिक छलफल भइरहेकाले अर्को बैठकमा प्रस्तुत गरिने बताइन् । उपप्रमुख शेरवहादुर तामाङले स्वागत मन्तव्य राख्नुभयो ।

रोशी गाउँपालिकाको बजेट १ करोड ४६ लाख

      रोशी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार रुपैयाको बजेट ल्याएको छ । आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको छ । जसमा सडक गुरुयोजना निर्माण, रोशीको गौरव आयोजना, गाउँपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न गर्न, लघु तथा साना जलविद्युत आयोजनाहरुको प्रवद्र्धन, इन्टरनेट सेवा विस्तार लगायतका विकास निर्माणका कार्यहरुमा जोड दिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।  

बेथानचोक गाउँपालिकाको बजेट ५९ करोड ११ लाख

बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङ मार्गको अध्ययन र स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । गाउँपालिकामा सञ्चालन गर्नु पर्ने आयोजनाहरूको प्रोजेक्ट बैंक तयार गर्ने र प्रदेश तथा संघको सहकार्यमा आयोजना कार्यान्वयन पहल गर्ने योजना ल्याएको छ । श्रम, सिप र उत्पादनसँग जोड्न माटो सुहाउँदो प्राविधिक शिक्षाको व्यवस्था गर्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई आयसँग, आयलाई पुँजीसँग , पुँजीलाई लगानीसँग, लगानीलाई प्रविधिसँग र प्रविधिलाई समृद्धिसँग जोड्ने शिक्षाको लागी बेथानचोक बहुप्राविधिक शिक्षालय स्थापनाको प्रयास गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । सभामा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, नगरभा सदस्यहरुको सहभागिता रहेको थियो ।

तेमाल गाउँपालिकाको ११ औँ सभा

तेमाल गाउँपालिकाको एघारौं गाउँसभाबट नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । “सुशासन सहितको विकास आजको आवाश्यकता, पूर्वाधार,शिक्षा स्वास्थ्य र रोजगारमा हाम्रो प्राथामिकता” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकाको एघारौं गाउँसभा शुक्रवार सम्पन्न भएको हो । गाउँसभामा आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले प्रस्तुत गरेका थिए । असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत भएपनि बजेट भने अर्को सभामा प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ ।

खानीखोला गाउँपालिकाको बजेट ४७ करोड ४ लाख

खानीखोला गाउँपालिकाले आ.व. २०७९÷०८० का लागि रु ४७ करोड ४ लाख ७० हजार बजेट प्रस्तुत गरेको छ । बैठकमा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिका उपाध्यक्ष दोर्जेमान तामाङले बजेट प्रस्तुत गर्नुभयो ।

महाभारत गाउँपालिकाको बजेट २८ करोड ५० लाख

      महाभारत गाउँपालिकाले आ.व २०७९÷०८० का लागि २८ करोड ५० लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले बजेट प्रस्तुत गर्नुभयो ।

      काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । ६ नगरले नीति, कार्यक्रमसँगै  बजेट पनि सार्वजनिक गरेका छन् । ७ गाउँपालिकामध्ये तीन तेमाल, भुम्लु र चौँरीदेउरालीले बजेट निर्माणबारे छलफल भइरहेको जनाएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्