IMG-LOGO

अमेरिकी सेनाका कमान्डर आएर फर्किए

 मंगल, जेठ ३१, २०७९      टाइम्स टिप्पणीकार

      चार दिने नेपाल भ्रमण सकेर अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिन आइतबार राति अमेरिका फर्किएका छन् । यो समाचारलाई अमेरिकी र बेलायती सञ्चारमाध्यमले बढो महत्वका साथ प्रकाशन र प्रशारण गरेका छन् ।  कमान्डर चालर््स सैनिक तालिम केन्द्र पाँचखाल र शिवपुरी पनि पुगेका थिए । पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका थिए । शिवपुरी पुग्नु अघि पाँचखालमा उनले नेपाली सेनाका केन्द्रपति सहायक रथी सन्तोष बल्लव पौडेल लगायतसँग छलफल गरेका थिए । त्यसपछि उनी शिवपुरी स्थित स्टाफ कलेज पुगेर त्यहाँ फ्लिनले तालिमरत अधिकारीहरुलाई सम्बोधन गर्न भ्याए । शिवपुरीमा उनले वृक्षरोपण पनि गरेका थिए ।

      सम्बोधनका क्रममा फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको बताए । संसारकै पुराना सेनाहरु मध्य नेपाली सेना पनि एक भएको भन्दै उनले नेपाली सेनाको प्रशंसा गरेका थिए । कमान्डर चाल्र्सले शुक्रबार सैनकि मुख्यालयमा नेपाली सेनाले गार्डअफ अनर प्रदान गरेको थियो । प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए भने प्रधानसेनापतिले त्यही साँझ रात्रिभोज दिएका थिए । शनिबार माउण्टेन फ्लाइटमा हिमाली दृश्य अवलोकनमा गएका फ्लिन वसन्तपुर क्षेत्रको पनि अवलोकन गरेका थिए । यस्तै फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । आइतबार साँझ नै उनी स्वदेश फर्किएको सैनिक प्रवक्ता नारायण सिलवालले सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए ।

 

नेपाललाई सेल्टर बनाउँदै अमेरिका

    टाइम्स टिप्पणीकार

      एमसीसी सम्झौता भएको ९० दिन नपुग्दै अमेरिकी सेनाका इन्डो–प्यासिफिक कमान्डर नेपाल आएर फर्किनुले अबको अवस्था अत्यन्तै जटिल हुने राजनीतिक विश्लेषकहरु बताउँछन् । हाम्रो खबरसुत्रका अनुसार अब यो मुलुक अफगानिस्तान र युक्रेन जस्तै हुन बेर छैन भन्दैछन् । पश्चिमा सञ्चार श्रोतका अनुसार विश्व अर्थतन्त्रमा एकछत्र राज जमाउन सफल भएको चीनलाई घेर्न अमेरिकाले नयाँ रणनीति बाइडेन राष्ट्रपति भएपछि तयार योजना बनाएको थियोे । चीन घेराउ गर्न अमेरिकाले भारत, जापान, अष्ट्रेलियासँग मिलेर चीनलाई घेर्न नेटो जस्तो गठबन्धन गठन गर्ने योजनामा काम गरिरहेको छ । त्यही अनुसार नेपालमा एमसीसी पास गर्न जोड लगाएको थियोे । चार मुलुकले यस मुद्दामा दिल्लीमा छिटोभन्दा छिटो वार्ता गर्ने बताइन्छ ।

      उता साउथ चाइना मोर्निंग पोस्टको रिपोर्ट अनुसार अमेरिकी उप–विदेश मन्त्री स्टीफन बिगनले अमेरिकाको लक्ष्य भनेको यी चार देश तथा अन्य देशहरुलाई समावेश गरेर चीनको चुनौतीको सामना गर्ने बताएका छन् ।  भारत–प्रशान्त क्षेत्रमा संयुक्त सैन्य उपकरणको अभाव छ । यस क्षेत्रको नेटो वा युरोपियन युनियन जस्तो कुनै ठोस संगठन छैन । नेटोको थालनी हुँदा यसबाट थोरै उपेक्षा गरिएको थियो । नेटोको थालनी गर्दा धेरै देशहरूले सदस्यता लिनुको सट्टा तटस्थ रहन छनोट गरेका थिए । तर अब अवस्था परिवर्तन भएको छ । चीन माथि दवाव बढाउन अमेरिकीहरु ताइवानमा सैनिक गतिविधिमा तल्लीन छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्