IMG-LOGO

प्रचण्डको बार्गेनिङ्ग पावर बढ्यो देउवाको अमेरिका भ्रमणपछि चुनावको घोषणा हुने

 मंगल, जेठ २४, २०७९      टाइम्स विश्लेषक

       अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरुलाई नेपालमा कम्युनिष्ट बढेको फिटिक्कै मन परेको छैन । अहिले पनि लोकप्रिय मत वामपन्थीहरु कै छ तर वामपन्थीहरु मिल्नै नसक्ने गरी भत्किएका छन् । छिमेकी मित्रराष्ट्र चीन वामपन्थीहरुलाई एक हुन वल लगाइरहेको छ तर पश्चिमाहरुले अदालत देखि प्रशासन र पार्टी पार्टी भित्रमा आप्mना एजेन्डा खडा गरेका छन् । पछिल्लो घटना अनुसार स्थानीय चुनावमा पनि वामपन्थी मिल्न सकेनन् । चुनावकै कारण नेत्रविक्रम चन्द विप्लवको पार्टी पनि विभाजित भयो मोहन वैद्य किरणहरु न हाँसको चाल न कुखुराको चालमा छन् । जनता निराश भएको र अनेकौँ उपायले पश्चिमाहरु नेपाली कांग्रेस नै नेपाली राजनीतिलाई नेतृत्व गरोस् भन्ने चाहाना छ । त्यसैले परिणाम प्रम देउवाको अमेरिका भ्रमण तय भएको बताइन्छ  ।

      संघीय र प्रदेशको चुनाव अगाडि प्रतिपक्षी पार्टी नेकपा एमालेमा विग्रह आउने स्थिति देखा परेका छन् । पार्टी स्थाई कमिटी सदस्य घनश्याम भुषाललाई अनुशासनको कारवाही गर्न केशव वडालहरुले पत्र काटिसकेका छन् । संघ र प्रदेशको चुनावमा नेकपा एमाले त्यसमा पनि केपी ओलीले रुचाएका मान्छेहरुले टिकट पाउने छन् । त्यसरी टिकट वितरण हुँदा पार्टी भित्र अन्तरघात हुने सम्भावना स्थानीय चुनावले देखाइसकेको छ । स्थानीय चुनावमा अधिकांश ठाउँमा उप–प्रमुख वा उपाध्यक्षले जित्दा एमालेका प्रमुख र अध्यक्ष हारेका उदाहरण छन् । झन नेता भुषाललाई साँच्चिकै कारवाही गर्दा एमालेमा फेरी विवाद बढ्ने छ ।

      अमेरिका भ्रमण पछि चुनावको मिति तोकिने छ । आगामी निवार्चन कार्तिक र मंसिरको पहिलो हप्ता भित्र हुने पक्का छ । निवार्चन दुई चरणमा हुनेछ । यो निर्वाचनमा वाम एकता नभए सत्ता गठवन्धन भित्र नेकपा माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको बार्गेनिङ्ग पावर बढ्ने छ । कांग्रेसले प्रचण्डलाई सँगै लिएर जाने र नजाने भन्ने बारे कांग्रेस भित्रै मतान्तर छ । माधव कुमार नेपाल र उपेन्द्र यादवहरु स्थानीय चुनाव पछि समिक्षा गर्दै अगाडि बढ्दै छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्