IMG-LOGO

ओलीको राजनीति ओरालो, प्रचण्ड नै राजनीतिक खेलाडी

 मंगल, जेठ १७, २०७९      टाइम्स बिश्लेषक

      स्थानीय चुनाव २०७९ ले प्रमाणीत गरिदियो । यो देशमा प्रमुख राजनीतिक खेलाडी  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘म’वादले हावा खाएको छ । स्थानीय चुनावमा  नेकपा एमाले भित्र अन्तर्घात शुरु भएको छ । देश व्यापीरूपमा प्रमुख हारेर उप–प्रमुख जितेका उदाहरणले नै स्पष्ट पारेको छ । ओली  र ओलीका वरिपरि रहेकाहरुले मत बढेको छ हामी हारेका छैनौं भन्नु आफैलाई आत्म समिक्षा नगर्नु हो । एमालको यो हारमा पार्टी अध्यक्ष नै जिम्मेवार छन् यसलाई आफैंले जिम्मा नलिने हो भने अहिले त कान्लाबाट मात्र खसेको हो भोलि संघीय र प्रदेशसभाको चुनाव मात्र  एमाले भिरबाट लड्नेवाला छ । ओलीले आफ्नो ‘म’वादमा  संसद विघटन र ९ महिना संसद अवरुद्ध पार्नुनै उनको राजनीतिक यात्रा ओरालोतिर लागेको समयले प्रमाणीत गरेको छ ।

      ओलीले सबैभन्दा पहिला एमालेलाई सग्लो बनाउन माधवकुमार नेपालसँग मिल्नुपर्छ । दोस्रो  बाम एकताका लागी प्रचण्डसङ्ग हात मिलाउनुपर्छ । तेस्रो पार्टीलाई नाजिवाद होइन लोकतान्त्रिक पद्धतिमा लैजानु पर्छ । तबमात्र ओलीको पुन भविष्य आउन  नेकपा बनाउने र  प्रधानमन्त्री बन्ने सम्भावना छ । नत्र यहीं अवस्थामा  ओलीको दिन आउने सम्भावना कदाचित सम्भावना छैन । एमालेलाई एमाले बनाउन तुरुन्त माधवकुमार नेपाललाई पार्टी अध्यक्ष र आफू भावी प्रधानमन्त्री बन्ने भनेर कार्यकर्तामा उत्साह भर्न सक्नेछन्  । नत्र अबको चुनावमा  जताततै अन्तरघात शुरु हुनेछ । 

      बेला यही हो नेकपा एकीकृत समाजवादीले देशव्यापी धक्का खाएको बेला ढिला गर्नु हुन्न तर एमालेमा  त्यसो नभए पÞmेरि अर्को कोतपर्व हुने र एमालेको विघटन शुरूवात हुनेछ । नेपाली राजनीतिमा ओली भर्सेज प्रचण्ड नै हुन । प्रचण्डको रिसमा संसद विघटन गर्नु नै ओलीको महाभुल थियो । ओली र एमालेजनले यो कुरा स्वीकार नगरे एमाले २०१५ को प्रमुख प्रतिपक्षी गोरखादल हुने पक्का छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्