काभ्रे जिल्लामा धुलिखेल नगर पालिका बाहेक सबै पालिकामा गठबन्धनले सानदार जीत हासिल गरेको छ । यदि गठबन्धनमा नेपाली काङ्ग्रेसले धुलिखेल नगर पाएको भए एमाले अध्यक्ष समेत रहेका अशोक ब्यान्जुले जित्ने कुनै मौकै हुँदैन थियो । बागि बनेका बिदुर बस्नेतले ब्यान्जुलाई आच्छु आच्छु बनाएका थिए । चुनाव अघि नेकपा एमालेको लहर आएको कुरा जसरी एमाले जन र बाहिर उफ्रिनुको कुनै तुक रहिन्छ भनेर राजनीतिक गफ हुन थालेको छ । स्थानीय चुनाव सकिए सँगै अब संघीय र प्रदेश चुनावको चर्चा हुन थालेको छ । संघीय तथा प्रदेश चुनाव अर्थात आमचुनाव आउँन छ महिना बाँकी छ ।
बैशाख ३० गते सम्पन्न काभ्रेको १३ स्थानीय तहमा नेपाली काङ्ग्रेसले ४ नगर प्रमुख, २ उप–प्रमुख, ३ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्षले जितेको छ । एमाले नगर प्रमुख १, उप–प्रमुख ३ माओवादी केन्द्र गाउँपालिका अध्यक्ष ४, नगर उप–प्रमुख १ र गाउँपालिका उपाध्यक्ष ३ जितेको छ । १ नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीले बिजय हासिल गरेका छन् । १३५ वडामा वडा अध्यक्ष ६१ कांग्रेसले जितेको छ । एमाले ३९ वडा अध्यक्ष जीतेको छ । माओवादी केन्द्रले २० वडा अध्यक्ष जितेको छ । वडा अध्यक्ष ४ सिट एकीकृत समाजवादीले जिते । त्यस्तै गरी राप्रपाले धुलिखेल वडा नं ७ मा वडा अध्यक्ष जितेको छ । त्यस्तै गरी स्वतन्त्रले २ वडा अध्यक्ष जितेको छ ।
काभ्रेको पुरानो नगरपालिका बनेपा नगरपालिकामा नेपाली काङ्ग्रेसले आफ्नो बिरासत फर्काएको छ । यद्यपि यो नगरले नयाँ राज्य संरचना अन्तरगत बृहत बनेपाको पहिलो पल्ट नेपाली काङ्ग्रेसका शान्तिरत्न शाक्यलाई चुनेर आफ्नो साख कायम गरेको छ । त्यस्तै गरी उप– प्रमुखमा भने एमालेकी बिमला सापकोटा दाहाल बिजयी बनेकी छिन् । त्यस्तै गरी धुलिखेल नगरमा यसपल्ट पनि अशोक दोहो¥याएका छन् । उप–प्रमुखमा भने एमालेबाट बिद्रोह गरेका कांग्रेसबाट धुलिखेलमा उप–प्रमुखमा निराजन जंगमले ७ हजार ९ सय ३८ मत प्राप्त गरी विजयी भएका छन् । उनको एमाले बिद्रोहलाई जनताले अनुमोदन गरिदिएका छन् । ब्यान्जुका अबका दिन हिजो जस्तो त्यति सहज र एकलौटी हुने छैन ।
पनौती नगरमा एमालेको किल्ला नराम्रोसंग भत्किएको छ । पहिलो पल्ट नेपाली काङ्ग्रेसका उम्मेदवार मेयर बनेर रामशरण भण्डारीले बाजी मारेका छन् । पनौती नगरको उप प्रमुखमा भने एमालेकी गीता बन्जारा दोहोरिएकी छिन् ।
पाँचखाल नगरपालिकामा पुनः महेश खरेलको जीत भएको छ । महेश खरेल दोहोरिए सँगै उनको लोकप्रियता कति रहेछ भन्ने यो निर्वाचनले स्पष्ट पारेको छ । पाँचखालको उप मेयरमा एमालेकी सुर्यमाया दनुवार बिजयी भएकी छिन ।
मण्डन देउपुर नगरमा फेरि टोकबहादुर वाईवा निर्वाचित भए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका वाईवाको जितले गोकुल बास्कोटाको राष्ट्रिय हार जस्तै भएको छ किनभने पुरा राष्ट्र गोकुललाई चिन्छ अनि गोकुलको क्षेत्रमा कस्ले जित्यो भन्ने चर्चासंगै गोकुलको कुरा काट्ने काम देश बिदेशमा समेत भएको छ । मण्डनदेउपुरको उप–प्रमुखमा नेपाली काङ्ग्रेसका बिष्णुमणी नेपाल विजयी भएका छन् ।
यसै गरी नमोबुद्ध नगरपालिकामा कांग्रेसका कुन्साङ लामा बिजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका रत्न वहादुर बिजयी भए । त्यसै गरी भुम्लु गाउँपालिकामा माओवादी केन्द्रका प्रेम बहादुर उजे विजयी भए । उपप्रमुखमा कांग्रेसका जितेन्द्र मान तामाङ बिजयी भए । चौरीदेउराली गाउँपालिकामा माओबादी केन्द्रबाट रेणुका चौलागाई विजयी र उपाध्यक्षमा कांग्रेसबाट शेर बहादुर तामाङ विजयी भएका छन् । खानीखोला गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका इन्द्र तामाङ बिजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्बा विजयी हाँसील गरेका छन् । तेमाल गाउँपालिकामा कांग्रेसका चन्द्र बहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर बजयी भएका छन् । रोशी गाउँ पालिकामा अध्यक्षमा कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिम बहादुर वाइवा –ज्वाला विजय भएका छन् ।
