काभ्रे जिल्ला स्थित १३ स्थानीय पालिकाका र १३५ वडासम्म हिजो उम्मेदवारी दर्ता गर्ने काम सम्मान भएको छ । उम्मेदवारी दर्ता कार्यक्रम शान्त र सवार्धरूपमा सम्म्पन्न भएको जानकारी जिल्ला स्थित निर्वाचन कार्यलयले दिएको छ । यो चुनाव २०७४ को जस्तो हुनेछैन । देशभर नै नेकपा एमालेका विरुद्ध सत्ता गठबन्धन एकजुट भएको छ । काभ्रे जिल्लामा पनि एमालेको प्रतिस्पर्धा गठबन्धनसंगै हुने भएको छ । कस्लाई जिताउने र कसलाई हराउने हात भने मतदातामा निहित छ । पहिला जस्ता मतदाता अहिले छैनन् अहिले मतदाता अत्यन्तै सचेत र चनाखो भएका छन् । काभ्रे जिल्लामा हिजो दर्ता भएका उम्मेदवार मध्ये एमाले र कांग्रेस मै मुख्य प्रतिस्पर्धा हुनेछ । कांग्रेसलाई यो पल्ट गठबन्धनको साथ छ जे भए पनि अब उम्मेदवारी दिएका यिनै अनुहार बीचमा चुनावी प्रतिस्पर्धा हुने हो ।
सत्ता घटक नेपाली कांग्रेस काभ्रे माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भएको गठवन्धनको तर्फबाट बागमती प्रदेशमा काभ्रे जिल्लाको बीचमा २०७९ बैशाख ११ गते सहमती भएपछि बल्ल आ–आफ्नो पार्टीबाट उम्मेदवार छनौट भएको थियो । कांग्रेस ७, माओवादी ४ र समाजवादी २ सिटमा सहमती भएको थियो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानिया, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज केदार प्रसाद न्यौपानेको हस्ताक्षर भएको विज्ञप्तीमा जिल्ला समन्वय समिति काभ्रेको प्रमुख नेकपा (एकीकृत समाजबादी) लाई दिने सहमती भएको छ । काभ्रेमा नेकपा एमाले भने एक्लै गठवन्धनसँग प्रतिस्पर्धामा उत्रेको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसको बनेपाबाट बनेपा नगरपालिकामा नगर प्रमुखमा शान्तिरत्न शाक्य, उप प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट रघुवर चौप्रधान उम्मेदवार छनोट भइ हिजो निर्वाचन कार्यालय बनेपामा मनोनयन दर्ता गर्नु भएको छ । त्यस्तै गरी बनेपा नगरपालिकामा नेकपा एमालेबाट रत्नकुश रंजितकार नगर प्रमुख र उपप्रमुखमा विमला सापकोटाको गठवन्धनका उम्मेदवारसंग कडा प्रतिस्पर्धा हुने छ तर यस पटकको स्थानीय निर्वाचनमा गठबन्धनको नाममा संवैधानिक व्यवस्थामा प्रमुख र उपप्रमुख तथा पालिकाको अध्यक्ष, उपाध्यक्ष मध्ये कुनै एक पद महिला उम्मेदवार बनाउनु पर्नेमा नबनाई भाग शान्ति जय नेपाल गर्दै पुरुष नै उम्मेदवार बनाएर महिला अधिकार खोसिएको छ ।
त्यसै गरी धुलिखेल नगरपालिकामा नेकपा (एकीकृत समाजबादी) बाट दयासागर श्रेष्ठ नगर प्रमुखमा र उपप्रमुखमा नेपाली कांग्रेस तर्फबाट एक महिना अघि मात्र नेकपा एमाले पार्टी छोडेर कांग्रेस प्रवेश गरेका निराजन जंगम उप प्रमुखमा उम्मेदवारी दिएका छन् । उनीहरूको प्रतिस्पर्धामा नेकपा एमाले बाट धुलिखेल नगरपालिकामा एमाले काभ्रेका अध्यक्ष समेत रहेका अशोक व्याञ्जु नगर प्रमुखमा उम्मेदवार दिनु भएको छ गठबन्धनको उम्मेदवार समाजवादीको दायासागर श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने भएको छ भने उपप्रमुखमा निराजन जंगम र एमालेकी महिला नेतृ लालतारा अधिकारी बीच कडा प्रतिस्पर्धा हुने छ ।
पनौती नगरपालिकामा कांग्रेसबाट रामशरण भण्डारी नगर प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेकपा एमालेबाट भिम न्यौपाने बीच कडा प्रतिस्पर्धा हुने भएको छ भने नगर उप प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट छबी हुमागाई र एमालेबाट गिता बञ्जारा बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
नमोबुद्ध नगरपालिकामा कांग्रेसबाट कुन्साङ लामा नगर प्रमुखमा र एमाले काभ्रेका सचिव समेत रहेका राजन भुर्तेल बीच कडा प्रतिस्पर्धी हुने भएको छ भने माओवादी केन्द्रको तर्फबाट रत्न लामा उपप्रमुखमा र एमालेबाट नमोबुद्धमा सम्झना लामा बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
पाँचखाल नगरपालिकामा महेश खरेल नगर प्रमुखमा र एमालेबाट नगर प्रमुखमा कञ्चन अधिकारी बीच कडा प्रतिस्पर्धा हुने भएको छ भने माओबादी केन्द्रबाट पाँचखाल नगरमा उपप्रमुखमा चेतबहादुर गौतम र एमालेबाट पाँचखाल नगरको उपप्रमुखमा सूर्यमाया दनुवार बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
मण्डन देउपुर नगरपालिकामा नेकपा (एकीकृत समाजबादी) बाट नगर प्रमुखमा टोक बहादुर वाइबा र एमालेबाट नगर प्रमुखमा विदुर सापकोटा बीच प्रतिस्पर्धा हुने भएको छ त्यस्तै गरी मण्डन देउपुर नगरमा उप प्रमुखमा काँग्रेसबाट विष्णुमनी नेपाल र एमालेबाट सरिता ढकाल बीच प्रतिस्पर्धा हुने भएको छ ।
भुम्लु गाउँपालिकामा अध्यक्ष पदमा माओवादी केन्द्रबाट प्रेमबहादुर भुजेल र एमालेबाट अध्यक्ष पदमा प्रेम लामा बीच कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसबाट भुम्लु गाउँपालिकाको उपाध्यक्षमा दावा लामा र एमालेबाट उपाध्यक्षमा कल्पना श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
चौरीदेउराली गाउँपालिकामा माओवादी केन्द्रबाट रेनु चौलागाई र एमालेबाट अध्यक्ष पदमा जितराम लामा बीच कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसबाट चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा शेरबहादुर लामा र एमालेबाट उपाध्यक्ष पदमा बविता खरेल बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
रोशी गाउँपालिकामा कांग्रेसबाट दिनेश लामा अध्यक्ष पदमा र एमालेबाट युवा नेता देव सागर लामा बीच अध्यक्ष पदमा निकै घम्साघम्सी रुपमा प्रतिस्पर्धा हुने भएको छ भने रोशी गाउँपालिकाको उपाध्यक्ष पदमा माओबादीबाट भिम बहादुर वाइबा र एमालेबाट बविता बोहोरा बीच प्रतिस्पर्धा हुने भएको छ ।
तेमाल गाउँपालिकामा अध्यक्ष पदमा चन्द्र लामा र एमालेबाट गाउँपालिका अध्यक्षमा इन्द्र बहादुर तामाङ बीच कडा प्रतिस्पर्धा हुने भएको छ भने तेमाल गाउँपालिकामा उपाध्यक्ष पदमा दलमान लामा र एमालेबाट उपाध्यक्ष पदमा सम्तेन लामा बीच प्रतिस्पर्धा हुने भएको छ ।
बेथानचोक गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेसबाट भगवान अधिकारी र एमालेबाट अध्यक्ष पदमा कमल तिमल्सिना बीच प्रतिस्पर्धी हुने भएको छ । बेथानचोक गाउँपालिकामा उपाध्यक्ष पदमा माओबादीबाट तारा राना तिमल्सिना र एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा सरला लामिछाने बीच प्रतिस्पर्धा हुने भएको छ ।
खानीखोला गाउँपालिकामा अध्यक्ष पदमा माओबादीबाट इन्द्र बहादुर (छिन्ताङ ) र एमालेबाट गाउँपालिका अध्यक्षमा शेखर लामा बीच प्रतिस्पर्धा हुने भएको छ । खानीखोला गाउँपालिकामा उपाध्यक्ष पदमा कांग्रेसबाट दोर्जेमान जिम्बा र एमालेबाट रुकमणी गुरुङ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ ।
महाभारत गाउँपालिकाको अध्यक्ष पदमा माओबादीबाट कान्छालाल जिम्बा र एमालेबाट गाउँपालिका अध्यक्षमा पूर्वबहादुर वाइबा बीच प्रतिस्पर्धा हुने भएको छ भने महाभारत गाउँपालिकामा उपाध्यक्ष पदमा सागर मोक्तान र एमालेबाट शान्ति तितुङ प्रतिस्पर्धा हुने भएको छ ।
