IMG-LOGO

४१ वर्षपछि जिल्ला सहकारी संघको आप्mनै भवन

 मंगल, माघ १८, २०७८      रमेशप्रसाद न्यौपाने

      “समृद्ध काभ्रे हाम्रो पहिचान, घर घरमा सहकारी सदस्यता अभियान” मुल नाराका साथ अघि बढेको जिल्ला सहकारी संघ काभ्रेले स्थापना भएको ४१ वर्षपछि आफ्नै भवन हुने भएको छ । २०२४ सालमा सञ्चालनमा आएको साझा संघको परिस्कृत नाम हो जिल्ला सहकारी संघ काभ्रे । सहकारी संघले प्रारम्भिक सहकारी संस्थाहरुको दिगो विकास र सुशासनमा कार्य गर्दै आएकोे छ । ४ रोपनी १३ आना क्षेत्रफल रहेको उक्त जग्गा हाल साविक गर्दा भने ४ रोपनी १ आना मात्रको पूर्जा बनेको छ । १२ आना जग्गा भने कसरी गाएव भएको हो पत्ता छैन् । ४ हजार ४ सय स्क्वायर फुटको क्षेत्रफलमा ३ तले पक्की भवनको लागत स्टेमेट सहित २०७८ साल असार २८ गते खानी निर्माण सेवा प्रालि काठमाण्डौले सम्झौता गरेर भवन निर्माण कार्यले तिव्रता पाएको छ । २०७९ असार २७ गते सम्ममा भवन निर्माण कार्यले सम्पनता पाउने कुरा जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष दिलिप शर्माले बताउनुभयो । शुरुमा ४ करोड १९ लाख ७६ हजार ९ सय ३५ लागत अनुमान भएको भए पनि पछि पुनःनिर्माण डिजाइन गर्दा १ कारेड ४ लाख मूल्य अभिवृद्धिकर सहित गरेर ५ करोड २३ लाख ७६ हजार ९ सय ३५ कुल लागतमा तीन तले अत्याधुनिक भवन बन्ने छ ।

      सहकारी विकास कार्यक्रम र जिल्ला सहकारी संघ काभ्रेले बराबरी रकम बेहोर्ने गरी कार्य सम्पन्न गरिने जिल्ला सहकारी संघ काभ्रेले जनाएको छ । उक्त भवन भित्र पहिलो तलामा जिल्ला कृषि सहकारी भवन रहन्छ । जहाँ सहकारी संस्थाहरुले किसानहरुलाई उत्पादनशिल क्षेत्रमा लगानी गरेर उत्पादन भएका फलफूलहरु कृषि उपज, बजारीकरण गरी प्रवद्र्धन गर्दै किसानहरले उत्पादन गरेका बस्तुहरुको उचित मूल्य प्रप्त गर्न सहज प्रवन्ध मिलाउन जिल्ला सहकारी संघ काभ्रे लाग्ने कुरा प्रमुख प्रवन्धक ज्ञानमणि न्यौपानेले बताउनु भयो । जिल्ला सहकारी संघ काभ्रेका सचिव निरञ्जन विस्टले भवन निर्माण कार्य तिव्रता साथ अघि बढि पहिलो ढलान भई सक्यो निर्माणले सम्पन्नता प्राप्त गरे पछि संघमा आवद्ध रहेका प्रारम्भिक संस्थाहरुको स्थायित्वको लागि थप प्रभावकारी हुने बताउनु भयो । पहिलो तलामा कृषि बजार कार्यक्रम, दोश्रो तला बैँक तथा वित्तीय सहकारी संस्था र व्यवसायिक प्रयोजनका लागि भवन प्रयोग गरिने जनाएको छ भने तेश्रो तलामा संघको प्रशासनिक कार्यालय रहने जनाएको छ । संघका कोषाध्यक्ष राजन शाक्यले जिल्ला संघमा नवनिर्वाचित टिमको सक्रियताले भवन निर्माणले गति लिएको बताउनुभयो ।

      व्यवसायिक अवस्थामा सुधार हुँदै आर्थिक अवस्था पनि थप मजवुत हुने उल्लेख गर्नुभयो । जिल्ला साझा संघको रुपमा परिचित भई विगतमा मल र दाना व्यवसाय गोदाम रुपमा मात्रै कार्य गर्दै आएको संघले २०७३ साल देखि मात्रै केही प्रगति तिर लम्केको बताँउदै आएको छ । १० वर्ष अघि तत्कालीन जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष कुलचन्द्र अधिकारीले काभ्रे कर्जा तथा ऋण सहकारी संस्थालाई मासिक ४४ हजारको दरले भाडामा दिदै आएको थियो । उक्त भवनको शिलान्यास २०७८ श्रावण २७ गते जिल्ला सहकारी संघ काभ्रेका वर्तमान अध्यक्ष दिलिप शर्मा, निवर्तमान अध्यक्ष विनोद पराजुली, पूर्व अध्यक्षहरु सोमप्रसाद हुमागाई, कुलचन्द्र अधिकारी, मुकुन्द प्रसाद दाहाल, माधव नारायण जोशी र शुभ अधिकारी लगायत ७ अध्यक्षहरुले संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो । संस्थापक अध्यक्ष नारायणदाश उलक र  त्यसपछिका अध्यक्ष बलराम गुरागाईको समेत योगदान जिल्ला संघमा रहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्