नगर उप–प्रमुख उम्मेदवार
धुलिखेल नगरपालिका, नेकपा एमाले
राज्यको निर्माण र समृद्ध नेपालको सपनालाई साकार पार्ने योजना दुर दृष्टी नेकपा एमालेमा छ । आधाकास ढकेका महिलाहरुको शसक्तिकरणबाट मात्र समाज समृद्ध बन्न सक्छ । सवल र सक्षम महिलाहरुको नेतृत्व विकासले र वितरण प्रणालीमा समान्ता कायम गरी अघि बढ्ने संकल्प एमाले पार्टीसँग छ । धुलिखेल नगरको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रको उन्नत विकास गर्ने, दृढ अठोट दुरदृष्टी विचार, दिगो लक्ष्य योजना निर्माणको लागि निक्कै अनुभवि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नगरको नाम राख्न सफल निवर्तमान नगर प्रमुख अशोक व्याञ्जु सहित १२ वटै वडाका जनप्रतिनिधिहरुको टोलिले दक्षिण एसियाकै १५ शहरमा पर्न सफल भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा पनि अशोक व्याञ्जुकै नेतृत्वमा सक्षम र सवल उम्मेदवारको छनौट नेकपा एमाले पार्टीले गरेको छ । नेकपा एमाले पार्टी संविधान प्रदत हक अधिकारलाई अक्षरस पालना गरी कार्यान्वयन गर्ने पार्टी हो । महिलाहरुको सम्मान गर्ने पार्टी एमाले हो भन्ने कुरा महिला राष्ट्रपति भएकोबाट नै पुष्टि हुन्छ । त्यस्तै गरी अहिले पनि देशै भरीपालिका प्रमुख, उपप्रमुखमा ५० प्रतिशत स्थान दिएको छ । त्यस्तै गरी विगत मोनमोहन अधिकारी प्रधानमन्त्री भएको बखत आफ्नो गाउँ आफैँ बनाऔँ अभियान, जेष्ठ नागरिकहरुको लागि भत्ता रु १०० बाट शुरु गरेर एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारले जेष्ठ नागरिकहरुको भत्ता मासिक ४ हजार पु¥याएको छ । जनताका जनजीविकाको सवाल गरिवी निवारणको सवाल, समृद्ध नेपाल सुखि नेपालीको परिकल्पनाकार, विचार, नीति, कार्यक्रम, योजना स्पष्ट भिजन केन्द्र, प्रदेश र स्थानीय तह सम्म दिन सकेकै कारण पहिलो दल हुन सकेको हो । हाम्रो धुलिखेलको, सुशासन, समृद्धि र समाजवादको आधार धुलिखेल नगरमा एमालेको सरकार भन्ने प्रतिवद्धता स्थानीय निर्वाचन २०७९ को लागि प्रतिवद्धता पत्र संकल्प हामीले गरेका छौँ । युवा , महिला, दलित, जनजाति, उत्पिडित सबैको परीषद गठन गरेर सबै क्षेत्रको समस्याको पहिचान गरी त्यहि अनुसारको वृहत दिगो लक्ष्यको योजना निर्माण गरी महिलाको सिप विकास, महिला जागरण, महिला हिंसाको अन्त्य, महिला शक्तिकरणको लागि हरेक वर्ष नीति,कार्यक्रममा समावेश सहित बजेट प्रवन्ध गरी आर्थिक क्षेत्रमा महिलालाई आत्मनिर्भर बाउने जेष्ठ नागरिक भत्तालाई नगरले केहि बढाएर दिने, एक घर एक धारा, एक वडा एक खेल मैदान, शिक्षा र स्वास्थ्यमा गुणस्तर बृद्धि सहितको मुल खाका बनाएका छौँ । आम नगरवासिले ८ सूर्य ७ छाप लगाएर एमलो ध्वजावहाक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्न चाहन्छु ।
