IMG-LOGO

गठबन्धनको नाममा महिलाको अधिकार खेसिएको छ

 मंगल, बैशाख २७, २०७९  विमला सापकोटा

 

उपप्रमुखको उम्मेदवार

बनेपा नगरपालिका, नेकपा एमाले

      स्थानीय तहाको निर्वाच्न २०७९ बैशाख ३० गते नजिकिदैँ छ । नेकपा एमाले पार्टीबाट टिकट पएका  सबै उम्मेदवार उत्साहका साथ जनताका घर दैलोमा जुटेको अवस्था छ । नेपाली जनताले विश्वास र भरोसा गरेको पार्टी एमाले भएकाले जनताका अपार माया सद्भाव छ । युवा पिढीँ, महिला र जेष्ठ नागरिक सबै एमाले उम्मेदवारलाई विजयी गराउन उत्साहित भएको मैले पाएको छु । मलाई पनि पार्टीले बनेपा नगरपलिकाको उपप्रमुखको टिकट दिएको छ । नगरप्रमुख र सबै वडाका वडाअध्यक्ष सहितका उम्मेदवार मत माग्न नगरवासीको घरघरमा जाने क्रम जारी छ । बनेपाका ३ हजार ५ सय संगठीत सदस्य जनवर्गीय संगठन, बनेपामा टोल कमिटी ९२ वटा समिति सबैको उत्साहपूर्वकको उपस्थितिले बनेपा नगरको एमालेको सिङ्गो टिम जीत्ने आधार तय भएको छ । जनताका जनजीविकाको मुद्धालाई उठाएर रोजगारीको श्रृजना गरिवी निवारण गरी देशलाई समृद्ध बनाउने परिकल्पनाकार एमाले पार्टी नै हो । एमाले नेतृत्वको स्थानीय सरकारकले मात्र समृद्ध पालिका बनाउन सक्छ । बनेपा नगरको हकमा बनेपा नगरवासीको दैनिक जीवन यापनका सवाल, गाँसवास कपासको जोह गर्न नसक्नेलाई पहिलो प्राथमिकताकासाथ स्वरोजगारका कार्यक्रम सञ्चालन गरी उद्यमी व्यवसायी बनाउने पहिलो कार्य हुने छ । त्यस्तै गरी भौतिक पूर्वाधारको विकास अन्तरगत सडक सञ्जाल विस्तार भएका छन् । उक्त ठाउँमा ग्रावेलीङ, सडक कालोपत्रे सहित ढल निकासको प्रवन्ध गर्ने, विगत ४१ वर्ष देखि फोहोरको उचित दिगो व्यवस्थापन हुन नसक्दा भोग्नु परेको समस्या जगजाहेर छ । एकघर एक धारा जडान गरी शुद्ध पिउने पानी उपलब्ध अझै सम्म गर्न नसक्दा ठूलो चुनौती नै खडा भएको छ । हामी निर्वाचित भएको ६ महिना भित्र यी कार्यलाई पूर्णता दिने छौँ । बनेपा पुलबजार डुवानको समस्यालाई दिर्घकालीन हल गर्ने, करीडोर निर्माण, खोलाको दायाँ बाँया वाल निर्माण गरेर व्यस्थित गर्ने, डुवान हुन नदिने, शहरका ग्रामिण क्षेत्र र शहरी क्षेत्र दुबैका जनताहरुलाई निर्माण सम्पन्न नजिक पुगेको काभ्रे उपत्यका एकीकृत खानेपानी उपलब्ध गराउने, नयाँ पानीको मुहानको स्रोत एकीन गरेर सबैलाई खानेपानीको प्रवन्ध गर्ने, बनेपा राजमार्गमा व्यवस्थित शौचालयको अभाव छ । सार्वजनिक शौचालय, निःशुल्क खानेपानी व्यवस्था गर्ने छौँ । महिलाहरुको राजनीतिक अधिकारको संरक्षण र सम्बर्धन गरेर महिलाहरुको नेतृत्व र क्षमता विकास गर्ने अवसरको श्रृजना नेकपा एमालेले गरेको छ । संवैधानिक व्यवस्थामा महिलाको राजनीतिक अधिकारलाई सुनिश्चित गरेको भए  पनि नेपाली कांग्रेस सत्ता घटकका गठवन्धनधारीहरुले महिला अधिकार खोसेर पालिकाको प्रमुख र उपप्रमुखमा दुवै पुरुष उम्मेदवार उठाएका छन् । यसो गर्नु संविधानको भावना र संबैधानिक व्यवस्थालाई नै चुनौती दिएका छन् । यसमा महिलाहरुले विद्रोह गर्न जरुरी छ । नगरको स्मार्ट सिटीको अवधारणा अनुसार, ग्रिन सिटी निर्माण यहाँको कला संस्कृतिको जगेर्ना, शिक्षा र स्वास्थ्यको गुणस्तर बृद्धि, सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुको शैक्षिक सुधारमा आमुल परिवर्तन ल्याउने कार्यमा हाम्रो ध्यान केन्द्रीत हुनेछ । समृद्ध बनेपा सुखि बनेपाली हामी बनाउछौँ हाम्रो बनेपा । त्यसैले नगरवासीहरुले विकास प्रेमी पार्टी एमालेबाट उठेका उम्मेदवारलाई मतदान गरी विजयी गराउन हार्दिक आग्रह गर्दछु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्