IMG-LOGO

शुसासन र पादर्शीताको लागि मेरो उम्मेदवारी

 मंगल, बैशाख २७, २०७९  विष्णुमनी नेपाल

 

उप–प्रमुख उम्मेदवार

मण्डनदेउपुर नगरपालिका, नेपाली कांग्रेस

      २०७४ सालको स्थानीय निर्वाचनमा म मण्डन देउपुर नगरपालिका वडा नं. १० को वडा अध्यक्ष भएर कार्य अनुभव भएको व्यक्ति हँु । भौतिक पूर्वाधार, मानवीय आधारभूत आवश्यकता भित्र गाँसवास कपास जुन निम्न वर्गाीय समाजको दैनिकी जीवनमा अपुग हुन्छ उनीहरुको आवश्यकतालाई परिपूर्ति गर्न कठीनतालाई  सहजता बनाउने तिर मेरो ध्यान केन्द्रीत गरेर लागें । भुकम्प पछि वडा भित्रको पानीको मुहान सुक्यो, मुलको व्यवस्था गरेर एक हजार ८५ घर धुरि मध्ये १ हजार ७९ घर धुरिलाई एक घर एक धारा जडान गरेर  पानी खुवाउने कार्य गरें । शिक्षा, स्वास्थ्य, रोजगारीको श्रृजना, मानवीय संसाधनको विकास र त्यसको उपयोग महत्वपूर्ण विषय हो । कृषि, पर्यटन क्षेत्रको व्यवसायिक विकास उद्यमशिलताको विकास, महिला बालबालिका र जेष्ठ नागरिकहरुको वृहत्तर हित गर्नु आवश्यक छ । दिगो विकास गर्नु आवश्यक छ । यी यावतको चरणबद्ध विकासका योजना निर्माण गरी समृद्ध नगर बनाउन नेपाली कांग्रेस केन्द्रीय समितिले ५ दलिय गठवन्धन गर्ने निर्देशन र परिपत्र अनुसार देशैभरी आवश्यकता र औचित्यको आधारमा गठबन्धन भयो । काभ्रे जिल्लामा पनि गठबन्धन भएको छ । गठबन्धनको साँझा उम्मेदवारमा मलाई नेपाली कांग्रेस पार्टीले उपप्रमुखमा टिकट दियो । मैले मेरो क्षमता योग्यता र विवेकले भ्याए सम्म नगरपालिकाको नागरिकहरुको सेवकको रुपमा कार्य गर्छु । प्रमुख पदमा नकपा (एकीकृत समाजवादी) बाट गठबन्धनका साझा उम्मेदवारमा टोकबहादुर वाइबा हुनुहुन्छ । गठबन्धनका सबै उम्मेदवारलाई मण्डन देउपुर नगरवासीले विजयी गराउनु हुन्छ भन्ने अपेक्षा मैले लिएको छु । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जनताको घर दैलोमा गएका छौँ । जनताको एक खालको उत्साह प्राप्त भएको छ । यस अघि पनि भौतिक पूर्वाधार सडक कालोपत्रे, सामुदायिक विद्यालयका भवनहरु बनेका छन् । नगर जोड्ने सडक सञ्जाल स्तर उन्नती र कालोपत्रे गर्न बाँकी छ । अस्पताल बनेको छ त्यसलाई व्यवस्थित गर्नुपर्ने छ । आर्थिक श्रोतको पहिचान गरी नगरको आयश्रोत बढाउने, प्रशासनीक खर्च घटाउने, मित्यवियता कायम गर्ने, विधिको शासन, शुसासन र पारदर्शीता कायम गर्ने, भौतिक पूर्वाधारको विकासको अनुगमनको दायरा फराकिलो पार्ने, पूर्वाधार विकासलाई थप व्यवस्थित गर्ने, नगरका नागरिकहरुलाई प्रविधि मैत्री सेवा प्रवाह गर्ने, दलित, जनजाति, अल्पसंख्यक, उत्पिडित, महिला र पुरष सबैले आ–आफ्नो अधिकार चाँहि खोज्ने तर जिम्मेवारी चाँहि पुरा नगर्ने अवस्था बढि हावी भएको छ । एक हातले अधिकार खोज्दा अर्को हातले जिम्मेवारी पुरा गर्नुपर्छ । इमानदारीता र अनुशासन जीवनमा महत्वपूर्ण कुरा हो । यसलाई मानवीय जीवनमा सधै प्रयोगमा ल्याउनु पर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सोचका साथ कार्य गरियो भने समृद्धि हाम्रै पालामा सम्भव छ । कृषि क्षेत्रमा आत्मानिर्भर बन्न सिंचाई को प्रबन्ध, कृषकहरुलाई कृषि औजार, मल विउविजनमा अनुदान दिने, कृषि उपजको राम्रो बजार मुल्यको लागि बजारीकरणको प्रवन्ध, सिप मुलक शिक्षा प्राविधिक शिक्षा, युवा लक्षीत कार्यक्रमहरु योजनाबद्ध ढङ्गबाट निर्माण गरी अघि बढ्नु पर्छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्