IMG-LOGO

शासक होइन सेवक बनेर कार्य गर्ने छु

 मंगल, बैशाख २७, २०७९  रेणुका चौलागाई

 

अध्यक्ष उम्मेदवार

चौरीदेउराली गाउँपालिका, नेकपा (माओवादी केन्द्र)

      विगत २४ वर्ष देखि कम्युनिष्ट आन्दोलनमा लागेर समाज बदल्न लागि परेको एक महिला हुँ । पार्टीले विश्वास गरेर मलाई नेकपा (माओवादी केनद्र) ले मलाई टिकट दिएको छ । जनताले मलाई विश्वास गरेर जीताउनु हुने छ भन्ने विश्वास लिएको छु । सबै खालका सामाजिक विभेदको अन्त्य, चौरीदेउराली गाउँपालिकाका जनताका विकासका आवश्यकता, भौगोलिक पूर्वाधार सडक, प्रशासकीय भवन, गाउँपालिका जोड्ने सडक सञ्जाल स्तर उन्नती, सडक कालोपत्रे गर्ने कार्य गर्ने छु । स्थानीय निर्वाचन २०७४ मा हाम्रै पार्टीका अग्रज दिननाथ गौतमको नेतृत्वको जनप्रतिनिधिले स्रोत साधनको सदुपयोग गरेर विकासको जग बसालेको छ । केही पुरा गर्न बाँकी छ । त्यो काम हामी गछौँ । विगतमा काभ्रे जिल्लाको डाडाँपारी क्षेत्र पहिलो कर्णाली महाभारत र खानीखोला त्यस्तै गरी दोश्रो कोशीपारी क्षेत्रलाई लिइन्थ्यो । अहिले अवस्था बदलीएको छ । संघीय संरचनापछि स्थानीय पालिकामा विकासका कार्यले गति लिएका छन् । अव भौतिक पूर्वाधारको विकासले मात्र पुग्दैन जनताका जनजीविकाको सवाल गाँस वाँस कपास पहिलो  आधारभूत आवश्यकता हो । दोश्रो स्वास्थ्य र शिक्षाको गुणस्तर विकास सहितको जनतालाई छिटो छरितो सेवा प्रवाह गर्नुपर्छ । कृषि र पशुपालन व्यवसायमा लगानी बढाएर व्यवसायिकरण गर्ने, कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउने र बजारीकरणको प्रवन्ध गर्न गाउँपालिकाले योजना बद्ध ढङ्गबाट अघि बढ्नु पर्ने छ । त्यो हामी गछौँ । कृषिमा आधुनिकिकरण, मल विउविजन र औजार खरिदमा अनुदान उपलब्ध विगतमा दिइएको छ । अब त्यसमा बजेट बढाएर संवैधानिक व्यवस्था अनुसार कृषि क्षेत्रको उन्नत विकासमा कुल बजेटको १५ प्रतिशत बजेट छुट्टाउने व्यवस्थालाई कार्यान्वयन गरेर कृषककोहितमा कार्य गर्नु पर्छ । सिंचाईको प्रवन्ध गर्न सकिने क्षेत्रमा  सिंचाईको प्रवन्ध गरिने छ । प्राविधिक सिपमुलक शिक्षा प्रदानका लागि भौतिक पूर्वाधारले सम्पन्नता सहितको विद्यालय निर्माण गर्ने, उच्च शिक्षा हाँसीलका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर बजेट विनियोजन गर्न लगाउने, १५ शैयाको अस्पताल बनेको छ । त्यसलाई व्यवस्थित गरेर गुणस्तरीय स्वास्थय सेवा प्रवाह जनतामा पु¥याउने, स्वास्थ्य संस्थाबाट बालबालिका र जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा घरघरमा पु¥याउने, स्थानीय सरकार जनताका घर दैलोको सरकार हो भनेर जनताहरुले अनुभुति गर्न पाउने गरी कार्य गर्नुपर्छ । पार्टीले अहिले सक्षम र सवल चरित्रवान उम्मेदवार छनौट गरेर पार्टीले पठाएको छ । गठवन्धनको साझा उम्मेदवार हामी छौँ । युवा, महिला, बालबालिका, जेष्ठ नागरिक सबैको बृहत्तर हितको लागि हामी कार्य गछौँ । उद्योग कलकारखानाको सञ्चालन गर्ने क्षेत्र यहाँ छैन् ।  कृषि र पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्ने नै हो । कृषि उपजमा आत्मनिर्भर मात्र नभइ अन्यन्त्र विक्रि गर्न सक्ने अवस्था श्रृजना गरी त्यसको बजारकिरण गर्नु आवश्यक छ । यस अघि नै २० वटा बाख्रा फर्म सञचालन, बेमौसमी तरकारी खेती गर्ने कार्य गरेको छ । आगामी दिनमा त्यसलाई तेब्बर बृद्धि गरेर युवा स्वरोजगारको वृद्धि, गरिवी निवारण गरी समृद्ध चौरीदेउराली गाउँपालिका बनाउने संकल्प हामी गछौँ । महिला शसक्तिकरण सिपमुलक  तालिम महिलाको नेतृत्व विकास गरी सक्षम र सवल बनाउने तिर हाम्रो ध्यान केन्द्रीत छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्