IMG-LOGO

“समृद्ध रोशी निर्माण हाम्रो अभियान, हाम्रो अभिभारा”

 बुध, बैशाख २८, २०७९  देवसागर लामा

अध्यक्ष पदको उम्मेदवार

रोशी गाउँपालिका, नेकपा एमाले

      काभ्रे जिल्लाको १३ वटा पालिका मध्ये गाउँपालिकामा भौगोलिक क्षेत्रको हिसावले निक्कै ठूलो क्षेत्र हो रोशी गाउँपालिका÷ तल्लो रोशीमा भौतिक पूवाधार सडक जोडिएको छ भने र माथिल्लो रोशीमा गोरेटो बाटो पुगेको छ । यहाँको नागरिकहरुको दैनिक जीवन निक्कै कष्टकर छ । तल्लो रोशी क्षेत्रमा पानी बगेर खेर गएको छ । माथिल्लो भागमा सिंचाई प्रवन्ध गर्न सकिएको छैन । तल्लो भेगमा प्राकृतिक स्रोतको अमर्यादित ढङ्गबाट डनवाद र धनवादको आडमा दोहन भएको छ । रोशी खोलानै संकट ग्रस्त छ । यहाँका नागरिक धेरै क्रसित छन् । यहाँ भएको विकृति, विसंगति, बेथिती र गुण्डा गर्दीको अवस्थालाई बदल्ननि नेकपा एमालेको स्थानीय सरकार अपरिहार्य छ । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तर वृद्धिको लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर यहाँको जनजीविकालाई सरल र सहज बनाउन आवश्यक छ । हाम्रो नेकपा एमाले गाउँ, शहर र देश बनाउने स्पष्ट भिजन भएको पार्टी हो । कांग्रेस पार्टी सहितका ५ दलका गठबन्धनधारी नामका शक्तिहरु देश बनाउन हैन् । स्वार्थका झुण्डहरु हुन् । यिनीहरुलाई आमजनताले चिन्नु पर्छ । किनकी एमाले केपी ओलीको नेतृत्व पछि परमादेशीहरुको सरकारले जनताहरुलाई ढाँट्ने छल्ने, दुःख दिने कार्य गरेको छ । देशमा चरम आर्थिक संकट पैदा गरेको छ । पेट्रोलियम पदार्थको अधिक मुल्य बृद्धि, चरम भ्रष्टचार छ । २४ लाख  खोप गायप भएको छ । जनताहरुलाई छिटो छरितो सेवा प्रवाह दिनुको सट्टा राहत हैन आहत दिएको छ । यस्ता गठबन्धनलाई भोट हैन गलहत्याउनु पर्छ । रोशी गाउँपालिकामा यस अघि नेपाली कांग्रेस पार्टीबाट डिवी लामाले ९ सय मतान्तरले बढि मत ल्याएर एमालेलाई पछि पारेको हो । रोशी गा.पा. ९ नं वडामा एमाले र अरु २ वटा वडा राप्रपा र बैद्यमाओवादीले जीतेको थियो  । अहिले राप्रपा र बैद्य माओवादी एमालेमा प्रवेश गरेको अवस्था छ । झण्डै १ हजार ५  सय व्यक्तिहरु पार्टी प्रवेशबाट हामीसँग हुनुुहुन्छ । त्यस्तै गरी २ हजार संगठीत सदस्य पार्टीका भातृ सँगठन टोल कमिटी गरेर ९२ वटा कमिटी सहित चुनावी अभियानमा जुटेको छ । कृषिमा आधुनिकीकरण, सिंचाइको प्रवन्ध गरेर उत्पादनमा आत्मनिर्भरका लागि कृषकहरुलाई मल विउविजन, कृषि औजार, अनुदानमा उपलब्ध गर्ने, भौतिक पूर्वाधार सडक, प्रशासनीक भवन निर्माणलाई तिव्रता दिएर १२ महिना यातायात सञ्चालन हुने अवस्था श्रृजना गर्ने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर शिक्षा र उच्च शिक्षाको लागि आवश्यक पर्ने पूर्वाधार विकास गरी अंग्रेजी माध्यम सहित सिपमुलक शिक्षा प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, प्राकृतिक सम्पदा र वातावरणीय संरक्षण गर्ने, ढुङ्गा खानी, क्रसर उद्योगलाई राज्यको कानुनी दायरामा ल्याई सञ्चालन गर्ने अवैध खानीलाई विस्थापित गर्ने, कृषकले उत्पादन गरेका उपजलाई उचित बजार मुल्य प्राप्त गर्ने अवस्था श्रृजना गर्ने, गरीविका रेखामुनी रहेका जनताहरुलाई स्वरोजगार निर्माण, युवा जनशक्तिलाई उपयोग गर्ने, रोजगारीको श्रृजनाको प्रवन्ध, स्वास्थ्य सेवा प्रभावकारी बनाउने । तल्लो भेगमा बनेका अस्पताललाई व्यवस्थित गर्ने, माथिल्लो भेगमा अस्पताल निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलता, सूचना, प्रविधि, कृषि पर्यटन, सहकारी सडक, वन तथा वातावरण, खानेपानी र सरसफाई, युवा तथा खेलकुद विकास सिँचाई र उद्योग, महिलामा शसक्तिकरण, बालबालिका मैत्री गाउँपालिका, जेष्ठ नागरिक मैत्री पार्क तथा भवन निर्माण, सामाजिक सुरक्षा र गुणस्तरीय नागरिक सेवा प्रवाह गरेर समृद्ध रोशी निर्माण हाम्रो अभियान, हाम्रे अभिभारा पुरा गर्न नेकपा एमालेको स्थानीय सरकार आवश्यक छ । एमालेबाट रोशी गाउँपालिकामा उम्मेदवार बन्नु भएका गाउँपालिका अध्यक्षका उम्मेदवार देवसागर लामा, उपाध्यक्ष उम्मेदवार बबिता बोहोरा, १२ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई ८ सूर्य ७ छाप लगाई मतदान गरी विजयी गराउन हुन मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्