IMG-LOGO

किसानहरुको जोताह हक अधिकार स्थापीत गर्नु छ

 मंगल, बैशाख २७, २०७९  ओमप्रसाद मानन्धर

वडा अध्यक्ष उम्मेदवार

बनेपा नगरपालिका वडा नं. ७, नेमकिपा

      जनताका समस्याहरू अनगिन्ती छन् । यद्यपी आजको अवस्थामा मेरो वडामा जनताको घरदैलो जाँदा जनताले व्यक्त गरेका खास समस्या भन्नुपर्दा मानिसको शरीर अन्न पानीकोे हो, तर यहाँ अन्न फलाउने जमिन मासेर ठूलठूला महल र ती महलमा जाने चिल्लो बाटोलाई नै विकासको संज्ञा दिने गरे । यहाँको हरिया फाँट कंक्रिटको पहाड जस्तो भइसकेको छ । अन्न त आयात गरेर खानु परेको छ । पानीको विकराल समस्या वडाबासीहरूले भोगि रहेका छन् । कतै दश दिनको आधा घण्टा पानीको पालो आउँछ । गोदाम चोकको एकजना वडावासीले नौ वर्षदेखि धाराको बिल भुक्तानी गरिरहेको तर, थोपा पानी नपाएको गुनासो सुनाउनुभयो । एक दशक अघि देखि शुरु भएको आयोजना काभ्रे उपत्यका एकीकृत खानेपानी सम्पन्न गर्न सकेको छैन् । यो दोस ठुला भनिएका राजनीतिक दलको दोस हो । बनेपा कृषि, व्यापारिक, सांस्कृतिक केन्द्रको रूपमा अगाडि बढेको नगर हो । बनेपाको सिमा विस्तारसँगै पूर्वाधारको पनि विस्तार हुनुपर्छ भनेर नेमकिपाले अघिल्लो स्थानीय निर्वाचनमा आप्mनो घोषणापत्रमा उल्लेख गरेको थियो । शासक दलहरूका प्रतिनिधिहरूले यतातिर ध्यान पु¥याएको देखिएन । पूर्वाधार विनाको विकासले नकारात्मक अवस्थाको सिर्जना गर्दछ । जनताको इच्छा, आकांक्षा  र विकासको चाहनालाई जनतासँगै हातेमालो गरेर अघि वढ्ने योजना नेमकिपाले घोषणापत्रमा उल्लेख गरेको अवगत गराउन चाहन्छु । बजार व्यवस्थापन, भवन निर्माण, करिडोर, फुटपाथ, सरसफाई, पुननिर्माण आदि इत्यादिमा समस्या रहेको जनताको गुनासो छ । पूर्वाधारसहितको योजना बनाएर जानु आवश्यक भएको प्रष्टसँग उल्लेख गरेर नेमकिपाले स्थानीय तह निर्वाचन २०७९ को प्रतिवद्धता जनताको हात हातमा पु¥याएको छ । बनेपा नगरपालिकाको स्थापनाकालदेखि नेमकिपाका प्रतिनिधिहरूले वर्गीय रूपले बहुमत जनताको समस्या समाधानको लागि आवाज राख्दै आएको हो । पञ्चायतकालमा बनेपाको समग्र विकासमा नेमकिपाले कामदार वर्गको हितमा कार्य गरेको यहाँका जनता अनभिज्ञ छैनन् । किसानहरूको जोताहा हक अधिकारको निम्ति सङ्घर्ष गर्ने पार्टी नेमकिपा नै हो । पिछडिएको टोलमा बाटो, बत्ती, पानी, सरसफाई, शिक्षा, स्वास्थ्यलगायतका समस्याहरूमा आवाज उठाउने काम पनि नेमकिपाका प्रतिनिधिहरूले गरेका थिए । आज पनि नेमकिपा जनताको समग्र हितको लागि सङ्घर्षरत छ । जनतालाई राजनीतिक रूपले सचेत र सङ्गठित गर्नु नेमकिपा आप्mनो कर्तव्य ठान्द छु । नेमकिपाका देशभक्त उम्मेदवारहरूलाई चुनाव चिन्ह मादलमा मतदान गरि अत्याधिक मतले विजयी गराउनु हुन अनुरोध गर्दछु । साथै नेमकिपाको विचारलाई स्थान दिनुभएकोमा काभ्रे टाइम्सलाई धन्यवाद व्यक्त गर्दछु ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्