अर्जुन सापकोटा
वडा अध्यक्ष उम्मेदवार
पाँचखाल नगरपालिका, नेपाली कांग्रेस
नेपाली कांग्रेस पार्टी राष्ट्रिय लोकतन्त्र र समाजवाद स्थापनाको लागि लागेको पार्टी हो । जनताहरुको सर्बोत्तम हित देशमा आर्थिक र सामाजिक परिवर्तन गर्ने मुल लक्ष्य लिएर जनताका जनजीविका लागि निरन्तर लागि परेको छ । २०७४ को स्थानीय सरकार नेकपा एमालेको नै वर्चस्व रहेको थियो । केन्द्र र प्रदेशमा पनि कम्युनिष्टहरुको दुई तिहाइको सरकार हुँदा समेत तीन वर्ष नवित्दै संसद विघटन गरेकोमा जनताहरु निक्कै रुष्ट छन् । अब फेरी नेपाली कांग्रेसलाई मत दिनु पर्छ भन्ने जमात धेरै छन् । हामी गठबन्धनका उम्मेदवारका साथ घर दैलो अभियानमा लागेका छौँ । पाँचखाल वडा नं १० मा १ हजार ६ सय ४५ मतदाता रहेको यस वडामा हामी घर घरमै पुरेका छौँ । जनताका आकांक्षा बुझ्ने कार्य भएको कृषकहरुलाई मल, विउविजन र कृषि औजारको खाचो छ । उक्त औजार र विउविजन अनुदानमा उपलब्ध गराउने र उत्पादनमा बृद्धि ल्याई बजारीकरणमा वडाले सहयोग पु¥याउने हाम्रो योजना छ । बैज्ञानिक कृषि प्रणाली, पर्यटन क्षेत्रको विकासका लागि होमस्टे सञ्चालन, पशुपालन व्यवसायलाई व्यवसायिकरण गरी रोजगार श्रृजना गर्ने, निम्न आयस्तर भएका व्यक्तिहरु, गरिवीका रेखामुनी रहेका जनताहरुलाई पशुपालन, कृषिमा सहयोग पु¥याई उत्पादनमा बृद्धिल्याउन आयस्तरमा प्रगति ल्याउन मद्धत गर्ने, महिला शसक्तिकरण गरी महिलाहरुलाई उद्यमी व्यवसायी बनाउने भौतिक पूर्वाधार सडक, सामुदायिक भवन निर्माण, सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार, सिप मुलक शिक्षा प्रदान गर्ने, नगरपालिका प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने, म आफै पनि डेढ दशक देखि सामाजिक संघसंस्था, व्यसायिक सिप विकासमा कार्य अनुभव लिएको हुँदा वडाका नागरिकहरुलाई सिप मुलक तालिम दिई उक्त सिपलाई व्यवहारमा उतार्ने अवस्थाको श्रृजना गर्ने छु । जनताका दैनिक प्रत्यक्ष सरोकार राख्ने सवालहरुलाई ध्यान दिई सेवा प्रवाह छिटो छरितो गर्ने, प्रविधि मैत्री सेवा प्रदान सामुदायिक र सामाजिक सुरक्षा सेवा प्रदान गरी नमूना वडा बनाउने लक्ष्यका साथ अघि बढेको छु ।
