नगर प्रमुख उम्मेदवार, धुलिखेल नगरपालिका, नेकपा एमाले
नेकपा एमाले काभ्रेका अध्यक्ष समेत रहनु भएका अशोक व्याञ्जु२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धुलिखेल नगरपालिकाको नगर प्रमुखमा पार्टीले टिकट दिएको छ। नेपाल नगरपालिका संघको अध्यक्ष समेत रहनु भएका व्याञ्जु२०७४ को स्थानीय निर्वाचनमा धुलिखेल नगरपालिकामा ७ हजार ९ सय ८१ मतले बिजयी हुनु भएको थियो । उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद हुमागईरले ५ हजार ४ सय ८ मत प्राप्त गर्नु भएका थियो । धुलिखेल नगरपालिकाको नगर प्रमुखमा पुनः उम्मेदवारी दिनुभएका अशोक व्याञ्जुसँग धुलिखेल नगरको समग्र विकास गरी समृद्धिको यात्रामा गन्तव्यमा पु¥याउने नयाँ योजना के छन् भन्ने सवालमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा घरदैलो अभियानमा जुट्नु भएको छ, अवस्था कस्तो पाउनु भयो ?
नेकपा एमाले काभ्रे जिल्लाको नेतृत्व समेत मैले समालेको हुँदा जिल्लाको १३ वटै पालिका र १ सय ३५ वटा वडा नै हामीले जित्नु पर्ने छ । किनकी एमाले समग्र देशको विकास गर्ने पार्टी हो। जनताहरूको पिर मर्कामा सुख दुःखमा साथ दिने विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पुराउने जिम्मेवारी छ । त्यस सँग सँगै स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न हुँदै छ। हाम्रो धुलिखेल नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित सदस्यहरूको टोली नगरको १२ बटै वडामा चुनावी घर दैलो अभियानमा जुटेका छन्। नेकपा एमाले धुलिखेल नगर कमिटीका अध्यक्ष दयाराम महत सहित सिङ्गो नगर समिति हरेक वडाका जनवर्गीय संगठन टोल कमिटी वडा कमिटीका सबै लागि परेको अवस्था हो । चुनावी घर दैलो अभियान उत्साहजनक रहेको छ । चुनावी माहोल एमालेमय भएको छ । हाम्रो सम्पूर्ण टिम बिजयी हुन्छौँ ।
तपाई नगर प्रमुखमा बिजयी हुनु भयो भने नगरलाई समृद्ध बनाउन दिगो लक्ष्य सहितको योजना के छन् ?
शिक्षा, बाल विकास र सरसफाईको क्षेत्रमा उल्लेख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको छ ।३४ कि.मी सडक कालोपत्रे, ७१ कि.मी ग्राभेल सडक, १ हजार जना क्षमताको सभाहल, १ वटा सपिङ कम्प्लेक्स, ५ वटा स्वास्थ केन्द्र भवन निर्माण १५ शैयाको अस्पताल काभ्रे भञ्ज्याङमा निर्माणाधिन छ । यो नगरको महत्व पूर्ण कार्य हो। १८ वटा सामुदायिक विद्यालय, २४ वटा सुविधा सम्पन्न भवन १ सय ४० कोठा निर्माण, ३० वटा ट्याङ्की निर्माण, ६ वटा डिप बोरिङ, ३ हजार ८ सय १९ घर धुरिमा एक घर एक धारा निर्माण गरिएको छ । १२ वटै बाँकी रहेका सबै घरलाई एक घर एक धारा जडान गरी सतप्रतिशतलाई शुद्ध पिउने पानी उपलब्ध गराउने, १४ प्रतिशत गरिवीको रेखामुनी रहेका व्यक्तिलाई शुन्य प्रतिशतमा झार्ने, कृषि उपजमा आत्मनिर्भर बनाउने, ५ वर्ष भित्र सडक सञ्जालमा योजनावद्ध रूपमा कालोपत्रे गर्ने र क्रमागत रूपमा मोटर बाटो ढल निकास र ग्रावेलीङ गर्ने योजना छ । अति विपन्न परिवारलाई मासिक १० युनिट सम्म निःशुल्क खानेपानी उपलब्ध गराउने छ । धुलिखेल खेल मैदानलाई क्षेत्रीय रङ्गशालाको रूपमा विकास गरिने छ । फोहोर मैलाको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफल साइटको पूर्वाधार निर्माण गरिने छ। सबै वडामा ढल निकासको प्रवन्ध गरिने छ । नगर टेलिभिजन सञ्चालन गरिने छ । कृषि प्रणालीलाई व्यवसायीकरण गर्ने, महिला युवा लक्षित कार्यक्रम ल्याई रोजगारिको श्रृजना गरिने छ ।
शुन्य कार्बन उत्सर्जन र दिगो विकास लक्ष्यमा दक्षिण एसियाकै पहिलो नगर कसरी हुन सक्यो ?
दिगो विकासका लक्ष्य अन्तर्गत धुलिखेलले चार वटा लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी सम्बन्धी स्वैच्छिक स्थानीय समीक्षा गरेको छ । स्वैच्छिक स्थानीय समीक्षाको प्रतिवेदन सार्वजनिक भए सँगै धुलिखेललाई दक्षिण एसियामा पहिलो नगरपालिका घोषणा गरिएको हो । नेपालको प्रतिनिधित्व गर्दै नेस्नल हेडक्वटर न्यूओर्कमा प्रस्तुतीकरणलाई निम्ता दिइएको छ । आगामी जुलाई ६ अथार्त असार २२ गते बुधवारका दिन हामी न्यूओर्क जाने कार्यक्रम छ । ‘यो नेपाल र नेपालीका साथै धुलिखेलवासीहरूका लागि निक्के हौसलाको विषय हो । यस अघि धुलिखेल कार्बन उत्सर्जनमा दक्षिण एशियाका १५ सहरमा पर्न सफल भएको थियो । दिगो विकासका लक्ष्यहरू मध्ये चार वटा लक्ष्य पुरा गर्ने धुलिखेल पहिलो भएको छ । पाँच वर्ष धुलिखेलले गरेको महत्वपूर्ण विकासका सूचकहरू पुरा भएकाले कारण यो लक्ष्य पुरा भएको हो ।
नगरपालिकाले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीको लागि भएका प्रयासको स्वैच्छिक स्थानीय समीक्षा गरेको हो । धुलिखेलमा पाँच वर्ष अघि जनप्रतिनिधि निर्वाचित हुँदा १४ प्रतिशत गरिबिको प्रतिशत थियो । अहिले गरिबी चार प्रतिशतमा झरेको छ ।
२०७९ बैशाख ३० गते हुने निर्वाचनमा विभिन्न राजनीतिक दलबाट टिकट प्राप्त गर्नु भएका वडा अध्यक्षका उम्मेदवारहरू चुनावी घोषणा पत्र सहित जनताका घर दैलोमा जानेक्रम तिब्र बनाएको छ। वडाको समग्र विकास गरी समृद्ध वडा वनाउने योजना के छ भन्ने सन्दर्भमा बनेपा नगरपालिका वडा नं १० का वडा अध्यक्षका उम्मेदवार अर्जुन सापकोटा र बनेपा वडा नं. ७ वडा अध्यक्षको उम्मेदवार ओमप्रसाद मानन्धर सँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
