पनौती, नेकपा एमाले पनौती नगर कमिटीले स्थानीय निर्वाचन २०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आईतबार पनौतीको मानेश्वरी मन्दिर अगाडि गरिएको घोषणा पत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि हुनु हुन्थ्यो । नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष एवं संविधान सभा सदस्य रामहरी सुवेदी, नगरकमिटी अध्यक्ष शुरेश हुमागाईले घोषणा पत्रको संक्षिप्त जानकारी गराउनु भएको थियो । स्थानीय पूर्वाधारको समुचित विकास, पनौती नगर विकासको मुल आधार, प्राविधिक शिक्षाको विस्तार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, कृषि, सहकारी, उद्योग, सांस्कृतिक पर्यटन पनौती बासीको आर्थिक समृद्धि गरिने, सामाजिक न्याय, सुशासन र मानव अधिकार, सिप ज्ञान रोजगारी सहितको जिम्मेवार युवा, समृद्ध पनौतीको आकर्षक गहना, पुण्यमाता, रोशी लिलावती सुडी खोलाहरुको दायाँबाया करीडोर निर्माण गरिने छ ।
वडाका प्रमुख केन्द्रहरु सडक कालो पत्रे गरिने छ । ग्वार्को लाकुरी भञ्ज्याँङ पनौती, दाहालटार–चौकी डाँडा, चौकी बेसी र कटुञ्जेवेसी सडकलाई संघ र प्रदेश सरकारसँग समन्वय गरी व्यवस्थित गरिने छ । पनौती ,महेन्द्रज्योती, बाँसडोल, भैसेपाटी, बनेपा सडक संघ, प्रदेशसँग समन्वय गरेर स्तर उन्नती गरिने छ । महिला , बालबालिका, असक्त, अपाङ्गमैत्री शहरको रुपमा विकास गििने लगाएतका प्रतिवद्धता पत्र सार्वजनिकी करण गरेको छ । नगर प्रमुखका उम्मेदवार भिम न्यौपानेले पनौती क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जगहाल्ने कार्य गरेको आगामी २०७९ बैशाख ३० गतेको निर्वाचनमा आठ सूर्य सात छाप लगाई एमालेको टिमलाई विजयी गराउनु हुनेमा ढुक्क छु ।
जनताका जनजीविका सवालहरु सम्बोधन गरेका छौँ । आगामी दिन पनि निरन्तर पनौती नगरको विकास र समृद्धमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले काभ्रेका सहसचिव राजकुमार सापकोटा, काभ्रे सेवा समाजका पूर्व अध्यक्ष केशव थापा, वर्तमान महसचिव मधुसुधन गुरागाई, पनौती नगरपालिका वडा नं ७ का अध्यक्षका उम्मेदवार सविन ताम्राकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सन्तोष केसीले गर्नु भएको थियो ।
