स्थानीय पालिकालाई सबल र सक्षम बनाउन सम्मुनत गाउँ र समुन्नत नगर बनाउने अभियानका नेपाली कांग्रेस पनौती नगर समिती सहितको गठवन्धन अघि बढेको छ । आइतबार पनौतीमा एक कार्यक्रम बीच घोषणा पत्र सार्वजनिक गरेका छ । नेपाली कांग्रेस पनौतीका पूर्व नगर सचिव राजेशराज महतले घोषणा पत्र सार्वजनिक गर्नुभयो । सवल स्थानीय सरकार, असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, स्रोतको उचित व्यवस्थापन, समन्वय सहकार्य र साझेदारी, प्रमाण तथ्य, तथ्याङ्कका आधारमा बजेट, नीति र योजना, तर्जुमा, सूचना प्रविधिको प्रयोग, सर्वलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली घरमै स्वास्थ्य सेवा जनस्वास्थ्यमा लगानी कृषिमा उद्यमशिलताको आवश्यकता, स्थानीय पूर्वाधार, नगरवस सञ्चालन नगर चक्रपथ निर्माण एकघर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उत्पादन कार्यक्रम लागु गर्ने, खानेपानी सिँचाई ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई भत्ता , अति विपन्नलाई मृत्यु संस्कार खर्च, ५० वर्ष उमेर पुगेकालाई विदुर भत्ता, धार्मिक सांस्कृतिक संरक्षण, सम्बद्र्धन र पर्यटन क्षेत्रको विकास गर्ने महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय मधु आचार्य, गणेश लामा, नेपाली कांग्रेस काभ्रेका अभिभावक इन्द्रमणी अधिकारी, नेपाली कांग्रेस काभ्रे पूर्व सभापति शिव हुमागाई, युवानेता तिर्थ पसखल, महाधिवेशन प्रतिनिधिहरु अञ्जु रञ्जीत, जयन्ती हुमागाई, महेश पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । नेपाली कांग्रेस काभ्रे जिल्ला कोषाध्यक्ष जगनाथ गिरी, कांग्रेस काभ्रेका युवा नेता तथा पनौती नगरपालिकाको उम्मेदवार जीताउने कमाण्डर भोला थापा लगायतले बोल्नु भएको थियो । नेपाली कांग्रेसको तर्फबाट पनौती नगरपालिकामा नगरप्रमुख गठवन्धन उम्मेदवार रामशरण भण्डारी उपप्रमुख उम्मेदवार छवि हुमागाई लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व नगर कार्यवहाक सभापति श्रीराम थापाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव तिर्थराज सापकोटाले गर्नु भएको थियो ।
