IMG-LOGO

सुनकोशीको पानी खेत बारीमा लाने

 मंगल, बैशाख २०, २०७९  प्रेम लामा

अध्यक्षको उम्मेदवार

भुम्लु गाउँपालिका, नेकपा एमाले

      स्थानिय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुने निर्वाचनमा तपाई घरदैलो अभियानमा लाग्नु भएको छ, जनताका खास समस्या चाँहि के पाउनु भयो ?

म भुम्लु मै जन्मेको हुर्केको व्यक्ति हुँ । जनताका सुख दुखमा सधै साथ दिदै आएको छु। स्थानीय सरकार जनताका पिरमर्का बुझ्ने सुख दुःखमा हेर विचार गर्ने सरकार हो। भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै राजनीतिक दल लाग्नु पर्छ। त्यहि लाग्ने क्रममा म पनि हाम्रो पार्टी नेकपा एमाले जनताको प्यारो पार्टी सबै जनताका आशा र भरोशाको केन्द्र भएको पार्टी । केपी ओली नेतृत्वको सरकारले जनताका जनजीविकाको सवाल, आर्थिक र सामाजिक रुपान्तरण गर्ने कार्य गरेको छ । अब थप परिवर्तनकारी कार्य गर्नु छ। भुम्लु गाउँपालिकामा भौतिक पूर्वाधार, सडक, मोटर बाटो फराकिलो हुने कार्य भएको छ ा त्यसको स्तर उन्नतीको आवश्यकता ६ा सडक सञ्जालको विस्तार भएको छ । त्यसमा ढल निकासा, सडक कालोपत्रे गर्ने कार्य गरिनु पर्छ । त्यस्तै गरी गाउँका युवाहरू केहि राजधानी केही खाडीके मुलुक पुगेको अवस्था छ ा जमिन धेरै बाझो छ । बाझो जमिनलाई सिचाइको खाँचो छा सुनकोशी र भोटेकोसीको पानी खेर गएको छ , त्यसको सदुपयोग गर्नु आवश्यक छ । सबै नागरिकहरूले पिउने पानी उपभोग गर्न पाएका छैनन्। एक घर एक धारा जडान गर्ने, माध्यामीक सम्मकने शिक्षा छा उच्च शिक्षा हाँसिल गर्न प्राविधिक शिक्षा सञ्चालन गर्न भौतिक पूर्वाधारे विकासको खाँचो भएको छ। त्यसको परिपूर्तिको लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य संस्थाहरुबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक छ ।

      जनताका जनजीविका र तिव्र विकासका चाहनाहरुलाई कसरी समेट्ने योजना बनाउनु भएको छ ?

गरिवीका रेखामुनी रहेका जनताहरूको नाम सूचिकृत भइसकेको अवस्था छ। उनीहरूको जीवनमा हाँसो र खुसी ल्याउन सिपमूलक तालिम एक घर एक रोजगारीको प्रवन्ध बाँझो रहेको जमिनमा सिचाँइको प्रवन्ध गरी कृषि उपजलाई व्यवसायिकरण गर्ने पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्ने, मल बिउविजन कृषि औजार अनुदानमा वितरण गर्ने, दलित जनजाति पछाडि परेका वर्गलाई माथि ल्याउन आर्थिक क्षेत्र मजबुत बनाउन आय आर्जनका कार्यक्रमहरु योजना निर्माण गरी उनीहरूको हितमा कार्य गर्ने, भुम्लु गाउँपालिकाका १० वटा वडामा वडा भवनहरू बनाएर जनताका कामहरू छिटो छरितो सेवा प्रवाह गरेको अवस्था छ । गाउँपालिका भवन बन्न बाँकी छ त्यो बनाउने, पिच हुन बाँकी रहेका सडकहरू निरन्तर प्रक्रियामा पिच गर्दै लैजाने कार्य हामी गर्दछौ । भुम्लुमा १७ हजार २४ मतदाता छन्। गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा जनसंख्या २७ हजार ६ सय ४१ छन् । सबै नागरिकहरूको वृहत्तर हितमा कार्य हामी गछौँ । बाँकी पेज ६ मा....

      तपाई जीत्ने आधार के छन् ?

      २०५१ देखि विद्यार्थी राजनीति क्षेत्रमा प्रवेश गरे । २०७४ मा वडा सदस्य जीतेर जिल्ला समन्वय समिति काभ्रेको सदस्य भई कार्य गरे । युवाहरुको बयस्क,जेष्ठ नागरिक सबैको साथ मैले पाएको छु । जिल्ला सदस्य सचिवालय सदस्य हुँदै अहिले भुम्लु गाउँपालिकाको इन्चार्जको समेत जिम्मेवारी समालेको छु । २०७४ अघि ३ सय १७ संगठीत सदस्य थिए । अहिले ९ सय ३३ संगठीत सदस्य छन । यस अघि गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर सहित निर्वाचित जनप्रतिनिधिहरुले गरेको राम्रा कार्यहरुले सकारात्मक भूमिका खेलको छ । आगामी दिनमा त्यसको जगमा टेकेर समग्र भुम्लुको विकास र समृद्धमा हामी लाग्ने छौँ । जीत्ने आधार भनेको भुम्लुका जनताका अपार विश्वास हामीमा छ ।

      गठवन्धनको चुनौती छ । सामना गर्ने सामथ्र्य छ त ?

      नाम मात्रको गठवन्धन हो, भाग शान्ति जय नेपाल हुँदा उनीहरुकै कार्यकर्ता वीच असन्तुष्टी चुलिएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेसबाट हाम्रो पार्टीमा आउने कार्यकर्ता धेरै छन् । ९ सय ३३ संगठीत सदस्यमा ४८ जनाले मात्र नविकरण नगरेको अवस्था हो । नेकपा (एकीकृत समाजवादी)को रापताप केही छैन् । कांग्रेस पार्टीको संगठन यहाँ बलियो छैन् । नेकपा एमालेको स्पष्ट विचार छ नीति छ । सिद्धान्त छ । जनताहरुको भरोशा भएकै कारण नेकपा एमाले ठूलो पार्टी बन्न सकेको हो, अब पनि बन्छ ।

      तपाई विजयी हुनु भयो भने गाउँपालिकाको विकास समृद्धि गर्ने संकल्प के छन् ?

      गाउँपालिकाको १० वडाको प्रशासनिक भवनवनी सकेको छ । गाउँपालिकाको भवन बन्न बाँकी छ । त्यसलाई बनाउँने छौँ । अस्पताल बनेको छ त्यसको उचित व्यवस्थापन गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणात्मकता प्रदान गर्ने प्राविधिक शिक्षा प्रदान गर्न भौतिक पूर्वाधार निर्माण, “सुनकोशीको पानी लिफ्टीङ गरेर सिचाईको प्रवन्ध गरी कृषि उपजमा वृद्धि गराउने कार्य गर्ने छौँ । घरेलु तथा साना उद्योगहरु सञ्चलन गरी स्वरोजगारीको श्रृजना गर्ने, युवा लक्षीत कार्यक्रम सञ्चालन गरी  युवा वर्गलाई रोजगारीको श्रृजना, सामुदायिक विद्यालयको शैक्षिक सुधार गरी अगाडी बढ्ने, समृद्ध भुम्लु, सुखी नागरिक बनाउन लागि पर्ने छौँ ।”

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्