IMG-LOGO

विकासको मोडल र कार्यसैलीमा सुधारको खाँचो

 मंगल, बैशाख २०, २०७९  दयासागर श्रेष्ठ

नगर प्रमखको उमेदवार

धुलिखेल नगरपालिका नेकपा एककृत समाजवादी

      स्थानीय निर्वाचनको तयारीमा जनताको घर दैलो अभियान लाग्नुभयो धुलिखेल नगरपालिकाका जनताका समस्या र विकासको आवश्यकता के छ ?

जनताका आधारभूत आवश्यकता गाँसबास कपास नै हो । पूर्वाधार विकास, सडक सञ्जाल विस्तार भएको छ । व्यवस्थित हुन बाँकी छ । व्यवस्थित शहर बनाउनु छ । भूकम्पपछिको, भिड – १९ को प्रकोपले विकासको मोडेललाई नै चुनौती दिएको छ । चुनौतीको चाङलाई चिर्दै शिक्षा, स्वास्थ्य पूर्वाधार विकास, मानवीय जनशक्तिको विकास गर्नु आवश्यक छ। घरेलु हिंसा, समाज र समुदायमा बढ्दै गएको छ । यसको नियन्त्रण जरूरी छ ।

      गठवन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नुभयो तर नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर वस्नेतले बागी उमेदवार दिनुभयो । फिर्ता गर्नु भएन नि ? तपाईको जित्ने आधार के छ नि ?

गठवन्धनको साझा उम्मेदवार म हो। विदुर बस्नेतलाई पार्टीले कारवाही गरिसकेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादी सबै मिलेर चुनावी अभियानमा लागि सकेको छौं । समाजवाद उन्मुखमा अघि वढ्ने पार्टी हो। नेकपा (एकीकृत समाजवादी) सक्षम नेतृत्व स्वच्छ छवि भएकै कारण मलाई पार्टीले टिकट दिएको हो। एमाले बाट विद्रोह गरेर पार्टी स्थापना भएको ७ महिना भयो । गाउँ गाउँ टोल टोलमा संगठन विस्तार गरेको छ । जनताको विश्वास र भरोषा गरेको पार्टी भएकाले जनताले मलाई पनि विश्वास गर्नु हुने छ । भन्ने म ठान्दछु ।

      धुलिखेल नगरको समग्र विकास गर्ने यहांका भावि योजना के छन् ? समग्र विकास कसरी संभव छ ?

विकास चाहानालाई सम्बोधन गर्न निरन्तर चल्ने प्रक्रिया हो । विश्व अभियानमा विकासको आ–आफ्नै खालका मोडेल हुन्छन् । भौगोलिक जनसंख्यीय आधारमा जनताका जनजीविकाको सवाल, आवश्यकता र औचित्यताको आधारमा हुनुपर्छ हाम्रोमा त्यसै हुन सकेको छैन् । शिक्षा र स्वास्थ्यमा गुणस्तरीय प्रभावकारी सेवा जनताले प्राप्त गर्न सकेको छैन् । कार्य गर्ने शैलिमा संरचना गठन सुधारको खाँचो छ। अनुगमनको पाटो फितलो छ । ऐन नियम कानुन कार्यान्वयन गराउन सशक्त रुपले लाग्नु पर्ने छ । गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन् । हाम्रो देशको राजनीतिक प्रणाली प्रशासनीक प्रणालीमा चुस्त दुरुस्त र जवाफ देहिता हुन सकेको छैन् । आर्थिक विकासमा, कृषि तथा पशुपालन व्यवसायमा व्यवसायीक विकास गरी रोजगारीको श्रृजना गर्ने, सामाजिक क्षेत्रमा शिक्षा र स्वास्थ्यको स्तरीयता सहित नागरिकलाई सेवा प्रवाह गर्ने, गरिब तथा दलित, जनजाति, उत्पीडित वर्गको आर्थिक उन्नतीको लागि छुट्टै कार्यक्रम योजना, बजेट छुट्टाएर आथिक असमान्तालाई हटाएर समानता कायम गर्ने सुद्ध खानेपानी प्रर्याप्त उपलब्ध छैन् । सबै नगरवासीले पानी उपभोग गर्न पाउने अवस्थाको श्रृजना गर्नु छ । भूमि प्राकृतिक श्रोतको समूचित प्रयोग पार्किङलाई नगर भित्र अव्यवस्थि ढल निकासलाई व्यवस्थित गर्ने, मानवीय जनशक्ति दक्ष निर्माण गर्ने त्यसको प्रयोग आफ्नै पालिकामा गराउने, भौतिक पूर्वाधारको विकासलाई गुणात्मक प्रदान गर्न विकासका साझेदारी संस्था र सरोकारवाला सँग समन्वय र सहकार्य गरेर अघि बढाउने कार्य गरिनु पर्छ । वातावरण प्रदूषण नियन्त्रण नगरको शुसासन र पारदर्शीता कायम राख्न राजनीति र कर्मचारी दुबैको इच्छा शक्तिले सम्भव छ । बाँकी पेज ६ मा....

      स्थानीय पालिकामा दिगो लक्ष्य प्राप्तिको लागि योजनाहरू अघि वढ्न नसक्नुको कारण के देख्नु हुन्छ ?

विकास व्यवस्थापन चक्रमा चल्छ । हिजोको अवस्था के थियो आज के छ अब कसरी अघि बढ्ने समस्या के छा समस्या र समाधानको सम्भावना खोजिनु पर्छ । दुरगामी जनताको जीवन स्तरमा आमूल परिवर्तन ल्याउने योजना छनौटमा कमजोरी छ। चाँडो योजना सम्पन्न नगर्ने, कम गुणस्तरको कार्य गर्ने, नीति बनेको छ । त्यसको कार्यान्वयान नगर्ने अनुगमनको सवाल फितलो हुनुले गर्दा दिगो लक्ष्य प्राप्तिका योजना अलपत्र पर्ने र छिटो नसक्ने हुन्छ ।

      अन्त्यमा केहि छ कि ?

मतदताहरू न्यायाधिस हुन विचार पु¥याएर विवेक पु¥याएर मतदान गर्न अनुरोध गर्दछु । हिजो बनेका जन प्रतिनिधिहरुले जनता र देशको हितमा गर्न सके ÷ सकेनन् त्यसको मूल्याङ्कन गरेर चरित्र , क्षमता, योग्यताको समेत याद गरेर मतदान गर्न आम नगरवासिमा अनुरोध गर्न चाहन्छु ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्