नगरप्रमुखको उम्मेदवार
बनेपा नगरपालिका, नेकपा एमाले
बनेपा नगर हाँक्न एमालेबाट नै १० जनाको आकांक्षी रहेका थिए । अग्रज धेरै हुँदा हुँदै युवा पुस्ताका रत्नकुश रञ्जीतले टिकट प्राप्त गर्नुभयो नि कसरी सम्भव भयो ?
समयको मागले पार्टीका अग्रज व्यक्तिहरुको साथ युवा वर्गको उर्जालाई सहि सदुपयोग गरेर स्थानीय पालिकाहरुको समग्र विकास गर्न आवश्यक छ । त्यसको नेतृत्वमा मलाई पार्टीले विश्वास गरेको छ । युवा वर्ग, युवा शक्ति विगतको अवस्था भन्दा फरक ढङ्गबाट प्रस्तुत हुन सक्छन् । त्यसको प्रतिनिधित्व म गर्न सक्षम छु । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास, महिला, बालबालिका, जेष्ठ नागरिक मैत्री शहर बनाउने स्पष्ट भिजन म दिन सक्छु । त्यही योजना अनुरुप व्यवस्थित शहर बनाउने योजना हामी सँग छ ।
बनेपा नगरपालिका विकास गर्ने तपाईको प्रमुख एजेण्डा के छन् तपाइलाई नै बनेपा नगरका जनताले मत किन दिने ?
बनेपा अहिले विजीनेश हवको रुपमा मात्र विकास भएको छ । बनेपाको गाउँ र शहरका जनताहरुको दैनिक जीवन यापन गर्न के चाहिन्छ । जनजीविकालाई कसरी सहज बनाउन सकिन्छ भन्ने सवालमा हामी सजग छौँ । म हिजो सम्म म र मेरो परिवारको हितमा बेसी लाग्ने गरेको थिएँ । बाँकी समय मात्र समाज सेवामा लागेको थिएँ । “अब म पुरै समय बनेपा नगरवासीहरुको वृहत्तर हित यहाँको आर्थिक सामाजिक रुपान्तरण गर्ने योजनाहरु निर्माण गरी हामी अघि बढेका छौँ । बनेपालाई फरक ढङ्गबाट कसरी चिनाउन सकिन्छ । पर्यटन, शिक्षा, स्वास्थ्यको हवको रुपमा विकास गरेर देशलाई नमुना नगरको रुपमा चिनाउने, त्यसको साथ साथै एसिया स्तरको शहरको रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।” सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विश्व बजारमा विक्ने बनाउने, प्रत्येक वडामा एक प्राविधिक विद्यालयमा कक्षा सञ्चालन, नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रम घरघरमा पु¥याउने, नगरभित्रका विपन्न, दलित, जेष्ठ नागरिक, अशक्त अपाङ्गता भएका दीर्घरोगी, एकल महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ । काभ्रे उपत्यका एकीकृत खानेपानी यथा सिघ्र नगरवासीलाई खुवाउने नगरभित्रका सबै ग्रामिण भेग शहरी क्षेत्रका सबै नागरिकलाई सुद्ध पिउने पानी उपलब्ध गराउने, सडक कालो पत्रे गर्न बाँकी रहेका सबै सडक कालो पत्रे गर्ने छौँ । कृषि क्षेत्रलाई आधुनिकीकरण प्रणालीको उच्चतम प्रविधि प्रयोग गरेर व्यवसायिक ढङ्गबाट सञ्चालन गर्ने कृषिक्षेत्रमा आत्मनिर्भर बनाउने, एक घर एक कौशी खेती, टनेल खेति जडीवुटी खेतिलाई प्रोत्साहित गरी कार्यान्वयन गरिने छ । आवश्यकता अनुसार बधशालको निर्माण गरिने छ । धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा नगरभित्र रहेका धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा नगरभित्र रहेको धार्मिक महत्वका मठ मन्दिर सबैको संरक्षण र सम्बर्धन गर्ने पर्यटन क्षेत्रको विकास गर्ने छौँ । मलाइ नै मत किन दिने भन्ने सन्दर्भमा म विगत १० वर्ष देखि बनेपाका नागरिकहरुको सुख दुखमा साथसाथमा रहेर काम गरेको छु । भुकम्पपछि र कोभिड–१९ ले पारेको नकारात्मक प्रभावले समस्या परेका नागरिकहरुलाई सहयोग गरेर निरन्तर लागि परेको छु । मेरो राम्रो चरित्र, बनेपा विकास गर्ने स्पष्ट दुरदृष्टी ममा छ । बनेपाको समग्र विकास गर्ने अवसर दिनुहुन सम्पूर्ण नगरबासीमा अनुरोध गर्न चाहन्छु ।
४१ वर्ष अघि स्थापना भएको बनेपा नगरमा फोहोर र खानेपानीको समस्या ज्यूँका त्यूँ छ ? नगरबासी भनि रहेका छन् जस्ले समस्या समाधान गर्न सक्छ उसैलाई मत दिने भनि रहेका छन् ? तपाईहरुमा त्यो सामथ्र्य छ ?
हो यहाँले उठाएको जिज्ञासा सहि छ । घर, व्यापार व्यवासाय, उद्योगधन्दाबाट निस्केका फोहोरको उत्पादनलाई कसरी घटाउने त्यो आइडीया हामीसँग छ । नागरिकहरुलाई सचेतना गराएर त्यसको व्यस्थापन गर्न सकिन्छ । घरबाट निस्केका कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै राख्ने कुहिने बस्तुको कम्पोष्ट मल बनाउने, नकुहिने बस्तुहरु प्लाष्टी जन्य बस्तु रिसाइक्लीन गर्ने मेशीनबाट उपयोग गर्ने त्यस्तै गरी सिशाका टुक्राहरुको उचित प्रवन्ध गर्ने, मेशिन आइसकेको छ, त्यो हामी गछौँ बाँकी रहेको फोहोर ल्याण्ड फिल गर्न सकिन्छ । फोहोरको दिगो व्यवस्थापन गर्न पनि सकिन्छ । त्यस्तै खानेपानीको समस्या छ, काभ्रे उपत्यका एकीकृत खानेपानीको समस्या आयोजना अन्तिम चरणमा पुगि सकेको छ । नेकपा एमालेको स्थानीय सरकारको नेतृत्व प्राप्त गरेको खण्डमा ४ महिना भित्र नगरबासीलाई पनि खुवाउने छौँ ।
अन्त्यमा केही भन्नु छ कि ?
महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक मैत्री शहर बनाउने स्पष्ट दुरदृष्टी हामीसँग छ । स्वरोजगार श्रृृजना गरेर युवा लक्षीत कार्यक्रम हामी लागु गछौँ । मानवीय दक्षजनशक्तीको उत्पादन उनीहरुको सही प्रयोग गर्न सके मात्र हामी नगरको विकास र समृद्धि गर्न सक्छौँ । नेकपा एमाले राष्ट्रियता लोकतन्त्र जनताको जन जीवीकाका लागि कार्य गर्ने पार्टी हो । देश विकासको परीकल्पनाकार समृद्ध नेपाल सुखी नेपाली बनाउने स्पष्ट भिजन भएको पार्टी हो । त्यसैले नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले मात्र देशलाई समृद्ध बनाउन सक्छ । त्यसै गरी मलाई पनि नेकपा एमाले पार्टीले बनेपा नगरमा प्रमुखको लागि जिम्मेवारी बोक्ने अवसर प्रदान गरेको छ । अब बनेपा नगरवासीले विश्वास गर्नु हुन्छ भन्नेमा म विश्वस्थ छु । जनताहरुको आशा र भरोशालाई डगमगाउन नदिने हाम्रो संकल्प छ । समृद्ध बनेपा सुखी बनेपाली यो कार्य नेकपा एमालेको तर्फबाट बनेपामा उम्मेदवार बनेका १४ वडाका जनप्रतिनिधिहरुको विजयी भएको खण्डमा मात्र सम्भव छ । अरु गठवन्धन धारीहरुको टिमले कुरा मात्र गर्न सक्छन् कार्य गर्ने सामथ्र्य छैन् । यस अघि हाम्रा जनप्रतिनिधिको टोलिले बनेपामा ५३ किमी सडक कालोपत्रे, ३४ किमी सडक ढलान, ४६ किमी ग्राभेल, १४ किमी पक्की नाली, ३३ किमी ढल निकास, खानेपानीका १ सय १६ किमि ट्याङ्की निर्माण सम्पन्न, २७ वटा विद्यालय मर्मत तथा निर्माण सम्पन्न गरेको हुँदा जनताहरुले जनताका समस्या बुझ्ने काम गर्ने पार्टी हो भन्ने बुझ्नु भएको छ ।
