२०७९ बैशाख ३० गते हुने स्थानीय पालिका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) तर्फबाट नगरपालिकाको प्रमुख र गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार छनौट भइ चुनावी घर दैलो अभियानमा लाग्नु भएका नेताहरुसँग जनताका जनजीविकाका सवाल, तिव्र विकासका चाहनालाई पुरा गर्ने गरी गाउँपालिका र नगरपालिका विकास र समृद्धी गर्ने योजना के छन् भन्ने सन्दर्भमा रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नगरप्रमुखको उम्मेदवार
बनेपा नगरपालिका, नेपाली कांग्रेस
कांग्रेस पार्टीले तपाईलाई विश्वास गरेर बनेपा नगरपालिकाको नगरप्रमुखको टिकट दियो । नगर विकास गर्ने तपाईको संकल्प के छ ?
विकास भनेको निरन्तर हुने विषय हो, कहिल्यै रोकिदंैन । म यसै बनेपा नगरपालिकाको नगर बाँसी हुँ । मैले हिजो गरेको विकासका कार्यहरु नियालेको छु । विगतमा पूर्वाधार शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास सुस्त गतिमा अघि बढेको थियो । त्यसलाई द्रुत गतिमा गर्न समग्र क्षेत्रको विकासमा स्तरीयता दिन, विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन म लागि पर्ने छु । स्वच्छ सफा हरा भरा सुन्दर शहर बनाउनु पर्ने छ । राजधानी काठमाण्डौ देखि २६ किमी नजिक रहेको यो शहर अव्यवस्थित पार्कीङको समस्या, फुटपाथमा नागरिकहरु आवत जावत गर्न कठिन छ । जताततै अव्यवस्थ्ति रुपमा बस गाडी पार्कीङलाई समस्या समाधान गर्नुछ । बनेपा नगरपालिका बासीका जनताहरुलाई स्तरीय र छिटो छरितो सेवा प्रदान गर्ने, सुशासन पारदर्शी र जवाफदेहिता कायम गर्ने मेरो संकल्प हो ।
तपाईका विजयी हुने आधार के छन् ?
म विगत ३२ वर्ष देखि नेपाली कांग्रेसको सिपाही हुँ । यहाँका जनताका सुखदुखमा साथ दिएर अघि बढेको छु । नयाँ सोचका साथ तमाम अग्रज व्यक्तित्व, कार्यकर्ता र जनताहरुको साथ सहयोगमा हाम्रो गठवन्धनको टिम नै बनेपा नगरमा विजयी हुन्छौँ । गत निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यबाट नगरवासी सन्टुष्ट छैनन् । नेपाली कांग्रेस पार्टी नेपाली जनताहरुको सुख र समृद्धिको लागि कार्य गरेको पार्टी हो, स्पष्ट विचार छ । समाज परिवर्त गर्ने ताकत छ । आर्थिक र सामाजिक रुपमान्तरण गर्ने सामथ्र्य कांग्रेसमा छ । जनताहरुले कम्युनीष्ट पार्टीलाई केन्द्र, प्रदेश र स्थानीय निर्वाचनमा विश्वास गरे मत दिएको हो नी । सम्हाल्न नसकेर केन्द्र र प्रदेश सरकारबाट एमाले पार्टी बाहिनीनु प¥यो । देश चलाउन सक्दैन भन्ने देखिएको आमजनताले थाहा पाईसके ।
बनेपा नगरपालिकामा तपाई नगरप्रमुखमा विजयी हुनु भयो भने विकास र समृद्ध गर्ने नयाँ योजना के छन् ?
बनेपाको साँगा देखि २८ किलो सम्म केन्द्री सरकारले बाटो फराकीलो बनाउने योजना अघि बढेको छ । राजमार्ग वरीपरीको सडक दायाँवायाँ कालो पत्रे गर्नुका साथै धुलो, धुवाँ, अव्यवस्थित शहरलाई व्यवस्थित गर्ने सडकको दायाँवायाँ आवश्यकताका आधारमा बृक्षरोपन गरी वगंैचा बनाउने, फुल रोप्ने, एसिया स्तरको शहरको मापदण्डा अनुसार विकास गरी नमुना शहर बनाउने छु । सडक बत्ती, शान्ति सुरक्षा, अमनचयन, पर्यटक क्षेत्रको विकास, होटल, व्यवसायलाई व्यवसायिक र मर्यादीत ढङ्गबाट सञ्चालन गर्न सक्ने अवस्था श्रृजना गर्नु छ । विद्युतको पोलमा अनियन्त्रीत केवल तारहरु हटाउने ९८ प्रतिशत कार्य सकियो भनेको काभ्रे उपत्यका एकीकृत खानेपानी बनेपा बासीले खान पाएका छैनन् । ६ महिना भित्र पानी खुवाउने छौँ । अहिले नगर वृहत भएको छ । भौगोलिक अवस्थाका आधारमा कृषि, पशुपालन, व्यवसायलाई व्यवसायिक ढङ्गबाट सञ्चालन गर्ने, कृषि मल विउविजन र कृषि औजारहरु अनुदानमा उपलब्ध गरी कृषि उपजमा आत्मानिर्भर बनाई बजारीकरणको प्रवन्ध गरिने छ । शिरमोमोरियल अस्पताल र प्राइभेट लेवलको अस्पतालहरु सञ्चालनमा छन् । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अवस्था श्रृजना गर्न सम्बन्धीत सँग छलफल गरी आवश्क कार्य गर्ने छौँ । स्तरीय स्वास्थ्य सेवा प्रवहा गर्न अस्पताल निर्माण गर्ने छौँ । बनेपा नगरको फोहोर दिगो व्यवस्थापन हुन सकेको छैन । यसको दिगो व्यवस्थापन गर्ने छौँ । प्राविधिक शिक्षा, सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न लागि पर्ने छौँ । युवा लक्षीत कार्यक्रमहरु अघि बढाइ रोजगारीको श्रृजना गर्ने कार्य हामी गर्दछौँ । स्वस्च्छ सफा हराभरा बनेपा बनाउने योजना हामीसँग छ ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संबैधानिक व्यवस्थाको पालना नगरी पालिकाहरुको प्रमुख पुरुष भए महिला उपप्रमुख गाउँपालिकाको अध्यक्ष पुरुष भए उपप्रमुख महिला हुनु पर्नेमा गठवन्धनको नाममा महिलाहरुको अधिकार खोसियो नी ?
हो संवैधानिक व्यवस्था अनुसार नगरपालिकाको प्रमुख महिला भए उपप्रमुख पुरुष हुनु पर्ने हो । गाउँपालिकाको अध्यक्ष पुरुष भए उपाध्यक्ष महिला हुनुपर्ने हो । नेपाली कांग्रेस पार्टी केन्द्रीय निर्देशन अनुसार नै उम्मेदवार छनोट भएको हो कांग्रेस माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टी बीच गठवन्धन भएकोले उहाँहरुले पनि कांग्रेसको नगरप्रमुख उम्मेदवार भपछि उपप्रमुख दिनु पर्ने हो । त्यसो गर्न नसक्दा महिलाहरु अधिकांश पालिकामा प्रमुख उपप्रमुख हुनबाट बञ्चीत हुनु भएको छ । महिलाहरुको नेतृत्व क्षमता विकासमा पार्टीको ध्यान जानु आवश्यक छ ।
