IMG-LOGO

महिलाहरुको सशक्तिकरणमा जोड दिने छु

 मंगल, बैशाख १३, २०७९  निर्मला तामाङ

नेकपा एमाले

बनेपा नगरपालिका वडा  नंं. १४

      जनताका जनजीविकाको सवालमा नेकपा एमालेले धेरै कार्यहरु गरेको छ । मनमोहन अधिकारी नेतृत्वको सरकारले ९ महिने शासन कालमा आफ्नो गाउँ आफैँ बनाउ अभियानले विकास तिव्ररुपमा गर्नुपर्छ भन्ने एक खालको सन्देश प्रवाह गरेको थियो ।  राष्ट्रियता, लोकतन्त्र, जनताको बहुदलीय जनवाद, बैज्ञानिक समाजवादबाट परिवर्तन गर्ने अभिभारा नेकपा एमालेको काँधमा छ । त्यसमा हामी तमाम कार्यकर्ता एकताबद्ध भई लागि परेका छौँ । मोनमोहन अधिकारीको पालको जेष्ठ नागरिकहरुलाई रु १०० भत्ताबाट बृद्धि गरी केपी अ‍ोलीको नेतृत्वको सरकारले ४ हजार पु¥यायो । गाउँ–गाउँ, टोल–टोलमा विकासको लहर ल्याइ सकेको छ । अब ती बाँकी रहेका पूर्वाधार विकासका कार्यहरु पुरा हामीले गर्नु पर्ने छ । त्यहि कारण पनि हामी जित्ने आधार छ । त्यस्तै गरी हाम्रो वडामा १ सय ९६ संगठीत सदस्य छन् । ती सबै सदस्यहरु र वडा कमीटी र टोल कमीटी सबै आगामी बैशाख ३० गते हुने निर्वाचनमा जीताउन कम्मर कसेर लागेका छन् । बनेपा वडा नं. १४ मा आशापुरेश्वर आधारभूत विद्यालय छ त्यसलाई स्तर उन्नती, शैक्षिक सुधारका कार्यक्रम ल्याई यस भेगका बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धि, स्वास्थ्य चौकी भवन निर्माण, स्वास्थ्य क्षेत्रको पहुँच विस्तार, जेष्ठ नागरिकहरुको मासिक रुपमा स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण गरी सेवा प्रवाह गर्ने, महिला र पुरुष दुबैलाई समान अधिकार, समान अवसरको श्रृजना महिलाहरुको शसक्तिकरणको लागि नेतृत्व विकास, बाल अधिकार, मानव अधिकारका सवाललाई अंगिकार गर्ने, सुखी नेपाली समृद्ध नपाल परिकल्पना अनुसार सुखि वडावासी समृद्ध वडा वनाउन हामी लाग्ने छौँ भन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्