वडा अध्यक्षको उम्मेदवार
नेपाली कांग्रेस धुलिखेल नगरपालिका वडा नं. ५
नेपाली कांग्रेस पार्टी जनताहरुको जीवनमा आमुल परिवर्तनको साथै विकास र समृद्धि गर्न लागि परेको पार्टी हो । जनताका समस्याका सवाललाई निराकरण गरी आर्थिक, सामाजिक रुपान्तरण गर्नु छ त्यसकार्यलाई हामीले सघाउने प्रतिवद्धता सहित आगामी बैशाख ३० गते हुने निर्वाचनमा होमिएका छौँ । १ हजार ५ सय ९० मतदाता रहेको यस वडामा गत चुनावमा मेरो बुबा गंगासागर रञ्जीतकारले नेतृत्व गर्नु भएको थियो । वडाको समग्र विकासमा योगदान गर्नु भएको छ । भौतिक पूर्वाधारको विकास पनि निरन्तर भई राख्ने हो । त्यस्को स्तर उन्नती आवश्यक छ । वडाको सडक कालोपत्रे गर्ने कार्य नगरपालिका प्रदेश र केन्द्रीय सरकारसँग बजेट प्रवन्ध गर्न पहल कदमी गर्ने छु । वडाका सांस्कृतिक, धार्मिक महत्वको विषयलाई संरक्षण सम्वद्र्धन गर्नुपर्छ । शैक्षिक तथा स्वास्थ्य क्षेत्रको स्तर उन्नतीको विकास गर्ने दृढ अठोट हाम्रो वडाको उम्मेदवारको प्रतिवद्धता छ । वडाको खेलकुद क्षेत्रको विकास हाम्रो धुलिखेल नगरपालिका पर्यटन क्षेत्रको सम्भावना बोकेको नगर हो । ठूला साना गरी ५० भन्दा बेसी पार्कहरु निर्माण भइसकेका छन् । त्यसको आकर्षण सहित पर्यटकहरुको आगमन बढ्ने छ । हामीले हाम्रो वडामा पिक्निक स्पट निर्माण गर्ने छौँ । मनोरञ्जन पार्क निर्माण गर्न केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने छौँ । चुनावका वखत जनताका वीचमा ५ वर्ष भित्र गर्न सकिने प्रतिवद्धता प्रस्तुत गछौँ । चौकोट देखि श्रीखण्डपुर सम्मको मोटरबाटो आवश्यकताका आधारमा स्तर उन्नती कालोपत्रे कार्यलाई प्राथमीकता दिइने छ । वडाको समग्र विकास गरी नमुना वडा बनाउने छौँ । जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण, जेष्ठ नागरिक सम्मान, बालबालिकाहरुको र महिलाहरुको क्षमता विकासका कार्यक्रमहरु अघि सारिएको छ ।
